बिग ब्यास : सिड्नीको जितमा फर्गुसनको कप्तानी पारि



अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा सिड्नी थन्डर्सले पर्थ स्करचर्सलाई ७ विकेटले सहजै पराजित गरेको छ।

मनुका ओभल, क्यानबेरामा सम्पन्न खेलमा पर्थले दिएको १५३ रनको लक्ष्य सिड्नीले ३ विकेट गुमाएर १९.३ ओभरमा पुरा गर्यो।

सिड्नीको जितमा कप्तान कलुम फर्गुसनले सर्वाधिक ६१ रन योगदान दिए जुन क्रममा ५३ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

ओपनर एलेक्स हेल्स खाता नखोली पहिलो ओभरमा आउट भएपछि ब्याटिंग गर्न आएका फर्गुसनले अविजित रहँदै टिमलाई जित दिलाए। उस्मान ख्वाजा २१ रन बनाएर आउट भएपछि फर्गुसनले तेश्रो विकेटको लागि ओलिभर डेभिससंग ७५ रनको साझेदारी गरे। ३६ रन बनाएका डेभिड १४ औं ओभरमा आउट भएपछि उनले बेन कटिंगसंग अविजित ४७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। कटिंगले अविजित २९ रन बनाए।

पर्थको बलिंगमा जेसन बेरेनडर्फ , आरोन हार्डी र फवाद एहमदले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको पर्थले २० ओभरमा ५ विकेट नोक्सानीमा १५२ रन बनाएको थियो।

पर्थको लागि मिचेल मार्शले सर्वाधिक ५२ रन , क्यामरन ब्यानक्रफ्टले ३४, कोलिन मुनरोले २५ तथा एस्टन टर्नरले २३ रन बनाए।

३६ रनमै ३ विकेट गुमाएको पर्थलाई चौथो नम्बरमा आएका मार्शले सम्हालेका थिए। मार्शले छैठौं विकेटको लागि ब्यानक्रफ्टसंग ६१ रनको महत्वपूर्ण साझेदारी गरे।

सिड्नीको बलिंगमा ड्यानीयल स्याम्स, नाथन म्याकएन्ड्रु, तन्भिर सांघा र बेन कटिंगले समान १ विकेट लिए।

जितपछि सिड्नी अंकतालिकामा ८ अंक सहित तेश्रो स्थानमा रहेको छ भने पर्थ २ अंक सहित सातौँ स्थानमा रहेको छ। ११ अंक सहित होबार्ट पहिलो स्थानमा रहेको छ।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]