के हो बक्सिंग डे टेस्ट



अष्ट्रेलिया र भारतबीच ४ खेलको टेस्ट शृंखला अन्तर्गत दोस्रो टेस्ट डिसेम्बर २६ बाट मेलबर्नमा सुरु हुनेछ। मेलबर्नमा खेलिने दोस्रो टेस्टलाई बक्सिंग-डे टेस्ट नाम दिईएको छ जसको पछाडी इतिहास जोडिएको छ। यो लेखमा बक्सिंग-डे टेस्ट बारे जानकारी दिदैछौं।

के हो बक्सिंग-डे टेस्ट ?

डिसेम्बर २६ अर्थात् क्रिसमस पछिको दिन कमनवेल्थ राष्ट्र अष्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्याण्डमा बक्सिंग डे टेस्ट खेलिन्छ। तर त्यसमध्ये सबैभन्दा चर्चित खेल भने अष्ट्रेलियाको आइकोनिक मेलबर्न क्रिकेट मैदानमा खेलिन्छ।

बक्सिंग डे भन्नाले यहाँ दुई मानिसले एक अर्कालाई मुक्का प्रहार गर्ने अर्थ राख्दैन तर डिसेम्बर २६ लाई बक्सिंग डे टेस्ट भनिनुमा धेरै मान्यताहरु जोडिएको छ।

अक्सफोर्ड डिक्सनरीले यो दिनलाई सन् १८३० संग जोड्दै भनेको छ कि यो छुट्टिको दिन हो जसमा फरक फरक ठाउँमा काम गर्ने मानिसहरुले क्रिसमस बक्स पाउने गर्छन्। बक्सको परम्पराबाट सम्भवतः बक्सिंग डे नाम रहेको हो। अर्को मान्यता अनुसार यो दिनले क्रिसमसको दिन चर्चमा दिईने बक्सहरुलाई इंगित गर्छ। अर्को मान्यता अनुसार क्रिसमसको दिन पनि काम गर्ने नोकरहरु दिईने उपहारको बक्सबाट यो नाम निस्किएको हो जुन क्रिसमसको भोलिपल्टको दिन दिईने गरिन्छ।

बक्सिंग डे टेस्टको जन्म कहिले भयो ?

बक्सिंग डे र क्रिकेटको बारे कुरा गर्ने हो भने यसको १२८ वर्षे लामो इतिहास रहेको छ। १८९२ मा पहिलो बक्सिंग-डे म्याच खेलिएको भनिएको छ जब सेफिल्ड सिल्ड म्याच अन्तर्गत क्रिसमस समयमा भिक्टोरिया र दक्षिण वेल्सले प्रतिस्पर्धा गरेका थिए।  भिक्टोरिया र दक्षिण वेल्सले क्रिसमसको समयमा निरन्तर रुपमा खेलहरु खेलेपछि बक्सिंग डेको स्थापना भएको हो।

भारतले एक पटक मात्र बक्सिंग डे टेस्ट जित दर्ता गर्न सकेको छ

पहिलो अन्तर्राष्ट्रिय बक्सिंग डे म्याच कहिले खेलिएको थियो ?

अष्ट्रेलिया र इंग्ल्याण्डबीच १९५०-५१ एसेस सिरिजमा पहिलो बक्सिंग डे टेस्ट म्याच खेलिएको थियो। त्यस वर्ष मेलबर्न टेस्ट डिसेम्बर २२ र २६ बिच क्रिसमसको दिन खेलिएको थियो। तर १९५२ मा दक्षिण अफ्रिकाले अष्ट्रेलियाको भ्रमण गरे पश्चात १९५३ देखि १९६६ सम्म बक्सिंग डे टेस्ट खेलिएको थिएन। टेस्ट खेलमा बक्सिंग डे १९६७ मा भारतविरुद्ध पुनः डिसेम्बर २३ मा एडिलेडमा खेलिएको थियो।

१९५२ देखि १९८० बिच मेलबर्नमा १९६८, १९७४ र १९७५ मा गरि ४ टेस्ट खेल खेलिएको थियो। यस बाहेक १९६७, १९७२ र १९७६ मा एडिलेडमा बक्सिंग डे टेस्ट म्याच खेलिएको थियो।

क्लाइभ लोयड-लेड वेस्ट इन्डिज र अष्ट्रेलियाबीच  बक्सिंग डे टेस्ट म्याचको पहिलो दिनमा ८५ हजार दर्शकको उपस्थिति थियो भने अष्ट्रेलिया र इंग्ल्याण्डबीच २०१३ मा मेलबर्न क्रिकेट मैदानमा खेलिएको म्याचमा सर्वाधिक ९१,११२ दर्शकको उपस्थिति थियो।

भारतले अष्ट्रेलियाविरुद्ध बक्सिंग डे टेस्ट कति पटक खेलेको छ ? 

भारतले ८ पटक बक्सिंग डे टेस्ट म्याच खेलेको छ। भारतले अष्ट्रेलियामा १९८५, १९९१, १९९९, २००३, २०११, २०१४ र २०१८ मा बक्सिंग डे टेस्ट म्याच खेलेको छ।

अष्ट्रेलिया र भारतबीच बक्सिंग डे म्याचको हेड टु हेड रेकर्ड 

कुल खेल : ८ , अष्ट्रेलिया विजयी : ५ , भारत विजयी : १ , ड्र : २

बक्सिंग डे टेस्टमा भारत बिरुद्ध अस्ट्रेलिया हावी हुँदै आएको छ। तर पछिल्लो पटक २०१८ मा बिराट कोहलीको टिमले घरेलु टिमलाई १३७ रनले पराजित गर्दै इतिहास रचेको थियो।





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]