रोमान्चक खेलमा बिराटनगरको जित



  • विकेटनेपाल, पौष ५ – बुधबार

किर्तिपुर मैदानमा आज भएको बिराटनगर वारियर्स र पोखरा राइनोज बिचको रोमान्चक खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले लगातार दोश्रो जित दर्ता गरेको छ ।
स्कोरकार्ड

टस हारेर पहिले ब्याटिंग गरेको शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका ओपनर इन्स्राउल्लाह र सुनिल धमलाले राम्रो सुरुवात दिलाएपनि मध्यक्रमले राम्रो साझेदारी गर्न सकेन । इन्स्राउल्लाहले १६ बलमा १ छक्का र २ चौका सहित २१ रन बनाए भने धमलाले १ चौका र १ छक्काले १८ रन बनाए ।

बिनोद भण्डारी र आसिफ अलि क्रमश ४ र १ रनमा आउट हुदाँ राजेश पुलामीले ३५ बलमा २ चौका र १ छक्का सहित ३० रन बनाए भने कप्तान शक्ति गौचन ५ रन बनाएर आउट भए । सौरव खनाल  र ताज अलिले क्रमश: १६ र १८ रन बनाउदै अविजित रहे ।

बिराटनगरका लागि राम्रो बलिंग परिवर्तनको नमुना प्रस्तुत गरेका कप्तान पारस खड्काले ३ विकेट लिन ४ ओभरमा २८ रन खर्चे । बसन्त रेग्मी र अविनाश कर्णले समान १ विकेट लिन १६/१६ रन खर्चे भने रामनरेश गिरीको नाममा १ विकेट रह्यो ।

करण केसीले गरेको पहिलो इनिंगको अन्तिम बलमा पोखराका ब्याट्सम्यानहरु रन लिने क्रममा पिचमा दौड़ेपछी अम्पाएरले पेनाल्टी स्वरूप बिराटनगरलाई ५ बोनस रन दिएका थिए ।

जवाफमा बिराटनगरले ७ विकेट गुमाउदै २ बल बाकी छँदा लक्ष्य पुरा गर्यो । उसका लागि ओपनर अन्स्युमन राथले ६० रन बनाए भने बाबर   हायातले २२ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न नसकेको खेलमा प्रनित थापाले अन्तिम ३ बलमा चौका सहित ७ रन बनाएपछी बिराटनगरले जित दर्ता गरेको हो ।

पोखराका लागि पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले २ विकेट लिने क्रममा ४ ओभरमा १० रन मात्र खर्चेपनि जितका लागि पर्याप्त हुन सकेन ।

एकातर्फबाट लगातार विकेट झरिरहेको अवस्थामा सम्हाल्लिएर अर्धसतक बनाएका हंगकंगका अन्स्युमन राथ खेलको उत्कृस्ट खेलाडी घोषित भए ।





थप समाचार

T20WC : ‘गर या मर’ को खेलमा बंगलादेशद्वारा ओमान पराजित

सुपर-१२ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगलादेश […]

‘गर या मर’को स्थितिमा रहेको बंगलादेशद्वारा ओमानलाई १५४ रनको लक्ष्य

युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेश र आयोजक ओमान प्रतिस्पर्धा […]

T20WC : बेरिंगटन र डेभि चम्किंदा स्कटल्याण्डले लगातार दोश्रो जित

युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको समुह ‘बि’ अन्तर्गतको खेलमा स्कटल्याण्डले दोश्रो जित […]

टि-२० विश्वकप : कोहलीले बताए आफ्नो ब्याटिंग क्रम

युएई र ओमानमा जारी सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा भारतीय कप्तान बिराट कोहलीले आफ्नो ब्याटिंग क्रम घोषणा गरेका छन्। भारतले विश्वकपको सुपर-१२ […]

प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियाद्वारा न्युजिल्यान्ड ३ विकेटले पराजित

युएई र ओमानमा संयुक्त रुपमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत गय राति सम्पन्न वार्म-अप खेलमा अस्ट्रेलियाले रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई ३ विकेटले […]

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

सप्तरी- राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा […]