गौतम बुद्ध रंगशालामा क्यान पदाधिकारीहरु, क्यानको बोर्ड बैठक चितवनमा सुरु



नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुको टोलीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको छ । संघका महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह लगायतका पदाधिकारीले निर्माण हुँदै गरेको रंगशालाको निरीक्षण गरेका हुन्।

क्यानका पदाधिकारीले मंगलबार बिहान धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन् । कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको मध्ये २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने रंगशाला नेपालको मौलिकता झल्कने गरी कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ । बोर्ड बैठकको लागि चितवन पुगेका पदाधिकारीले रंगशालाको अवलोकन गरेका हुन् ।

क्यान बोर्ड बैठक सुरु, यस्ता छन् एजेण्डा

क्यानको बोर्ड बैठक चितवनमा बसिरहेको छ । क्यान निर्वाचनको झण्डै एक वर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बसेको हो । बैठकका लागि मुख्य ४ वटा एजेण्डा तय गरिएको छ।

बैठकले संघको आगामी साधारण सभाबारे निर्णय गर्नेछ । कोरोना महामारीका कारण संघको साधारण सभा प्रभावित बन्दै आएको छ । यस्तै, संघको आर्थिक वर्ष २०७१–७२ देखि २०७५–७६ सम्मको आर्थिक लेखापरीक्षण प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने एजेण्डा समेत तय गरिएको छ ।

बैठकमा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भएका पछिल्ला काम कारबाहीबारे जानकारी गराउने र विविध गरी ५ वटा एजेण्डा तय गरिएको छ ।

CAN's board meeting has been going on. We have discussed with Captain Gyanendra Malla regarding the impact of COVID19 and Post COVID plans for the retainment of ODI status.

Posted by Cricket Association of Nepal-CAN on Tuesday, September 22, 2020

राष्ट्रिय खेलकुद परिषद्को कोटामा नेपाल क्रिकेट संघको सदस्यमा मनोनयनमा परेका दुई सदस्य छुम्बी लामा र धर्मराज गिरीलाई औपचारिक रुपमा क्यानमा स्वागत गरिएको छ । चितवनमा जारी कार्यसमितीको बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामा र गिरीलाई आधिकारिक रुपमा स्वागत गर्नुभएको हो । परिषद्ले क्यानको सदस्यमा मनोनयन गरेर पत्र दिएको करिब दुई महिनापछि उनीहरु क्यानमा आधिकारिक रुपमा प्रवेश गरेका हुन ।

उनीहरुको पत्र यसअघि नै क्यानमा पुगेपनि कार्यसमितीको बैठक बस्न नसक्दा त्यसले वैधानिकता पाउन सकेको थिएन । तर मंगलबारको बैठकबाट उनीहरु क्यानको कार्यसमितीमा प्रवेश गरेका छन् ।

( साभार – रेडियो नेपाल। फोटो – अनिल अधिकारी )

धुर्मुस सुन्तली फाउन्डेशनलाई वाग्मती सरकारले ३ करोड दिने

नेपाली टिमको मुख्य प्रशिक्षक सहित १० पदको लागि क्यानद्वारा आवेदन माग

यस कारण जडेजासंग होसियार हुनुपर्छ राजस्थान र स्टिभ स्मिथ

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई