Home - समाचार - क्यानको बिशेष साधारण सभा सुरु

समाचार

क्यानको बिशेष साधारण सभा सुरु

Wicketnepal Staff
Editor
  •  
  •  
  •  
  •  
  •  
  •  

  • विकेटनेपाल, ६ भदौ 

नेपाल क्रिकेट संघ ( क्यान ) को बिशेष साधारण सभा काठमाडौँमा सुरु भएको छ l

काठमाडौँ भिमसेन गोलामा जारि साधारणसभाको एजेन्डा आईसीसीद्वारा गठित सल्लाहकार समितिबाट पास भएको नयाँ बिधान हुनेछ l

आईसीसीको पदाधिकारीहरु साउन पहिलो साता काठमाडौँ आएको बखत सल्लाहकार समितिले बिधानबारे विवाद टुंग्याएपछि साधारण सभालाई जिम्मा लगाएको थियो l

आइसीसीले त्यसबेला विवाद टुंग्याउन भदौ १० सम्मको म्याद दिएको थियो जुन मितिभित्र बिधानको टुंगो नलागे आईसीसीले छुट्टै प्रक्रियामा जाने बताएको थियो l त्यसै हिसाबले महत्वपूर्ण रहेको यो साधारणसभाले बिधानलाई यही अवस्थामा पारित नगरेको खण्डमा आईसीसीले नेपाल क्रिकेट संघको सदस्यता खारेज गर्ने खतरा रहेको छ l

३०१३ साल बैशाखमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो l संघ निलम्बित हुँदै आईसीसीबाट पाउने बजेट रोकिएको छ भने घरेलु क्रिकेट प्रतियोगिता हुन पाएको छैन भने खेलाडीहरुको प्रशिक्षणलाई पनि सिधा असर गरेको छ l

 


  •  
  •  
  •  
  •  
  •  
  •