एडिलेड स्ट्राइकर्सले जित्यो बिग ब्यास



  • विकेटनेपाल, माघ २१ – आइतबार

बिग ब्याश लिग टी-२० क्रिकेटको फाइनल खेलमा होबार्ट हरिकेन्सलाई २५ रनले पराजित गर्दै एडिलेड स्ट्राइकर्सले उपाधी जितेको छ। स्ट्राइकर्सको यो पहिलो बिबिएल उपाधी हो ।

अघिल्लो सिजन प्रतियोगिताको उपाधी पर्थ स्कचर्सले फाइनलमा सिड्नी सिक्सर्सलाई ९ विकेटले पराजित गर्दै जितेको थियो ।

एडिलेड ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको स्ट्राइकर्सले २० ओभरको समाप्तीमा मात्र २ विकेट गुमाएर २०२ रनको बिशाल योगफल तयार पारेको थियो । उसका लागि ओपनर ज्याक वेदराल्डले शतक प्रहार गरेका थिए । ७० बल खेलेका उनले ११५ रन बनाउन ९ चौका र ८ छक्का प्रहार गरे ।

ज्याक वेदराल्ड (Credit: @BBL)

वेदराल्डले पहिलो विकेटको लागि एलेक्स क्यारीसँग ४१ रन तथा दोश्रो विकेटको लागि कप्तान ट्रेविस हेडसँग १४० रनको साझेदारी गरेका थिए । क्यारी १८ रन बनाएर आउट भए ।

वेदराल्ड आउट भएपछी हेड र कोलिन इन्ग्रामले तेस्रो विकेटको लागि अविजित २१ रनको साझेदारी गरे। हेडले अविजित ४४ रन (२९ बल, २ चौका, १ छक्का) तथा इन्ग्रामले अविजित १४ रन (६ बल, १ चौका, १ छक्का) बनाए।

जवाफमा उत्रिएको होबार्ट हरिकेन्सले २० ओभरमा ५ विकेट गुमाउदै १७७ रनमात्र बनाउन सक्यो । उसका लागि डार्सी शर्ट र जर्ज बेलीले दोश्रो विकेटको लागि ८१ रनको साझेदारी गरे । कप्तान बेली ४६ रन बनाउन ३३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै आउट भए ।

पिटर सिड्डेल (Credit: @BBL)

त्यस्तै डार्सी शर्टले ६८ रन बनाउन ४४ बलमा ६ चौका र ४ छक्का तथा डानियल क्रिस्चियनले अविजित २९ रन (१९ बल, ३ चौका, १ छक्का) बनाएपनि अन्य खेलाडीहरु सस्तैमा आउट भएका थिए ।

स्ट्राइकर्सका लागि पिटर सिड्डेलले १७ रन खर्चिएर ३ विकेट हात पारे भने ट्रेविस हेडले पनि एक विकेट लिए ।

खेलमा शतक प्रहार गरेका ज्याक वेदराल्ड म्यान अफ द म्याच तथा होबार्ट हरिकेन्स डार्सी शर्ट म्यान अफ द सिरिज घोषित भए ।





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]