चण्डीमाल र म्याथुजको शतकपछि भारतको कमब्याक



  • विकेटनेपाल, १८ मङ्सिर  – सोमबार

भारत पहिलो पारि: ५३६/७ पारि घोषणा (कोहली २४३, बिजय १५५, शंदाकान ४/१६७)
श्रीलंका पहिलो पारि: ३५६/९ ( चण्डीमाल १४७*, म्याथुज १११, आश्विन ३/९० ) तेश्रो दिनको समाप्तिमा श्रीलंका १८० रनले पछि

कप्तान दिनेश चण्डीमाल र एन्जेलो म्याथुजले शतकीय इनिंग खेलेपछि टेस्टको तेश्रो दिनको खेल सकिंदा श्रीलंका भारतको पहिलो इनिंगको स्कोर भन्दा १८० रनले पछि रहेको छ।

दिल्लीको फिरोजशाह कोटला मैदानमा जारि तेश्रो टेस्टमा भारतले पहिलो इनिंगमा ५३६/७ को स्थितिमा इनिंग सम्पति घोषणा गरेको थियो। त्यसपछि ब्याटिंग गर्न आएको श्रीलंका दोश्रो दिनको समाप्तिमा १३१/३ को स्थितिमा थियो।

दोश्रो दिन समाप्तिमा ५७ रनमा अविजित रहेका म्याथुजले तेश्रो दिन आठौं टेस्ट शतक पुरा गरे। १११ रनको स्कोरमा आश्विनको बलमा विकेटकिपर रिद्दिमान शाहको हातमा क्याच समातिनु अघि उनले २६८ बलमा २ छक्का र १४ चौका प्रहार गरे।

म्याथुज र चण्डीमालले चौथो विकेटको लागि १८१ रनको साझेदारी गरेका थिए।

करियरको १० औं शतक बनाउने क्रममा उनि दिनको समाप्तिमा १४७ रनमा अविजित छन् जुन क्रममा उनले १८ चौका र १ छक्का प्रहार गरिसकेका छन्।

म्याथुज-चण्डीमाल साझेदारी पछि भने श्रीलंकाले एउटा किनारमा लगातार जसो विकेट गुमाइरह्यो। सदिरा समराबिक्रमाले ३३ रन बनाएर आउट भएपछि श्रीलंकन तल्लोक्रम क्रिजमा जम्न सकेन। फलस्वरुप कुनैबेला २५६/४ को स्थतिमा रहेको श्रीलंकाले दिनको समाप्तिमा ३५६ रनमा ९ विकेट गुमाईसकेको छ।

भारतको लागि रबिचन्द्रन आश्विनले ३ विकेट हात पारिसकेका छन्। यस्तै मोहम्मद शामी, इशान्त शर्मा र रबिन्द्र जडेजाले समान २/२  विकेट आफ्नो नाम गरेका छन्।

यस अघि टस जितेर ब्याटिंग गरेको भारतको लागि पहिलो इनिंगमा कप्तान बिराट कोहलीले दोहोरो शतक  ( २४३ रन ) तथा मुरली विजयले शतकीय ( १५५ रन ) योगदान दिएका थिए।

दुई देश बीच पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले जितेको थियो।

( फोटोहरु – बिसीसीआई )

 





थप समाचार

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]

डेब्युमा हिरान्मयी चम्किंदा नेपालको पहिलो जित

डेब्युमा १५ वर्षीय लेग स्पिनर हिरान्मयी रोयले उत्कृस्ट बलिंग गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले युगान्डा बिरुद्ध पाँच खेलको घरेलु […]

इन्डियन व्हीलचेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी

भारतको दिल्लीमा आगामी महिना जुन २१ देखि २५ तारिखसम्म आयोजना हुने इन्डियन व्हीलचेयर प्रिमियर लिगको तेश्रो संस्करणमा चार जना नेपाली […]

रोहित राष्ट्रिय टिमको उपकप्तान

रास्ट्रिय क्रिकेट टिमका माथिल्लो क्रमका युवा ब्याट्सम्यान रोहित पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले […]

लगातार तेश्रो हार पछि युगान्डालाई सिरिज

लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा […]