बसन्त र पृथु अमेरिकामा सम्मानित



दुई नेपाली राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटा अमेरिकामा सम्मानित भएका छन्। भेट्रान देब्रे हाते स्पिनर रेग्मी र ब्याट्सम्यान बास्कोटालाई आइतबार अमेरिकाको मेरिल्याण्ड राज्यले सम्मान गरेको हो।

मेरील्याण्ड राज्यका डेलिगेट रहेका नेपाली मुलका ह्यारी भण्डारीबाट उनीहरु सम्मानित भएका हुन्। यो मेरील्याण्ड राज्यको उच्च सम्मान मध्येको हो।

नेपालमा क्रिकेटमा गरेको योगदान दिंदै तथा आगामी पुस्ताको लागि प्रेरणा बनेकोमा मेरील्याण्ड राज्यको जेनरल एसेम्बलीले उक्त सम्मान दिएको हो।  सम्मान कार्यक्रममा नेपाली राइनोज अल स्टार्सका संस्थापक आशिक लामा लगायत उत्सव सिग्देल र रमेश भट्टको उपस्थिति रहेको थियो।

दुई क्रिकेटर करिब तिन महिना देखि नेपाली राइनोज अल स्टार्स क्लबबाट अमेरिकामा बिभिन्न क्रिकेट प्रतियोगिता सहभागी हुँदै आएका छन्। गत साता दुई क्रिकेटर नेपाली राइनोज अल स्टार्स क्लबबाट एलए ओपन टि-२० प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा अलस्टार्स क्वार्टरफाइनल यात्रा गर्न सफल भएको थियो।

बसन्तले अमेरिकाको माइनर लिग क्रिकेट खेल्ने 

जुलाई ३१ तारिख देखि अमेरिकी क्रिकेट बोर्डको आयोजनामा सुरु हुने माइनर लिग क्रिकेटमा बसन्त रेग्मी हलिवुड मास्टर बलास्टर्स क्लबबाट खेल्ने पक्का भैसकेको छ। मास्टर बलास्टर्समा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं समेत रहेका छन्। अमेरिकी राष्ट्रिय क्रिकेटर निसर्ग पटेल टिमको कप्तान रहेका छन्।

पृथु बास्कोटाले पनि उक्त लिग खेल्नेछन् तर टिमको भन्ने टुंगो लागिसकेको छैन। बास्कोटालाई समाबेश गर्न दुई वटा टिम इच्छुक रहेको जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।


४० लाख डलर लागतमा आयोजना हुने माइनर लिग क्रिकेटमा अमेरिका भरको २१ शहरका २७ वटा टिमले सहभागिता जनाउनेछन्। अमेरिकामा आयोजना हुने मध्येको यो उच्चस्तरीय प्रतियोगिता मध्येको हो। दश हफ्ता चल्ने प्रतियोगितामा लिगमा कुल २०८ वटा खेल खेलिनेछन्। अमेरिकाको घरेलु क्रिकेट प्रतियोगिताको विकासको लागि यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा गरेको प्रदर्शनले राष्ट्रिय क्रिकेट टिमको समेत ढोका खोल्न सक्नेछ।

२०१९ जुलाईमा सिंगापुरमा सम्पन्न आईसीसी टि-२० विश्वकप एसिया छनोट खेलेपछि बसन्त रेग्मीले नेपाली राष्ट्रिय टिमबाट प्रतियोगिता खेलेका छैनन्। घरेलु क्रिकेटमा भने रेग्मीले यो वर्ष प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कपमा शशस्त्र प्रहरी बलको प्रतिनिधित्व गरेका थिए। २०१५ पछि रास्ट्रिय टिममा पुनरागमन गर्न नसकेका बास्कोटालाई अमेरिकामै रहंदा विश्वकप लिग-२ को लागि टिममा समाबेश गरिएता पनि व्यक्तिगत कारणले उनले नाम फिर्ता लिएका थिए





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]