वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० वर्षाका कारण नतिजाविहिन टुंगिएको छ।
बे ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २.२ ओभरमा १ विकेट गुमाएर २५ रन बनाउदा वर्षाले खेल अबरुद्ध भएपछि पुनः सुचारु हुन सकेन।
तेश्रो खेल नतिजाविहिन रहेपछि घरेलु टिमले सिरिज २-० ले पक्षमा पारेको छ। न्युजिल्यान्ड पहिलो खेलमा ५ विकेटले ( डीएलएस मेथड ) तथा दोश्रो खेलमा ७२ रनले विजयी भएको थियो।
दुइ टिम बीच अब २ वटा टेस्टको सिरिज खेलिनेछ। पहिलो टेस्ट डिसेम्बर ३ देखि तथा दोश्रो टेस्ट डिसेम्बर ११ देखि ह्यामिल्टनमा खेलिनेछ।