क्यानद्वारा २३ पुरुष राष्ट्रिय क्रिकेटर सहित ५० जनाको कोरोना बीमा



नेपाल क्रिकेट संघ क्यानले २३ खेलाडी सहित कुल ५० जनाको कोरोना भाइरस (कोभिड १९) को बीमा गरेको छ । तर यसअघि योजना बनाए अनुसार महिला खेलाडीको बीमा भने हुन सकेन । महिला खेलाडीको बीमा दोस्रो चरणमा गर्ने योजना रहेको क्यानले बनाएको छ ।

क्यानले नयाँ वर्गीकरणमा रहेका २२ जना सहित थप एक जनाको कोरोना बीमा गरेको छ। बीमा गरिएका खेलाडीहरुको सुची क्यानले दिएको छैन।

यस्तै क्यानले २३ जना ग्राउण्ड स्टाफको पनि बीमा गरेको छ । जसमा कीर्तिपुर मैदानमा रहेका १६ जना र सात जना मुलपानी मैदानका कामदार रहेका छन । यस्तै पाँच जना क्यानका कर्मचारीको पनि कोरोना बीमा गरिएको छ ।


तर क्यानले यो चरणमा महिला खेलाडीको भने कोरोना बीमा गर्न सकेन । किनकी महिला खेलाडीको सबै बिबरण हात पार्न नसकेको र खेलाडीलाई सम्पर्क गर्दा कतिसँग सम्पर्क नभएको बताइएको छ । यसअघि क्यानले १८ महिला खेलाडीको पनि कोरोना बीमा गर्ने तयारी गरेको थियो । तर अब महिला खेलाडीको कोरोना बीमा दोस्रो चरणमा गर्ने भएको छ ।

कोभिड-१९ का कारण आईसीसीले नेपालले खेल्ने विश्व कप लिग-२ को खेलहरु यो वर्ष नगर्ने बताए पछि राष्ट्रिय टिमले अभ्यास सुरु गरेको छैन। यस अघि भदौ १ गते बाट अभ्यास सुरु गर्ने बताए पनि आईसीसीको सूचना पछि स्थगित भएको थियो। अब राष्ट्रिय टिमले कहिले अभ्यास सुरु गर्नेछ क्यानले बताएको छैन। नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।

यो पनि पढ्नुस :-

खेलाडीको तलब निकासा गर्न क्यानले आईसीसीलाई खेलाडीहरुको सुची पठायो

२०२० मा नेपालले विश्वकप लिग-२ को खेल नखेल्ने, सर्ने भयो प्रशिक्षण

CPL T20 : सन्दिप सम्मिलित जमैकाको तेश्रो खेल आज क्रिस ग्रिन कप्तानीको गायना बिरुद्ध

#ENGvPAK बटलर र क्रलेको रेकर्ड साझेदारीले पाकिस्तान दबाबमा

अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा

प्रदेश २ का सम्पुर्ण क्रिकेट खेलाडिको कोरोना बिमा

अस्ट्रेलियन पूर्वकप्तान व्हाइटद्वारा सन्यास घोषणा





थप समाचार

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]

महोत्तरीमा अन्तर नगरपालिका क्रिकेट आयोजना हुने

चैत्र २२ गते देखि महोत्तरीमा स्व. विशाल गप्ता एवं स्व. कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको […]