इंग्ल्यान्ड र अस्ट्रेलिया बीच तिन वान-डे म्याचको सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक वानडे म्यानचेस्टर स्थित , ओल्ड ट्रयाफोर्ड मैदानमा जारि रहेको छ। १-१ को बराबरीमा रहेको सिरिज अन्तर्गत पहिलो वानडे अस्ट्रेलियाले १९ रनले तथा दोश्रो वानडे इंग्ल्यान्डले २४ रनले जितेको थियो।
सिरिज सुरु हुनु अघि अभ्यासको क्रममा टाउकोले लागेपछि घाइते भएका स्मिथ लगातार तेश्रो वानडेमा पनि खेलीरहेका छैनन्।
खेलमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रन बनाउदै अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंग्ल्यान्डको लागि ओपनर जोनी बेयरस्टोले करियरको १० औं वानडे शतक बनाउने क्रममा सर्वाधिक ११२ रन बनाए। उनले १२६ बलमा १२ चौका र २ छक्का प्रहार गरे। यस्तै स्याम बिलिंग्सले ५७ बलमा ५८ रन ( ४ चौका र २ छक्का ) बनाए। क्रिस वोक्सले अविजित ३९ बलमा ५३ रन ( ६ चौका ) प्रहार गरे। ओएन मोर्गनले २३ तथा टम करनले १९ रन बनाए भने जेसन रोय र जोए रुटले खाता खोल्न सकेनन्। जोस बटलरले ८ रन तथा आदील रशिदले अविजित ११ रन बनाए।
A dream start for Australia 🇦🇺 #ENGvAUSpic.twitter.com/drezYIniNg
— ICC (@ICC) September 16, 2020
खराब सुरुवात पछि बेयरस्टोको शानदार शतक
खराब सुरुवात गरेको इंग्ल्यान्डले पहिलो ओभरको पहिलो २ बलमा मिचेल स्टार्कले जेसन रोयलाई खाता अमेत नखोल्दै पेभेलियन फर्काएका थिए। खाता नखोल्दै २ विकेट गुमाएपछि तेश्रो विकेटको लागि ओपनर जोनी बेयरस्टोले कप्तान ओएन मोर्गनसंग ६७ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा मोर्गनलाई लेग स्पिनर एडम जम्पाले क्याच आउट गराउदै साझेदारी तोडे। १९ औं ओभरमा जाम्पाले जोस बटलरलाई दोश्रो शिकार बनाए।
९६/४ को नाजुक अवस्थाबाट पाँचौ विकेटको लागि बेयरस्टोले स्याम बिलिंग्ससंग ११४ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। बिलिंग्सलाई जाम्पाले ३८ औं ओभरमा क्याच आउट गराउदै अस्ट्रेलियालाई खेलमा फर्काए। ४१ औं ओभरमा बेयरस्टोलाई कमिन्सले बोल्ड गर्दा इंग्ल्यान्ड २२०/६ को अवस्थामा पुग्यो।
त्यसपछि सातौँ विकेटको लागि क्रिस वोक्स र टम करनले ४६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो योगफलतर्फ डोर्याएका थिए। करनको विकेट पछि वोक्सले आदील रशिदसंग आठौँ विकेटको लागि अविजित ३६ रनको साझेदारी गर्दै टिमको योगफल ३ सय पार गराए।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले उत्कृस्ट लय जारि राख्ने क्रममा ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए। उनले पहिलो वानडेमा ४ तथा दोश्रो वानडेमा ३ विकेट लिएका थिए। यस्तै मिचेल स्टार्कले पनि ३ विकेट लिए जुन क्रममा १० ओभरमा ७४ रन खर्चिए। प्याट कमिन्सकोक नाममा १ विकेट रह्यो।
यो पनि पढ्नुस :-
IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा
ज्ञानेन्द्र मल्लको नाममा छ टि-२० अन्तर्राष्ट्रियको ७ कीर्तिमान
IPL : ‘बुम्राह विश्वकै सर्वोत्कृष्ट टि-२० बलर हुन् जोसंग खेल्न उत्साहित छु’ प्याटीन्सन
IPL : मुम्बई क्याम्पमा के गर्दै छन् सचिनका छोरा अर्जुन तेन्दुलकर ?