स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा



आईपीएल २०२० अन्तर्गत आइतबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डीएन्सलाई ८ विकेटले पराजित गर्दै लिगको प्ले-अफ पुग्ने सम्भावनालाई जिवितै राख्यो। शेख जायद अबुधाबीमा मुम्बईले दिएको १९६ रनको लक्ष्य १० बल बाँकी छदै राजस्थानले पुरा गर्यो। राजस्थानको जितमा स्टार इंगलिस अलराउण्डर बेन स्टोक्सले ६० बलमा १०७ रनको उत्कृस्ट इनिंग खेले जुन क्रममा ५४ रन बनाएका सन्जु स्यामसनसंग अविजित १५२ रनको साझेदारी गरे। स्टोक्स आईपीएल इतिहासमै लक्ष्य पछ्याउने क्रममा २ वटा शतक बनाउने पहिलो ब्याट्सम्यान बन्न पुगे।

स्टोक्सको इनिंगको सर्वत्र चर्चा हुँदै गर्दा उनले शतक प्रहार गरेपछि टिमका खेलाडीहरु तिर फर्केर देखाएको हातको इशारा के हो भन्ने चासो धेरैको रहेको छ। शतक पुरा गरेपछि उनले हात माथि उठाउदै आफ्नो माझि औंलालाई भित्र लुकाएका थिए भने ब्याट र हेल्मेटलाई तल राखेका थिए।

स्टोक्सले सफलता पछि यस्तो खालको इशारा गरेको यो पहिलो पटक हैन। यस अघि पनि धेरै पटक उनले हातलाई त्यस्तो थुप्रै पटक गरिसकेका छन्। अन्तिम पटक यसै वर्ष जुलाईमा पनि स्टोक्सले वेस्टइन्डिज बिरुद्ध शतक बनाउने क्रममा यसरीनै औला झुकाएका थिए।

स्टोक्सले त्यस्तो इशारा गर्नुको पछाडी विशेष कारण रहेको छ। उनको पिता न्युजिल्यान्डका रग्बी खेलाडी रहेका थिए जसले १९७० देखि ८० सम्म १ दशक देशको लागी रग्बी खेले। आफ्नो पितालाई समर्पित गर्दै स्टोक्सले आफ्नो माझि औला झुकाएका हुन् जसको पछाडी उनको पिताको शाहसको कथा जोडिएको छ।

पिता जेरार्डले खेल जीवनको क्रममा माझि औंलालाई काट्ने निर्णय गरेका थिए। उक्त औला अपरेसन गर्दै मैदान बाहिर बस्नु भन्दा आफ्नो खेल जीवन लामो गर्न उनले औलानै काट्ने शाहसिक निर्णय लिएका थिए। डक्टरले औलाको अपरेसन गरेको खण्डमा लामो समय खेलबाट बाहिर बस्नु पर्ने बताएपछि जेरार्डले डक्टरलाई त्यसको बिकल्प सोधेका थिए। डक्टरले औंला काट्ने मात्र बिकल्प रहेको बताएपछि उनले सोहि बिकल्प रोजेका थिए।

१९८० रग्बी लिगको दौरान पिताको खेल प्रतिको लगाव र शाहसलाई बारम्बार स्टोक्सले सम्झने गरेका छन्। पिता जेरार्ड यसै वर्ष जनवरी देखि बिरामी रहेका छन् जसलाई ‘ब्रेन क्यान्सर’ भएको छ।

यसै वर्ष अगस्टमा पिता बिरामी भएको खबर पछि स्टोक्स पाकिस्तानसगको टेस्ट सिरिज छोडेर न्युजिल्यान्ड प्रस्थान गरेका थिए। आफ्नो पिताको बिमारीबारे थाहा पाएपछि स्टोक्सले १ हफ्तासम्म सुत्न नसकेको बताएका थिए जसपछि सिरिज छोडेर न्युजिल्यान्ड जाने बिकल्प रोजेका थिए।  न्युजिल्यान्डमा पिता र परिवारसंग केहि समय बिताएपछि स्टोक्स आईपीएल खेल्न ढिला आइपुगेका थिए। आईपीएल खेल्न आएपछि स्टोक्सले परिवारसंग छुट्नुपर्दाको पिंडा व्यक्त गरेका थिए-

“क्राइस्टचर्चमा आमा, बाबा र मेरो भाइलाई विदाई गर्नु कठिन थियो। म परिवारको माया र आशिर्वाद लिएर प्लेनमा चढे।  मेरो परिवारको लागि कठिन समय चलीरहेको छ”

स्टोक्सले अन्तर्वार्ताको क्रममा आफ्नो पिताले आफ्नो खेल जीवनमा पारेको प्रभाव बताउदै आएका छन्। पिताले आफूलाई कडा अनुशासनमा राख्ने गरेको जसको महत्व अहिले आएर आफुले बुझेको बताएका थिए –

“वहाँ कडा हुनुहुन्थ्यो, जब म ठुलो हुँदै गए बल्ल थाहा भयो कि यसको पछाडी कारण थियो। वहाँलाई थाहा थियो कि म व्यवसायिक खेलाडी हुन चाहन्थे र ममा त्यस्तै खालको गुणहरू देख्न चाहनुहुन्थ्यो।”

न्युजिल्यान्डमा जन्मेका स्टोक्स इंग्ल्यान्डको लागि खेलेता पनि परिवार भने न्युजिल्यान्डमै बस्ने गर्छ। उनि १२ वर्षको उमेर देखि इंग्ल्यान्डमा बस्न थालेका थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

गत वर्ष वानडे विश्वकपमा इङ्ल्यान्ड विजयी भए पछि स्टोक्सका बुवा र आमाले एक अन्तर्वार्ताको क्रममा छोराको जितमा खुसि भएता पनि न्युजिल्याण्ड पराजित हुँदा भने दुख व्यक्त गरेका थिए। विश्वकपपछि न्युजिल्याण्डर अफ द एअर अवार्डको छनौटमा बेन स्टोक्स पनि चुनिएका थिए जुन अवार्डको हकदार केन विलियमसन भएको भन्दै स्टोक्सले अवार्ड अस्विकार गरेका थिए।

आईपीएलको सुरुवाती खेलमा प्रदर्शन विशेष नभएपछि आलोचित बनेका स्टोक्सले शानदार शतक बनाउदै वाहवाही बटुलीरहेका छन्।

यो पनि पढ्नुस 

सहज थिएन स्टोक्सको युएई यात्रा

स्टोक्सले कीर्तिमानी शतक बनाउदा राजस्थानसंग मुम्बई स्तब्ध

गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित