सनराइजर्स हैदरावादका सिनियर फास्ट बलर भुवनेश्वर कुमार घाइते भएका कारण लिगबाटै बाहिरिने भएका छन्। ‘थाई मसल इन्जुरी’ का कारण सोमबार उनि लिगबाट बाहिर भएको अधिकारिक घोषणा भएको हो। कुमारले आईपीएल पछि भारतले अस्ट्रेलिया बिरुद्ध खेल्ने सिरिज पनि गुमाउने सम्भावना रहेको बताईएको छ।
“भुवनेश्वर कुमार थाई मसल इन्जुरीको कारण आईपीएलबाट बाहिरिएका छन्। यो दोश्रो वा तेश्रो श्रेणीको इन्जुरी हुँदा कम्तिमा ६ देखि ८ साता उनलाई निको हुन लाग्न सक्नेछ। त्यस कारण उनि भारतले गर्ने अस्ट्रेलिया टुर पनि गुमाउने सम्भावना बढेको छ।” बिसीसीआईका एक अधिकारीले जानकारी गराए।
कुमार अक्टोबर २ मा चेन्नाई बिरुद्धको खेलमा अन्तिम ओभर बलिंग गर्ने क्रममा चोटिल भएका थिए। उनलेमात्र १ बल गरेपछि मैदान बाहिर भएका थिए। खेलमा उनले ३.१ ओभर बलिंग गर्दा २० रन खर्चेर १ विकेट लिएका थिए। कुमारले बलिंग गर्न नसक्दा उनको सट्टा स्पेल खलिल एहमदले पुरा गरेका थिए।
यस अघि सोमबारनै दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्रा पनि औलाको चोटका कारण लिगबाटै बाहिर भएका थिए। मिश्रालाई कोलकाता बिरुद्ध खेलमा बलिंग गर्ने क्रममा बल रोक्न खोज्दा चोट लागेको थियो। यस अघि हैदरावादका अर्का फास्ट बलर मिचेल मार्श पनि बैंगलोर बिरुद्धको पहिलो खेलमा खुट्टाको चोटको कारण प्रतियोगिताबाटै बाहिरिएका थिए। मार्शको प्रतिस्थापनमा टिमले वेस्टइन्डिज क्रिकेटर जेसन होल्डरलाई टिममा भित्र्याएको छ।

कुमार घाइते हुँदा हैदरावादलाई ठूलो झट्का लागेको छ। उनको अनुपस्थितिमा वार्नरलाई स्तरीय डेथ ओभर बलरको कमि हुनेछ।
यो सिजन लिगमा राम्रो प्रदर्शन गरिरहेका कुमारले ७ भन्दा कम प्रतिओभर रन खर्चदै ३ विकेट लिएका थिए। उनि आईपीएल इतिहासकै छैठौं सर्वाधिक विकेटकर्ता समेत हुन् जसले १२१ खेलमा १३६ विकेट लिएका छन्। उनले यस क्रममा २०१६ र २०१७ मा लगातार २ सिजन पर्पल क्याप समेत जितेका थिए।
भुवनेश्वर घाइते भएता पनि युएईमा बस्न सक्नेछन्। भारतीय टिमका फिजियो नितिन पटेल युएईमा बिसीसीआईको मेडिकल टिमको हिस्साको रुपमा रहेका छन्। बिसीसीआईको अनुबन्धमा रहेको खेलाडी हुँदा भुवनेश्वरको उपचारको सम्पूर्ण जिम्मेवारी भारतीय क्रिकेट बोर्डले लिनेछ।
पछिल्लो समय चोटका कारण अधिकांश समय मैदान बाहिर रहेका कुमारले आईपीएलमा कमब्याक गरिरहेका थिए। उनले यो वर्ष सुरुवातमा न्युजिल्यान्ड टुर पनि गुमाएका थिए।
लामो समयको अन्तरालमा खेलाडीहरु मैदान फर्किएको तथा युएईको मैदानको सतह बालुवामा रहेको हुनु लिगमा खेलाडीहरुको चोटको प्रमुख कारण मानिएको छ।
हैदरावादले लिगमा आगामी खेल पन्जाब बिरुद्ध बिहिबार खेल्नेछ। ५ खेल खेल्दा टिमले २ जित र ३ हार बेहोर्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ।
घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो
IPL : ताजा अंकतालिका , पर्पल र अरेन्ज क्यापमा रोचक प्रतिस्पर्धा
“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर
पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने
कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो