IPL 2021 : चेन्नाईलाई झट्का, हेजलवुडले नाम फिर्ता लिए



मिचेल मार्श पछि अर्का अस्ट्रेलियन खेलाडी फास्ट बलर जोश हेजलवुडले आईपीएल २०२१ बाट नाम फिर्ता लिएका छन्। आईपीएलको १४ औं सिजन अप्रिल ९ तारिख देखि सुरु हुँदैछ जस अघि चेन्नाईलाई ठूलो झट्का लागेको छ।

३० वर्षीय खेलाडी अघिल्लो वर्ष २०२० अगस्ट देखि यो वर्ष जनवरीसम्म जैव सुरक्षित घेरामा रहेका थिए। अस्ट्रेलियाको व्यस्त अन्तर्राष्ट्रिय खेलतालिकालाई ध्यानमा राखेर अनुभवी खेलाडीले त्यसको लागि मानसिक र शारीरिक रुपमा आफुलाई तयार राख्न आईपीएल नखेल्ने निर्णय लिएका हुन्।

हेजलवुडले आईपीएल २०२० मा चेन्नाई सुपर किंग्सको लागि तिनवटा खेल खेलेका थिए र यो पटक लिगमा सहभागी हुनको लागि अप्रिल १ तारिखमा भारत जाने अपेक्षा गरिएको थियो।

“१० महिना भैसक्यो क्वारेन्टाइन र घेरामा बिभिन्न पटक बसेको, त्यसैले मैले क्रिकेटबाट केहि समय विश्राम लिंदै घरमा केहि समय बिताउने निर्णय लिएको हुँ।” हेजलवुडले बताएका छन्।


“अब हाम्रो लामो अवधि जाडो महिना सुरु हुँदैछ। वेस्टइन्डिजको टुर लामो हुनेवाला छ जसपछि बंगलादेशसंग टि-२० भ्रमण सम्भवतः हुनेछ। त्यसपछि टि-२० वर्ल्डकप र एशेज सिरिज। त्यसैले आगामी १२ महिना निकै ठूलो छ। म अस्ट्रेलियाको लागि मानसिक र शारीरिक रुपमा आफ्नो उत्कृस्ट योगदान दिन चाहन्छु।” उनले थपे।

यस अघि अस्ट्रेलियाका दुई खेलाडी जोश फिलिपे र मिचेल मार्शले आईपीएल २०२१ बाट नाम फिर्ता लिईसकेका छन्।

चेन्नाई सुपर किंग्सले हेजलवुडको प्रतिस्थापनमा खेलाडीको घोषणा गरेको छैन। यो सिजन लुंगी एनगीडीले लिगको सुरुवात खेल खेल्न नपाउने हुँदा चेन्नाईमा स्याम करन र ड्वेन ब्राभो जस्ता विदेशी खेलाडीमा थप दवाव रहेको छ।

चेन्नाई सुपर किंग्स टिम : एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो ✈️, फाफ डु प्लेसिस ✈️, इमरान ताहिर ✈️, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी ✈️, मिशेल स्यान्टनर  ✈️ , रवीन्द्र जडेजा, रुतराज गायकवाड, शार्दुल ठाकुर, स्याम करन ✈️ , आर साई किशोर, रोबिन उथप्पा, क्रिश्नप्पा गोथम , मोइन अलि ✈️ , चेतेश्वर पुजारा, भगत वर्मा , हरि निशान्थ , हरिशंकर रेड्डी

सम्बन्धित 

IPL 2021 : मार्शले नाम फिर्ता लिंदा हैदरावादले भित्र्यायो रोय

IPL : दिल्लीको कप्तानी पन्तलाई





थप समाचार

करनलाई उछिन्दै सन्दिप बने नेपालको सर्वाधिक विकेटकर्ता

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा नेदरल्याण्डसंगको खेलमा ४ विकेट लिंदै नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक […]

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

नेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश […]

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

आईपीएल टिम मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्मालाई दिल्ली क्यापिटल्ससंग मंगलबार राति सम्पन्न खेलमा ‘स्लो ओभर रेट’ कायम गरेकाका कारण १२ […]

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ। […]

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]