हालसम्मकै धेरै पुरस्कार राशीको प्रतियोगिता घोषणा



  • विकेटनेपाल बैशाख २८ -काठमाडौं ।

आगामी जेठ ९ गतेबाट देशकै सर्बाधिक धनराशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगिता २४ गतेसम्म चल्ने छ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने राखेपले जनाएको छ । प्रतियोगिता दुई समुहमा विभाजन लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।

रास्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले गर्नेछ l

प्रतियोगिताको बिजेताले २० लाख र उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५०/५० हजार र उदियमान खेलाडीलाइ २५ हजार रुपैया प्रदान गरिनेछ ।

गत महिना धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग प्रतियोगिताको बिजेता टिमले १५ लाख रुपैया पाएको थियो जुन नेपालको सर्बाधिक धनराशीको प्रतियोगिता थियो l

प्रतियोगिता घोषणा समारोहको भिडियो 





थप समाचार

प्रम कप : खेलाडी प्रोत्साहन गर्न बागमती प्रदेशद्वारा पुरस्कार घोषणा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बागमती प्रदेशको क्रिकेट टिमलाई प्रोत्साहन गर्न बागमती प्रादेशिक क्रिकेट संघले पुरस्कार घोषणा गरेको […]

एपीएफसंग प्रदेश-१ सहजै पराजित, अविनाशले लिए ५ विकेट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले प्रदेश नम्बर-१ लाई १३५ रन अन्तरले सहजै […]

एपीएफद्वारा प्रदेश-१ लाई मध्यम लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको दोश्रो खेलमा शनिवार नेपाल एपीएफ क्लब र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गरिरहेका […]

भण्डारी र पुलामी चम्किदा आर्मीद्वारा गण्डकी सहजै पराजित

विभागीय टोलि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। समुह ‘ए’ अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट […]

बिनोदको शतकमा आर्मीद्वारा गण्डकीलाई कठिन लक्ष्य

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत समुह […]

प्रधानमन्त्री कप आज देखि ( सम्पूर्ण जानकारी )

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता आज देखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता माघ […]