ओब्रायनको अलराउण्ड प्रदर्शनले काठमाण्डौ क्वालिफायरमा, बाहिरियो बिराटनगर

Kevin O Brian


  • विकेटनेपाल, पौष २ , सोमबार 

बिराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै काठमाण्डौ किंग्स ११ एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-२० को क्वालिफायरमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा काठमाण्डौलाई जित दिलाउन केभिन ओ ब्रायनले अलराउण्ड प्रदर्शन गरे।

जितसंगै काठमाण्डौ अंकतालिकाको शिर्ष दुईमा रहँदै क्वालिफायर प्रवेश गरेको छ भने पराजित डिफेन्डिंग च्याम्पियन बिराटनगर लिग चरणबाट बाहिरिएको हो। ५ खेलमा ४ जित सहित ८ अंक बटुलेको काठमाण्डौले पहिलो क्वालिफायरमा मंगलबार ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ। ललितपुर अंकतालिकाको शिर्ष स्थानमा रहँदै दोस्रो चरण प्रवेश गरेको हो।

यस्तै बिराटनगर पराजित बन्दै प्रतियोगिताबाट बाहिरीएपछि चितवन टाइगर्स भने दोस्रो चरण प्रवेश गरेको छ। बिराटनगरको समान ४ अंक रहेपनि तुलनात्मक रुपमा राम्रो रन रेट (-०.१८५) का कारण चितवन दोस्रो चरण पुग्ने चौथो टोलि बनेको हो। चितवनले अंकतालिकाको तेस्रो स्थानमा रहेको भैरहवा ग्लाडीएटर्ससंग बुधबार एलिमिनेटर खेल खेल्नेछ।

सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा टस हारेर ब्याटिंग गर्दै बिराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाण्डौले १७.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। टोलीको जितमा आयरल्याण्डका स्टार केभिन ओ ब्रायनले अलराउण्ड प्रदर्शन गरे।

खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बिराटनगर वारियर्सले १७.५ ओभर ब्याटिंग गर्दै १० विकेट गुमाएर १००रनको योगफल तयार गरेको थियो।

बिराटनगरका लागि सुमित महर्जनले २५, कप्तान पारस खड्काले २१ तथा हरि बहादुर चौहानले २२ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन। लगातार रुपमा विकेट गुमाएको बिराटनगरले साझेदारी बनाउन नसक्दा ठूलो स्कोर जोड्नबाट चुकेको थियो।

बिराटनगरका लागि सुमित महर्जनले २३ बलमा १ चौका र २ छक्का सहित २५ रन जोडेका थिए। यस्तै हरि चौहानले २३ बलमा ३ चौका सहित २२ रन बनाऊँदा कप्तान पारस खड्का १६ बलमा २ चौका र १ छक्का सहित २१ रनको स्कोरमा पभेलियन फर्किएका थिए।

अनुशासित बलिंग प्रदर्शन गरेको काठमाण्डौका लागि केभिन ओ ब्रायनले सर्वाधिक ३ विकेट चट्काएका थिए। यस्तै प्रदिप साहु, रोहन मुस्तफा र बिक्रम भुसालको नाममा समान २-२ विकेट रह्यो।

आफ्नो ३ ओभरको स्पेलमा १८ रन खर्चिएका केभिनले अनिल साह, हरि चौहान र पुष्प थापाको विकेट हात पारेका थिए। यस्तै प्रदिप साहुले ४ ओभरमा १० रन खर्चिएर पारस खड्का र भेन डर मर्वेको विकेट चट्काए।

जवाफी ब्याटिंगमा उत्रिएको काठमाण्डौको सुरुवात सुखद रहन सकेको थिएन। मात्र ४८ रन जोड्न पहिलो ५ विकेट गुमाएको काठमाण्डौका लागि केभिन ओ ब्रायन र प्रदिप साहुले अविजित ५८ रनको साझेदारी गर्दै टोलीको जित सुनिस्चित गरे।

ओपनर रोहन मुस्ताफा र अमित श्रेष्ठ क्रमश ० र १४  तथा सागर पुन १० रनमा आउट हुँदा टोलीले २४ रन जोड्न ३ विकेट गुमाएको थियो। त्यसपश्चात नरेश बुढाएर (७) र राजु रिजाल (१) समेत छिटै पभेलियन फर्किंदा टोलीले ५ विकेट गुमाउन पुग्यो।

टोलीलाई जित दिलाउन खेलमा प्लेयर अफ दि म्याच समेत चुनिएका केभिन ओ ब्रायनले अविजित ४५ रनको इनिंग खेले। ४३ बलको सामना गरेका केभिनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्का बिदेशी खेलाडी प्रदिप साहु २३ बलमा २१ रन जोडेर अविजित रहे।

बिराटनगरको बलिंगतर्फ पारस खड्का र भेन डर मर्वेले समान २-२ विकेट लिएपनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन। यस्तै रोबिन क्षेत्रिको नाममा १ विकेट रह्यो।

( फोटोहरु – काठमाडौँ किंग्स ११ , फेसबुक )





थप समाचार

ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको […]

ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]

IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ। […]

चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। […]

ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]

IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता […]