पारसको राइनोज र सोमपालको ब्लास्टर्स भिड्दै, कसले मार्ला बाजी ? – पिपिएल टि-२०



  • विकेटनेपाल-१० कार्तिक, शनिवार

पोखरामा जारि पहिलो संस्करणको पोखरा प्रिमियर लिगको दोस्रो दिन दुई खेल संचलान हुँदैछन्। दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोजले सोमपाल कामीको बुटवल ब्लास्टर्सको सामना गर्दा दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाण्डौ रोयल्सले दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुजको सामना गर्नेछ।

यसअघि पहिलो दिन अन्तर्गत सम्पन्न उद्घाटन खेलमा सन्दिप लामिछानेको बिराटनगर टाईटन्सलाई शरद भेसवाकरको पोखरा पल्टनले ५८ रनले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो।

चितवन राइनोज र बुटवल ब्लासटर्स भिड्दै :

प्रतियोगिताका दुई बलिया टोलि मानिएका बुटवल र चितवन शनिवार दिनको पहिलो खेलमा भिड्दै छन्। बुटवलको कप्तानी मार्की खेलाडी सोमपाल कामीले गर्नेछन् भने चितवनको कप्तान तथा मार्की खेलाडी पारस खड्का रहेका छन्।

खेलाडी छनौट गर्न आयोजित अक्सनमा रणनीतिक चाल लिएका पारसले टोलीमा युवा तथा अनुभवी खेलाडीहरुको सन्तुलन कायम गरेका छन्। प्रतियोगिताको दावेदारका रुपमा हेरिएको चितवनमा कप्तान पारस सहित टि-२० फर्म्याटका लागि उपयुक्त रहनसक्ने अनिल कुमार साह, करन केसी,  सोनु तामांग जस्ता बिष्फोटक ब्याट्सम्यान रहेका छन्।

Rohan Mustafa batting in Dhangadhi Premier League

टोलिको बलिंग युनिट समेत शक्ति गौचन, करन केसी, भुवन कार्की, सन्नी पटेल जस्ता खेलाडीको उपस्थितिमा बलियो देखिन्छ।

चितवनले आफ्ना बिदेशी खेलाडी स्वरूप भारतीय जोडी सन्नी पटेल र स्मित पटेललाई भित्र्याएको छ। अग्ला कदका लेग स्पिन बलर तथा बिष्फोटक ब्याटिंगको क्षमता राख्ने सन्नीले यसअघि समेत नेपाली घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिसकेका छन्।

उता सोमपाल कामीको बुटवल ब्लासटर्सभने युवा टोलीका रुपमा प्रतियोगिताको दावेदार मानिएको छ। यसअघि धनगढी प्रिमियर लिगको उपाधि जिताईसकेका सोमपालले आफ्नो टोलीमा युवा तथा घरेलु क्रिकेटमा छाएका खेलाडीहरुको सन्तुलन बनाएका छन्।

टोलिको ब्याटिंग युनिटमा रोहन मुस्तफा, चिराग सुरी, सिदान्त लोहनी, सागर पुन, भिम शार्की, हासिम अन्सारी, शंकर राना, रबिन्द्र जंग साही जस्ता क्वालिटी ब्याट्सम्यान रहेका छन्।

Paras Khadka
Paras Khadka

यस्तै बलिंगतर्फ समेत कप्तान सोमपाल स्वयं सहित ललित भण्डारी, अविनाश बोहोरा जस्ता उत्कृस्ट खेलाडी रहेका छन्।

टोलीले आफ्ना बिदेशी खेलाडी स्वरूप युएईबाट रोहन मुस्तफा र चिराग सुरीलाई भित्र्याएको छ। मुस्तफाले नेपाली घरेलु क्रिकेटको अनुभव लिइसकेका छन् भने सुरीले सन् २०१७ को इन्डियन प्रिमियर लिगमा गुजरात लायन्सको टोलीमा स्थान पाएका थिए।





थप समाचार

T20WC : कोहलीद्वारा पाकिस्तान टिमको तारिफ “पाकिस्तान निकै बलियो टिम हो”

पाकिस्तानसंग आईतबार पहिलो खेल खेल्दै टि-ट्वान्टी विश्वकपको सुरुवात गर्नु अघि भारतीय कप्तान बिराट कोहलीले इतिहास भारतको पक्षमा रहेता पनि वर्तमान […]

जापान : एम्बेसी कपको लागि नेपाली टिमको घोषणा

जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाल एम्बेसीको तर्फबाट आफ्नो टिम घोषणा गरिएको छ। […]

T20WC : अस्ट्रेलियाबिरुद्ध दक्षिण अफ्रीकाको कमजोर ब्याटिंग

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको पहिलो खेलमा दक्षिण अफ्रीका र अस्ट्रेलिया बीच युएईको शेख जायद स्टेडियम अबुधाबीमा सुरु भएको छ। […]

T20WC : सुपर-१२ चरणको खेल आज सुरु हुँदै, ४ ठूला टिम बीच प्रतिस्पर्धा

आईसीसी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको दोश्रो चरण अर्थात् सुपर-१२ चरणको खेलहरु आज ( शनिवार ) देखि सुरु हुँदैछन्। पहिलो दिन […]

T20 WC : पहिलो चरण समाप्त, यी हुन् दोश्रो चरण पुग्न सफल ४ टिम

युएई र ओमानमा संयुक्तरुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणमा १२ खेलहरु समाप्त भएका छन्। शनिवार ( अक्टोबर […]

T20WC : श्रीलंकाको कीर्तिमानी जित, नेदरल्याण्डको लज्जास्पद प्रदर्शन,

नेदरल्याण्डलाई किर्तिमानी अन्तरले पराजित गर्दै श्रीलंका समुह ‘ए’ को विजेताको रुपमा २०२१ टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण प्रवेश गरेको छ। समुह […]