च्याम्पियन नेपाली टिम आईसीसीको कभरमा



क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले त्रिकोणात्मक सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमको विजयी ट्रफी सहितको फोटो आफ्नो फेसबुक र ट्वीटरको कभर फोटो राखेको छ।

नेपालले नेदरल्याण्डलाई शनिवार १४२ रनको विशाल अन्तरले पराजित गर्दै सिरिजको उपाधि जित्न सफल भएको थियो। नेपालले जितेको यो नै पहिलो टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यस्तै घरेलु भुमिमा जितेको यो नै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हो। सन् २०१० आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ पछि नेपालले घरेलु भूमिमा जितेको ११ वर्ष पछि जितेको यो पहिलो प्रतियोगिता हो।

नेपालको ऐतिहासिक सफलता पछि आईसीसीले फेसबुक र ट्वीटरमा च्याम्पियन नेपाली टिमको कभर फोटो राखेको हो। ‘च्याम्पियन्स’ क्याप्सन लेख्दै आईसीसीले कभर फोटो पोस्ट गरेको छ।

आईसीसीले दोश्रो पटक नेपाली टिमको फोटो आफ्नो कभर फोटोमा राखेको हो।

यस भन्दा अगाडी पहिलो पटक नेपालले २०१८ मार्च १५ को दिन पपुवा न्यु गिनीलाई परजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउदा आईसीसीले नेपालको कभर फोटो राखेको थियो। त्यसपछि दोश्रो पटक नेपालले आफ्नो प्रदर्शनले आईसीसीको ध्यान खिच्न सफल भएको हो।

आईसीसीले आफ्नो कभर फोटोमा प्राय टेस्ट राष्ट्रहरुको खेलाडीहरुको सफलता तथा टेस्ट राष्ट्रहरुको सिरिज या प्रतियोगिता जितको फोटो राख्दै आएको छ।

नेपालको फोटो आईसीसीले कभरमा राख्दा उक्त पोस्टमा नेपाली समर्थकहरुले कमेन्ट गर्दै आईसीसीलाई धन्यवाद दिएका छन् र नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।

प्रतियोगितामा नेपाल, नेदरल्याण्ड र मलेसिया सहभागी रहेका थिए। उपाधि जित्ने क्रममा नेपालले पहिले ब्याटिंग गर्दै दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले ९६ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। प्रतियोगिताको सर्वाधिक रनकर्ता नेपालका ओपनर कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए।

यो पनि पढ्नुस 

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी , बनाए ६ ठुला किर्तिमान

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि





थप समाचार

T20WC : ‘गर या मर’ को खेलमा बंगलादेशद्वारा ओमान पराजित

सुपर-१२ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगलादेश […]

‘गर या मर’को स्थितिमा रहेको बंगलादेशद्वारा ओमानलाई १५४ रनको लक्ष्य

युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेश र आयोजक ओमान प्रतिस्पर्धा […]

T20WC : बेरिंगटन र डेभि चम्किंदा स्कटल्याण्डले लगातार दोश्रो जित

युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको समुह ‘बि’ अन्तर्गतको खेलमा स्कटल्याण्डले दोश्रो जित […]

टि-२० विश्वकप : कोहलीले बताए आफ्नो ब्याटिंग क्रम

युएई र ओमानमा जारी सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा भारतीय कप्तान बिराट कोहलीले आफ्नो ब्याटिंग क्रम घोषणा गरेका छन्। भारतले विश्वकपको सुपर-१२ […]

प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियाद्वारा न्युजिल्यान्ड ३ विकेटले पराजित

युएई र ओमानमा संयुक्त रुपमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत गय राति सम्पन्न वार्म-अप खेलमा अस्ट्रेलियाले रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई ३ विकेटले […]

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

सप्तरी- राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा […]