एसिया कप फाइनल : कुलदिप र केदारको बलिङ्गमा बंगलादेश २२२ मा सिमित



  • विकेटनेपाल,१२ असोज 

दुबई इन्टरनेसनल स्टेडियममा अहिले जारि १४ औं एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले भारतलाई २२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर भारतले बंगलादेशलाई पहिले ब्याटिंग गर्न निम्तो दिएपछि उत्कृस्ट सुरुवात गर्ने क्रममा बंगलादेशले पहिलो विकेटको लागि १२० रनको साझेदारी पाएको थियो।

ओपनर लिटन दासले करियरकै पहिलो शतक पुरा गर्ने क्रममा १२१ रनको शानदार इनिंग खेल्ने क्रममा ११७ बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मेहदी हसनले ३२ रन योगदान दिए।

२१ औं ओभरमा केदार जाधबले हसनको विकेट लिंदा पहिलो विकेट गुमाएको बंगलादेशले १२०/१ को अवस्थाबाट अर्को १२२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ४१ औं ओभरसम्म ओपनर दासले बंगलादेशको इनिंग सम्हाले पनि अन्य ब्याट्सम्यानहरुले क्रिजमा आफुलाई जमाउन सकेनन्। सौम्य सरकारले ३३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फलस्वरुप बंगलादेशले ४८.३ ओभरमा २२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतको लागि कुलदिप यादबले  ३ विकेट ( १०-०-४५-३ ) तथा केदार जाधबले २ ( ९-०-४१-२ ) विकेट लिए। जस्प्रित बुम्रा ( ८.३-०-३९-१ ) र युज्भेंद्र चाहल ( ८-१-३१-१ ) ले १/१ विकेट लिए।

एसिया कपमा भारत नवौं पटक र बंगलादेश तेश्रो पटक फाइनल प्रवेश गरेको हो। एसिया कपमा भारतले हालसम्म पछिल्लो ( २०१६ ) को संस्करण सहित कुल ६ पटक उपाधि जितेको छ भने बंगलादेश २०१२ र २०१६ मा फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन। एसिया कपको पछिल्लो संस्करण ( टि-२० ) फाइनलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो।

प्रतियोगितामा भारतको प्रदर्शन

समुह चरणमा भारतले हंगकंग र पाकिस्तानलाई पराजित गर्दै सुपर-४ चरणमा स्थान बनाएको थियो। त्यसपछि सुपर-४ चरणमा पाकिस्तान र बंगलादेशलाई पराजित गरेको भारतले अफगानिस्तानसंग बराबरी खेल्दा सुपर-४ चरणको उत्कृस्ट टिमको रुपमा फाइनल पुगेको हो।

समुह चरण – बिरुद्ध हंगकंग – २६ रनले बिजयी , बिरुद्ध पाकिस्तान – ८ विकेटले बिजयी
सुपर ४ चरण – बिरुद्ध बंगलादेश – ७ विकेटले बिजयी, बिरुद्ध पाकिस्तान विकेटले बिजयी , बिरुद्ध अफगानिस्तान – बराबरी

बंगलादेशको प्रदर्शन

बंगलादेशले समुह चरणमा श्रीलंका र अफगानिस्तानलाई पराजित गर्दै सुपर-४ यात्रा तय गरेको थियो। सुपर-४ चरणमा भारत पराजित भएपछि दोश्रो खेलमा अफगानिस्तान तथा तेश्रोमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेशले फाइनल यात्रा तय गरेको हो।

समुह चरण – बिरुद्ध श्रीलंका – १३७ रनले बिजयी, बिरुद्ध अफगानिस्तान – १३६ रनले बिजयी
सुपर-४ चरण – बिरुद्ध भारत – ७ विकेटले पराजित, बिरुद्ध अफगानिस्तान – ३ रनले बिजयी , बिरुद्ध पाकिस्तान – ३७ रनले बिजयी





थप समाचार

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]