बिगब्यास : सन्दिप आबद्ध होबार्टको विजयी सुरुवात



१० औं सिजनको बिग ब्यास लिग अस्ट्रेलियामा सुरु भएको छ। लिग अन्तर्गत उद्घाटन खेलमा बिहिबार नेपाली लेग स्पिनर सन्दिप लामिछाने सहभागी टिम होबार्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

होबार्टको घरेलु मैदान बेलेरिभ ओभल मैदानमा सम्पन्न खेलमा होबार्टले दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नीले ६ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो।

सिड्नीको लागि जेम्स भिन्सले सर्वाधिक ६७ तथा ज्याक एडवार्ड्सले ४७ रन योगदान दिएता पनि अन्य ब्याट्सम्यानले उल्लेख्य इनिंग नखेल्दा जित हात पार्न सकेन।

खराब सुरुवात गरेको सिक्सरले पहिलो ओभरमै जोस फिलिप्पेलाई व्यक्तिगत १ रनको स्कोरमा गुमायो। उनलाई जेम्स फल्कनरले एलबीडब्ल्यु आउट पारे। दोस्रो विकेटको लागि ज्याक एडवार्ड्ससंग ११६ रनको शतकीय साझेदारी गरेपछि ओपनर जेम्स भिन्स फल्कनरबाट एलबीडब्ल्यु आउट भए। लगत्तै अर्को ओभरमा ३९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४७ रन बनाएका एडवार्ड्स राइल मेरेडिथको बलिंगमा बोल्ड भए। त्यसपछि, लगातार रुपमा विकेट गुमाउदा सिक्सर्सले हार बेहोर्न पुग्यो।

सिक्सरलाई अन्तिम ४ ओभरमा जित्नका लागि ४६ रनको आवश्यकता थियो। १८ औं ओभरको दोस्रो बलमा मेरेडिथले कप्तान डानियल ह्युजलाई व्यक्तिगत ९ रनको स्कोरमा बोल्ड गरे। उक्त ओभरमा कसिलो बलिंग गरेका उनले मात्र ४ रन खर्चिए। १९ औं ओभरको पहिलो बलमा न्याथन एल्लिसले सिल्कलाई आउट पार्दा सिक्सर दबाबमा पर्यो। १९ औं ओभरमा मात्र ९ रन बटुलेको सिक्सरको लागि अन्तिम ओभरमा जितका लागि २५ रनको आवश्यक परेको थियो। स्कोट बोल्याण्डले अनुशासित बलिंग गर्दै होबार्टलाई १६ रनको जित दिलाए।

होबार्टको बलिंगतर्फ जेम्स फल्कनर (४-०-२२-२) र राइल मेरेडिथले (४-०-२९-२) समान २ विकेट लिए। यस्तै, न्याथन एल्लिस र स्कोट बोलाण्डले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिलो ब्याटिंगको निम्तो पाएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो। उसका लागि टिम डेभिडले सर्वाधिक ५८ रन बनाए। ३३ बलको सामना गरेका उनले ८ चौका र १ छक्का हिर्काए। यस्तै, कोलिन इन्ग्रामले ४२ बलमा ५५ रन बनाए जुनक्रममा ७ चौका र १ छक्का हिर्काए। पिटर ह्यान्ड्सकम्बले २४ तथा न्याथन एल्लिसले १४ रन बनाए।

सिक्सरको बलिंगतर्फ ड्वारसियस (४-०-३८-३) र क्रिस्टियनले (४-०-३६-३) समान ३ विकेट लिए।

लिग अन्तर्गत शुक्रबार मेलबर्न स्टार्स र ब्रिसबेन हिटले प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय दिउसो २ बजे सुरु हुनेछ।

सन्दिपको खेल कहिले 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो सिजन होबार्टबाट खेल्नेछन्। उनि लिगमा सहभागिता जनाउन डिसेम्बर १५ तारिखमा अस्ट्रेलिया प्रस्थान गर्नेछन्। डिसेम्बर १६ मा अस्ट्रेलिया पुगेपछि उनि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ जसपछि उनि खेल्न उपलब्ध हुनेछन्। डिसेम्बर ३० मा सन्दिपको क्वारेन्टाइन अवधि सकिएपछि होबार्टको जनवरी २ मा मेलबर्न स्टार्ससंगको खेलको खेलको लागि सन्दिप उपलब्ध हुनेछन्।

सन्दिपले यस अघि २ सिजन बिगब्यास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए त्यसक्रममा उनले कुल २० खेल खेल्दा २६ विकेट आफ्नो नाम गरेका थिए।

होबार्टले हालसम्म बिग ब्यासको उपाधि जित्न सकेको छैन। २०१३ र २०१७ गरि २ पटक मात्र टिम फाइनल प्रवेश गर्न सफल रहेको थियो। गत सिजन होबार्ट लिग अंकतालिकामा १४ खेलमा ६ जितपछि अंकतालिकामा चौथो स्थानमा रहँदै प्ले-अफ पुगेको थियो। इलिमीनेटरमा टिम सिड्नीसंग ५७ रनले पराजित हुँदै लिगबाट बाहिरीएको थियो।





थप समाचार

डेब्युमै गुर्बजले कीर्तिमान बनाउदा अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

पहिलो एकदिवसीयमा आयरल्याण्डमाथि १६ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (युएई) मा जारि ३ खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानले अग्रता लिएको […]

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन […]

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा तिन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि नेपाली स्पिनर सन्दिप लामिछानेलाई टिममा निरन्तरता नदिने घोषणा […]

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र […]

प्रम कप : पुलिसको जितमा धमला, सर्राफ र ऐरीको उच्च योगदान

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित […]

प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ […]