WTC FINAL : भारतको हार पछाडीको ६ प्रमुख कारण



भारतको च्याम्पियन बन्ने सपना चकनाचुर पार्दै न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो। इंग्ल्यान्डको साउथह्याम्प्टनमा सम्पन्न फाइनलमा भारत ८ विकेटले पराजित हुन पुग्यो। उपाधि दावेदार भारतीय क्रिकेट टिम फाइनलमा चुक्नुको पछाडीको कारणहरु यहाँ औल्याउने प्रयास गरेका छौँ –

कमजोर तयारी 

न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिप फाइनल अघि इंग्ल्यान्डसंग दुई वटा टेस्ट खेल्यो तर भारतले ठूलो खेल अघि आफ्नै टिम बीच इन्ट्रा-स्क्वाड म्याचमै चित्त बुझायो। अभ्यास खेल नखेल्नुको असर भारतको खेलमा देखियो। इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको न्युजिल्यान्ड त्यहाँको परिस्थितिमा राम्रोसंग ढल्न पुग्यो जसको बिपरित भारतीय अधिकांश खेलाडीहरुले राम्रो लय पाउन सकेनन्। अभ्यास इंग्ल्यान्ड यात्रा गर्नु अघि भारतीय कप्तान कोहलीले ढिलो इंग्ल्यान्ड पुग्नुले प्रदर्शनमा असर नगर्ने र यो सबै दिमागको सोचाइ मात्र भएको प्रतिक्रिया दिएका थिए। उनले यस अघि पनि ठूलो प्रतियोगिता सुरु हुनु केहि दिन मात्र अघि पुगेर पनि राम्रो प्रदर्शन गरेको तर्क दिएका थिए।

अन्तिम-११ मा परिवर्तन नहुनु 

टेस्ट च्याम्पियनसिपको फाइनल हुनु एक दिन अघिनै भारतले १७ जुनमा आफ्नो अन्तिम-११ को घोषणा गरेको थियो। अन्तिम-११ मा भारतले दुई जना स्पिनर र तिन जना पेसर सामेल गर्यो। भारतले अन्तिम-११ घोषणा गरेपछि टिममा ४ जना फास्ट बलरलाई मौका दिनु पर्ने आवाज उठेको थियो। जुन १८ तारिखमा टस अघि सम्म पनि भारतलाई अन्तिम-११ परिवर्तन गर्ने मौका थियो तर कप्तान कोहली आफ्नो पुरानो निर्णयबाट पछि हटेनन्। अर्कोतर्फ न्युजिल्यान्डले ५ जना फास्ट बलर लिएर खेल्यो र परिस्थितिको फाइदा समेत उठाउन सके।

रभीचन्द्रन आश्विनले प्रभावित बनाएता पनि दोश्रो स्पिनर रभीन्द्र जडेजा भने खेलमा फिका सावित हुन पुगे जसको भूमिकानै टेस्टमा देखिएन। खेलमा भारतलाई चौथो फास्ट बलरको कमि निकै महसुस भयो। वर्षाको मौसम र त्यसमाथि २० डिग्री भन्दा कम तापक्रममा फास्ट बलरले स्पिनर भन्दा बढी फाइदा उठाउन सक्ने थिए जुन न्युजिल्यान्ड बलरले देखाए। कोहलीले स्तरीय फास्ट बलिंग अलराउण्डर नहुँदा जडेजालाई समाबेश गर्नु परेको प्रतिक्रिया दिए।

भारतीय ब्याट्सम्यानको खराब प्रदर्शन 

खेलमा कुनै पनि भारतीय ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् जुन हारको प्रमुख कारण रह्यो। भारतीय टिमका प्रमुख ब्याट्सम्यान टेस्ट म्याच स्पेसलिस्ट चेतेश्वर पुजाराले आशा अनुरुप ब्याटिंग प्रदर्शन गर्न सकेनन्। उनले पहिलो इनिंग्समा ८ रन तथा दोश्रो इनिंग्समा १५ रन मात्र बनाउन सके। दोश्रो इनिंग्समा भारतको मध्यक्रम पूर्णतः असफल रह्यो। पुजारा, कोहली, रहानेले आवस्यकता भएको बेला रन बनाउन सकेनन्। न्युजिल्यान्डको तल्लो क्रम ब्याट्सम्यानहरुले महत्वपूर्ण योगदान दिए जसको तुलनामा भारतीय तल्लो क्रमको योगदान खास रहन सकेन।

टेस्टको अन्तिम दिन घाम लाग्दा जसरि न्युजिल्यान्ड ब्याट्सम्यानले फाइदा उठाए त्यस्तो फाइदा ब्याटिंग तुलनात्मक रुपमा सहज भएता पनि भारतले उठाउन सकेन। १७० रनमा भारतले सम्पूर्ण विकेट गुमाउन पुग्यो। ३०-४० रन मात्र भारतले बढी बनाउन सकेको भए भारत टेस्ट जोगाउन सफल हुन सक्थ्यो।

भारतीय टिमले अनुभवी ओपनर मायाँक अग्रवालको स्थानमा शुभमन गिललाई मौका दियो। अग्रवाल एक मात्र ब्याट्सम्यान थिए जसले वर्ल्ड टेस्ट च्याम्पियनसिपमा दोहोरो शतक बनाएका थिए। फाइनल अघि आफ्नै टिम बीच खेलिएको खेलमा पनि अग्रवालले शानदार प्रदर्शन गरेका थिए। तर टिमले शुभमन गिल र रोहित शर्माको जोडी ओपनर बनाउने निर्णय गर्यो किनकि पछिल्लो ५-६ खेलमा दुवैले एक साथ खेलेका थिए। गिलले पहिलो इनिंग्समा २८ र दोश्रो इनिंग्समा ८ रन बनाए।

सन् २०१९ पछि वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भारतको प्रमुख टेस्ट ब्याट्सम्यानहरु पुजारा, कोहली र रहानेले कुल ६ टेस्ट शतक मात्र बनाउन सके जसको तुलनामा २०१७ र २०१८ मा उनीहरुले कुल १८ शतक बनाएका थिए। सिनियर ब्याट्सम्यानहरुबाट राम्रो स्कोर टेस्ट च्याम्पीयनसिप फाइनलमा भारतलाई आवस्यक थियो जसमा उनीहरु असफल रहे।

न्युजिल्यान्ड बलरको अनुशासन

भारतीय बलरको तुलनामा खेलमा न्युजिल्यान्ड बलरहरुले राम्रो स्विंग बलिंग गरे। मोहम्मद शामी बाहेक अन्य भारतीय बलरले भरपुर फाइदा उठाउन सकेनन्। ट्रेन्ट बोल्ट, टिम साउदी, निल वाग्नर, कायल जेमीसन जस्ता बलरले टिमको योजना अनुसार बलिंग गर्न असफल रहे। भारतीय ब्याट्सम्यानलाई आफ्नो योजनामा फसाउन न्युजिल्यान्ड बलरहरु सफल रहे। लगातार अनुशासित बलिंग गर्दा भारतीय ब्याट्सम्यानहरुले क्रिजमा धैर्यता देखाउन सकेनन् र गल्ति गर्न पुगे।

असफल बुम्राह 

२०१९ को एकदिवसीय विश्वकपपछि बुम्राहको बलिंगमा पुरानो धार देखिएको छैन। २०१९ पछि टेस्ट क्रिकेटको १५ इनिंग्समा बुम्राहले मात्र २१ विकेट लिएका छन्। वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा त बुम्राहले विकेटको खातानै खोल्न सकेनन्। दोश्रो इनिंग्समा उनले मौका सिर्जना भने नगरेका हैनन् तर स्लिपमा चेतेश्वर पुजाराले क्याच छोड्दा उनले त्यो अवसर गुमाए। टेस्टको सुरुवातमा बुम्राह सहि लाइन र लेन्थमा बलिंग गर्न चुकेका थिए।

ठूलो खेलमा असफल भारत

महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि भारत ठूलो खेलहरुमा चुकीरहेको छ। भारतको पछिल्लो कप्तान धोनीको कप्तानीमा भारतले खेलेको ४ वटा आईसीसी विश्वकपको फाइनल मध्ये ३ वटामा भारतलाई जित दिलाए। धोनीको कप्तानीमा सन् २००७ को टि-२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप, २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो भने २०१४ टि-२० विश्वकपमा भने उपविजेता बनेको थियो।

धोनीको बिपरित बिराट कोहली भने दुई वटा आईसीसी प्रतियोगताको फाइनलमा पुगेर चुकेका छन्। यस अघि २०१७ को च्याम्पियन्स ट्रफीमा भारत पाकिस्तानसंग पराजित भएको थियो। २०१९ एकदिवसीय विश्वकपमा भारत न्युजिल्यान्डसंग सेमीफाइनलमा पराजित हुन पुगेको थियो।

धोनीको कप्तानीमा सन् २०१३ को च्याम्पियन्स ट्रफी जितेपछि भारत उपाधि जित्न असफल रहँदै आएको छ। २०१५ र २०१९ को एकदिवसीय विश्वकपमा भारतको यात्रा सेमीफाइनलमा टुंगिएको थियो, २०१४ को टि-२० विश्वकपमा उपविजेता रहेको भारत २०१६ टि-२० विश्वकपको सेमीफाइनलमा पुगेको थियो। २०१७ को च्याम्पियन्स ट्रफीमा भारत उपविजेतामा सिमित रह्यो।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]