अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सिजनको पाँचौ खेल खेल्ने क्रममा सन्दिप विकेटविहिन भएका छन्। होबार्टको प्रतिनिधित्व गरिरहेका सन्दिप सिड्नी थन्डर्स बिरुद्ध विकेटविहिन रहेका हुन्। अघिल्लो खेलमा पनि सन्दिप पर्थ स्करचर्ससंग विकेट विहिन रहेका थिए जुन क्रममा ४ ओभरमा २३ रन खर्चिएका थिए।
सिड्नी बिरुद्ध टस जितेर बलिंग रोजेको होबर्टको लागि सन्दिपले ४ ओभर बलिंग गर्ने क्रममा २८ रन खर्चेर विकेटविहिन रहे। यो समाचार तयार पार्दासम्म सिड्नीले १५ औं ओभरमा ११७ रन बनाउदा ३ विकेट गुमाएको छ।
यस्तो रह्यो सन्दिपको प्रदर्शन
पहिलो ओभर : ६ रन ( ० , १ , १ , वाइड, १ , ० , लेगबाई-२ )
पावरप्ले भित्र पाँचौ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा मात्र ६ रन खर्चिए। क्रिजमा जमीसकेका एलेक्स हेल्स र उस्मान ख्वाजाले सन्दिपलाई खुलेर खेल्न सकेनन्।
दोश्रो ओभर : ९ रन ( १ , २ , ० , ४ , १ , १ )
सातौँ ओभरमा दोश्रो ओभर बलिंग गर्ने क्रममा ओभरको चौथो बलमा उस्मान ख्वाजाले सन्दिपको बललाई अघि बढेर कभर माथि चौका हिर्काए। त्यस बाहेक सन्दिपले ओभरमा कसिलो बलिंग गरे।
तेश्रो ओभर : ५ रन ( ० , १ , १, १ , १ , १ )
दशौँ ओभरमा बलिंग गर्न आएका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। पहिलो बल डट गरेपछि बाँकी ५ बलमा कलम फर्गुसन र स्याम बिलिंग्सले १/१ रन लिंदै ओभर सके।
चौथो ओभर : १० रन ( १ , ४ , १ , १ , वाइड, ० , वाइड , १ )
१३ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपलाई दोश्रो बलमा कलम फर्गुसनले चौका हिर्काए। ओभरमा सन्दिपले लेग स्टम्प बाहिर दुई वटा वाइड बल फाले।
प्रतियोगितामा यो सिजन सन्दिपले ५ खेलमा ४ विकेट लिएका छन्। उनले सिजनको पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट तथा स्टार्स बिरुद्ध दोश्रो खेलमा १ विकेट लिएका थिए। यस्तै तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध सन्दिपले १ विकेट लिएका थिए।