ग्रेग बार्कले बने आईसीसीको नयाँ अध्यक्ष



न्युजिल्यान्डका क्रिकेट प्रमुख ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को नयाँ अध्यक्ष निर्वाचित भएका छन्।

बार्कले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेटको निर्देशक रहँदै आएका छन् जो पेसाले वकिल पनि हुन्। उनि आईसीसी बोर्डमा न्युजिल्यान्ड क्रिकेटको प्रतिनिधि थिए र अब त्यो जिम्मेवारी छोडेर आईसीसीको अध्यक्ष पद सम्हाल्नेछन्। पूर्व अध्यक्ष शशांक मनोहरको कार्यकाल यसै वर्ष जुलाईमा समाप्त भएको थियो जसपछि इमरान ख्वाजालाई अन्तरिम अध्यक्ष बनाइएको थियो।

आईसीसीको अध्यक्ष चुनिएपछि बार्कलेले बताए – “आईसीसीको अध्यक्ष चुनिनु मेरो लागि गर्वको कुरा हो। म आफ्नो साथि आईसीसी डाइरेक्टरहरुलाई मलाई समर्थन गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु। मलाई आशा छ कि हामि एक साथ काम गरेर खेलको नेतृत्व गर्नेछौ र विश्वभर फैलिएको महामारीबाट निस्केर मजबुत स्थितिमा पुगेर अघि बढ्ने छौँ।”

बार्कले आईसीसी विश्वकप २०१५ आयोजनाको अध्यक्ष रहेका थिए। उनिसंग न्युजिल्यान्ड र अस्ट्रेलियाको बिभिन्न कम्पनिहरुमा कम्पनि निर्देशकको जिम्मेवारी निभाइसकेको अनुभव रहेको छ।

आईसीसी अध्यक्षको रेसमा बार्कलेसंग अन्तरिम अध्यक्ष इमरान ख्वाजा पनि रहेका थिए।





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]