धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा दिपेन्द्र चौधरी नियुक्त



  • विकेटनेपाल, जेठ २८ – सोमबार

धनगढी प्रिमियर लिगको आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले नेपालका पुर्व क्रिकेटर दिपेन्द्र चौधरीलाई प्रशिक्षकमा नियुक्त गरेको छ। दिपेन्द्र चौधरीले सन् १९९८ मा पहिलोपल्ट नेपालको लागि खेल्दै १३ बर्ष खेलाडी जीवन बिताएर अन्तिम पटक सन् २०११ मा देशको प्रतिनिधित्व गरेका थिए।

त्यसपछि विभिन्न समयमा प्रशिक्षकको जिम्मेवारी  सम्हालेका चौधरी एसीसीका लेभल ३ प्रशिक्षक हुन्। “राष्ट्रिय टोली बलियो बनाउन ग्रासरुट लेभलको क्रिकेटमा जोड नदिई हुँदैन, त्यसैले विगत देखि नै हामीले ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पुर्याउँदै आएका छौँ । यसै सन्दर्भमा हामीले एसीसीका लेभल थ्री प्रशिक्षक श्री दीपेन्द्र चौधरीलाई धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षका रुपमा धनगढी भित्र्याउँदैछौ।” धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले भने।

चौधरी केहि समय रास्ट्रीय क्रिकेट एकेडेमीको प्रशिक्षकको रुपमा समेत रहेका थिए

डिपिएलमा बिराटनगर किंग्स र ईपिएलमा चितवन टाइगर्सको प्रशिक्षक रहेका उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् भने उनी यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन्। नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए।

सन् २०१२ मा स्थापना भएको एकेडेमीले सुरुवात देखिनै नेपाली क्रिकेटको विकासमा जोड दिँदै आएको छ भने नेपालको घरेलु क्रिकेट ईतिहासमा निजि क्षेत्रबाट आयोजित सर्बाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को दोश्रो संस्करण पनि सफलता पुर्वक सम्पन्न गरिसकेको छ।

“एकेडेमीमा अहिले ९० जना खेलाडीहरु रहेका छन् जसमा २५ जनालाई एकेडेमीले पूर्ण छात्रवृत्तिको ब्यबस्था मिलाएको छ। उनै खेलाडीहरुको स्तर वृद्धि गर्नका लागि अहिले हामीले १ बर्षको सम्झौता गरेका छौँ” शाहीले थपे।





थप समाचार

धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथा सिमेन्टको प्रायोजन

धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नतरु र ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । यसअघि धनगढी क्रिकेट लिगको प्रायोजक […]

बिग ब्यास मेलबर्न डर्वी : वेब्स्टर र हार्वेले विस्फोटक साझेदारी गर्दा रेनिगेड्सद्वारा स्टार्स पराजित

अष्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत बुधबार सम्पन्न ४५ औं खेलमा एरोन फिंच कप्तानीको मेलबर्न रेनिगेड्सले प्रतियोगितामा तेस्रो जित दर्ता […]

आईपीएल : स्मिथलाई फुकुवा गर्दै स्यामसन राजस्थानको कप्तान, रैना चेन्नाईमै रहने

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को पहिलो सिजन २००८ को विजेता राजस्थान रोयल्सले आईपीएल २०२१ अघि आफ्नो कप्तान स्टिभ […]

प्रम कप : आर्मीको लगातार तेश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘ए’ अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई ४ […]

आईपीएल २०२१ : सन्दिपलाई दिल्लीले गर्यो रिलिज

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टिम दिल्ली क्यापिटल्सले आईपीएल २०२१ को अक्सन सुरु हुन १ महिना भन्दा कम […]

प्रम कप : आर्मीको लगातार तेश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘ए’ अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई ४ […]