भुवनेश्वर र धवन चम्कदा घरमै हार्यो दक्षिण अफ्रिका



  • विकेटनेपाल – ६ फाल्गुन, आइतवार

दक्षिण अफ्रिका बिरुद्दको तिन टि-२० अन्तर्राष्ट्रिय खेलको शृंखलाको पहिलो खेलमा भारतले २८ रनको जित हात पारेको छ। जितसंगै भारतले शृंखलामा १-० को अग्रता बनाएको छ।

भारतले दिएको २०४ रनको लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र जोड्न सक्यो र खेलको नतिजा २८ रनले भारतको पक्षमा सुम्पिन बाध्य भयो।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ७० रन बनाएपनि टोलिलाई जित दिलाउन सकेनन्। आफ्नो टि-२० अन्तर्राष्ट्रिय क्यारियरको पहिलो अर्ध-शतक बनाउने क्रममा हेन्ड्रिक्सले ५० बलमा ८ चौका र १ छक्का सहित ७० रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन। यस्तै फरहान बेहेरदीनले समेत ३९ रनको योगदान गरे। मात्र ४८ रन जोड्दा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाको ब्याटिंगलाई सम्हाल्न बेहेरदीनले हेन्ड्रिक्ससंग चौथो विकेटका लागि ८१ रनको साझेदारी गरे।

तर दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यान चल्न नसक्दा घरेलु टोलि खेल हार्न पुग्यो। भारतको बलिंगमा म्यान अफ दि म्याच भुवनेश्वर कुमारले ५ विकेट हात पारे। आफ्नो टि-२० अन्तर्राष्ट्रिय क्यारियरको उत्कृस्ट बलिंग प्रदर्शन गर्ने क्रममा कुमारले ४ ओभरको स्पेलमा २४ रन खर्चेर ५ विकेट लिए।

योसंगै भुवनेश्वर कुमार टेस्ट, एक दिवसीय र टि-२० अन्तर्राष्ट्रिय गरी तिनवटै फर्म्याटमा ५ विकेट लिने पहिलो भारतीय बलर बने।

यसअघि टस जित्दै घरेलु टोलि दक्षिण अफ्रिकाले फिल्डिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन जोडेको थियो।

भारतले दक्षिण अफ्रिका बिरुद्द टि-२० अन्तर्राष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक बिशाल स्कोर समेत हो। यसअघि सन् २०१५ मा भारतमा नै भएको खेलमा भारतले दक्षिण अफ्रिका बिरुद्द ५ विकेट गुमाएर १९९ रन बनाएको थियो।

भारतको इनिंगमा शिखर धवनले व्यक्तिगत ७२ रनको योगदान गरे। मात्र ३९ बलमा धवनले १० चौका र २ छक्काको सहयोगमा ७२ रन बनाएका थिए।

शिखर धवन

पहिलो विकेटका लागि रोहित शर्मा र शिखर धवनले २१ रनको साझेदारी गर्दै भारतलाई मध्यम सुरुवात दिएका थिए। दोस्रो ओभरको अन्तिम बलमा रोहित (२१) भारतको पहिलो विकेट स्वरूप पभेलियन फर्किएका थिए। उनि डेब्यु बलर जुनियर डालाको शिकार बनेका थिए।

त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका सुरेश रैनाले धवनसंग दोस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए। भारतीय टोलिमा पुनरागमन गरिरहेका रैना १५ रनको निजि स्कोरमा डालाको नै शिकार बनेका थिए। यस्तै भारतको लागि कप्तान विराट कोहलीले २६, महेन्द्र सिंह धोनीले १६ तथा मनिष पाण्डेले अविजित २९, हार्दिक पान्ड्याले अविजित १३ रन जोडेका थिए।

दक्षिण अफ्रिकाका लागि डेब्यु बलर जुनियर डालाले २ विकेट लिएका थिए। यस्तै एन्डीले फेफ्लुक्व्यायो र क्रिस मोर्रिसले समान १-१ विकेट लिएका थिए।

यसअघि सम्पन्न एक दिवसीय शृंखला भारतले ५-१ ले आफ्नो कब्जा गरेको थियो।





थप समाचार

प्रम कप : बागमतीसंग डिफेन्डिङ च्याम्पियन पुलिस स्तब्ध

काठमाडौंमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा विभागीय टोलि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई […]

आर्मीद्वारा कर्णालीलाई १९६ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत तेश्रो दिन समुह ‘ए’ अन्तर्गतको तेश्रो खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा […]

बागमतीसंग पुलिसको लज्जास्पद ब्याटिंग, १११ मै अलआउट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्। […]

प्रम कप : खेलाडी प्रोत्साहन गर्न बागमती प्रदेशद्वारा पुरस्कार घोषणा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बागमती प्रदेशको क्रिकेट टिमलाई प्रोत्साहन गर्न बागमती प्रादेशिक क्रिकेट संघले पुरस्कार घोषणा गरेको […]

एपीएफसंग प्रदेश-१ सहजै पराजित, अविनाशले लिए ५ विकेट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले प्रदेश नम्बर-१ लाई १३५ रन अन्तरले सहजै […]

एपीएफद्वारा प्रदेश-१ लाई मध्यम लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको दोश्रो खेलमा शनिवार नेपाल एपीएफ क्लब र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गरिरहेका […]