खडक वारियर्सको रोमान्चक जितमा कप्तान बिबेकको आक्रामक इनिंग



  • विकेटनेपाल, असार २९ गते 

राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा उसले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो। स्कोरकार्ड ,अंकतालिका

पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए। बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट हात पारे।

१०२ रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले  १९.३ ओभरमा ८ विकेट गुमायो। वारियर्सको जित सहज भने हुन सकेन। १७ ओभरमा ९९ रनमा ६ विकेट गुमाएको अवस्थामा जितबाट मात्र ३ रन टाढा रहंदा श्रवन यादबले १८ औं ओभरमा २ रन मात्रै खर्चेर २ विकेट लिए पछि खेल रोमान्चक मोडमा पुगेको थियो।

अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहंदा १९ औं ओभरमा सन्दिप ढुंगानाले कुनै पनि रन नदिए पछि खडक वारियर्स दबाबमा परेको थियो। अन्तिम ओभरमा बलिङ्ग गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिँदा खेल रोमान्चक स्थितिमा थियो तर उपेन्द्र रोयले वरियर्सको जितको पर्खाइ लम्ब्याएनन्। तेश्रो बलमा कभर ड्राइभ गरेर १ रन लिंदै उनले टिमलाई रोमान्चक जित दिलाए।

बजाज खडक वारियर्सको लागि म्यान अफ द म्याच समेत चुनिएका बिबेक यादबले सर्वाधिक ४२ रन बनाए। यसक्रममा उनले मात्र २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै हरिशंकर शाहले १४ तथा राईले ११ रन बनाए।

खेलको म्यान अफ द म्याच चुनिएका बिबेक यादबले रु. १ हजार ५०० प्राप्त गरे जसलाई राजविराज नगरपालिकाका सामाजिक साखा प्रमुख कल्पना देबले पुरस्कार प्रदान गर्नु भयो। प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो खेलमा बोदे बर्साइन थन्डर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको थियो।

( फोटो – राजन अधिकारी )





थप समाचार

बिग ब्यास : पर्थद्वारा ब्रिसबेन फराकिलो अन्तरले पराजित

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत मंगलबार सम्पन्न ४४ औं खेलमा एश्टन टर्नर कप्तानीको पर्थ स्कर्चर्सले क्रिस […]

सन्दिप, अनिल र सौरभ चम्किदा लुम्बिनीको विजयी सुरुवात

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गर्ने क्रममा प्रदेश-२ लाई […]

कर्णाली प्रदेशको ऐतिहासिक जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले ऐतिहासिक जित दर्ता गरेको छ। घरेलु राष्ट्रिय प्रतियोगितामा कर्णाली […]

सन्दिप र सौरभ चम्किदा लुम्बिनीद्वारा प्रदेश-२ लाई चुनौतीपूर्ण लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन टियु मैदान कीर्तिपुरमा समुह ‘बि’ अन्तर्गत खेलमा लुम्बिनी प्रदेश र प्रदेश-२ प्रतिस्पर्धा […]

गण्डकीद्वारा कर्णालीलाई २०५ रनको लक्ष्य

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा जारि समुह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश […]

प्रम कपमा आज दुई खेल हुँदै

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा लुम्बिनी प्रदेश र प्रदेश-२ […]