३१ वर्ष अघिको दर्दनाक घटना सार्वजनिक हुँदा स्टोक्सले पत्रकारिता माथि उठाए प्रश्न “यो तल्लो स्तरको पत्रकारिता हो”

३१ वर्ष अघि आफ्नो परिवारमा घटेको दुखद घटनालाई कोट्याउँदै बेलायती पत्रिका ‘द सन’ ले लेख प्रस्तुत गरेपछि स्टार इंग्ल्याण्ड अल-राउण्डर बेन स्टोक्सले ‘द सन’ को पत्रकारिता माथि खेद प्रकट गरेका छन्।

एकदिवसीय विश्वकप इंग्ल्याण्डले जित्दा उत्कृस्ट खेलाडी तथा भर्खरै एसेज सिरिजमा समेत उत्कृस्ट चुनिएका स्टोक्सले ट्वीटरमा लामो वक्तव्य पोस्ट गर्दै स्टोक्सले पत्रिकाको आलोचना गरेका छन्। द सनले पहिलो पृष्टमा छापेको लेख बारे बोल्दै स्टोक्सले यो नितान्त व्यक्तिगत कुरा रहेको र अहिले कोट्याउनु अनैतिक र निर्मम रहेको प्रतिक्रिया व्यक्त गरेका छन्।

“द सनले ३१ वर्ष पछाडी फर्कदै मेरो परिवारको व्यक्तिगत, निकै दर्दनाक र संबेदनशील कुरा प्रकाशित गरेको छ। यस्तो घृणित पत्रकारिताको आलोचना गर्न मसंग शब्द छैन”

“मेरो परिवारले बिगत ३ दशक देखि यो चोटबाट माथि उठ्न निकै अफ्टेरो परिस्थितिहरु सामना गरेको छ। शनिवार ‘द सन’ ले यस्तो उदास विषयमा मेरो परिवारसंग प्रश्न गर्न रिपोर्टर पठाएको थियो। द  सनले घटनालाई सनसनीपूर्ण बनाउन हाम्रो व्यक्तिगत त्रासदीपूर्ण घटनालाई प्रथम पृष्टमा स्थान दिनु अस्वीकार्य छ। मेरो व्यक्तिगत प्रोफाइललाई मेरो परिवारको व्यतिगत जीवनसंग जोडेर प्रस्तुत गरिनु घृणित छ”

“यो पत्रकारिताको तल्लो स्तर हो जसले कसैको जीवनमा पार्ने असर भन्दा पत्रिकाको बिक्रिलाई प्राथमिकता दिन्छ। अब यो घटना बाहिर आइसकेको छ तै पनि म जिज्ञाशुहरुलाई मेरो परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्छु।”

के भएको थियो 

बेन स्टोक्स जन्मनु भन्दा अघि उनको आमा डेबकि पुर्व पति रिचर्ड डनले आफ्नो आठ वर्षको छोरि ट्रेसी र ४ वर्षको छोरा एन्ड्रुको गोलि हानेर हत्या गरेका थिए। उक्त हत्या पछि रिचर्डले आफैलाई पनि गोलि हानेर आत्महत्या गरेका थिए। त्यस बेला स्टोक्सको आम डेब र रिचर्ड बीच विवाद चलिरहेको थियो र उनीहरु छुट्टै बसीरहेका थिए।

स्टोक्सको आमले त्यसपछि दोश्रो बिहे गरेकी थिईन्। उक्त डरलाग्दो घटना घटेको अर्को वर्ष स्टोक्स जन्मिएका थिए।

माता र पितासंग स्टोक्स

द सनको रिपोर्टमा स्टोक्सको सौतिने पिताका अर्की छोरि ज्याकी डनको भनाइ लिईएको छ – मलाई विश्वास हुँदैन कि मेरो पिताल यस्तो चिज गर्नभयो। यो निकै डरलाग्दो छ। डेब ( स्टोक्सको आमा ) यो घटना पछि सदमामा रहनु भयो होला। मलाई यो बारेमा जानकारी छैन कि उनको अर्को छोरा छ जो अहिले इंग्ल्याण्ड क्रिकेटको स्टार हो”

न्युजिल्याण्डमा जन्मिएका थिए स्टोक्स 

इंग्ल्याण्ड राष्ट्रिय टिमको लागि खेले पनि स्टोक्सको जन्म न्युजिल्याण्डमा भएको थियो। १२ वर्षको उमेर देखि उनि इंग्ल्याण्डमा बस्न थालेका थिए। उनका पिता गेरार्ड स्टोक्स रग्बी लिग खेलाडी र प्रशिक्षक थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

पत्नीसंग स्टोक्स

विश्वकपमा इंग्ल्याण्ड पराजित भए पछि स्टोक्सका बुवा र आमाले एक अन्तर्वार्ताको क्रममा छोराको जितमा खुसि भएता पनि न्युजिल्याण्ड पराजित हुँदा भने दुख व्यक्त गरेका थिए।

विश्वकप पछि न्युजिल्याण्डर अफ द एअर अवार्डको छनौटमा बेन स्टोक्स पनि चुनिएका थिए जुन अवार्डको हकदार आफु नभई केन विलियमसन बढी भएको भन्दै स्टोक्सले अवार्ड अस्विकार गरेका थिए।