EPL : चितवनको लगातार चौंथो जित, पहिलो क्वालीफायर खेल्ने पक्का



ललितपुर पेट्रिएट्सलाई पराजित गर्दै एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टीमा चितवन टाइगर्सले लगातार चौंथो जित दर्ता गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा ललितपुर पेट्रिएट्सले दिएको १०९ रनको लक्ष्य चितवन टाइगर्सले १७.२ ओभरमा ५ विकेट गुमाएर भेटायो।

चितवनको ब्याटिंगमा मोहम्मद शहजादले सर्वाधिक ३५ रन, भिम शार्कीले २७ रन, दिलिप नाथले १६ रन, भिरनदिप सिंहले १३ रन तथा राजेश पुलामीले अविजित ६ रन बनाए। ललितपुरको बलिंगमा अज्मतुल्लाह ओमरजाई ( ४-०-२६-२ ) र रिजन ढकालले ( २-०-११-२ ) ले समान २ विकेट तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १०८ रन बनाएको थियो। ललितपुरको लागि जयकिशन कोल्सवालाले सर्वाधिक ४२ रन, सन्दुन विराक्कोडीले १४, सुर्य त्मंगले अविजित ११ तथा ललित राजबंशीले अविजित ९ रन बनाए। सुरुवाती ४ विकेट २८ रनमा गुमाएपछि कोल्सवालाले एक किनार सम्हालेता पनि अर्को किनारमा ललितपुरले लगातार विकेट गुमाउन पुगेको थियो।

चितवनको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते पेसर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट  लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै १ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। यस्तै करिम जनत ( ४-०-२४-२ ) र सागर ढकालले ( ४-०-१४-२ ) ले समान २ विकेट तथा शाहब आलमले १ विकेट लिए।

लगातार चौंथो जितपछि चितवन टाइगर्स लिग अंकतालिकामा ८ अंक सहित शिर्ष स्थानमा रहेको छ। चितवनले शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने पक्का भएको छ। हार पछि ५ खेलमा मात्र १ जित हात परेको ललितपुर ३ अंक सहित चौंथो स्थानमा छ। ललितपुर प्लेअफ पुग्न अब पाँचौ स्थानमा रहेको काठमाडौँ किंग्स-११ ले सबै खेलमा हार्नुपर्नेछ।





थप समाचार

अन्ततः डीककले मागे माफी- “कसैको अपमान गर्ने उद्देश्य थिएन”

टि-२० विश्वकप अन्तर्गत वेस्टइन्डिज बिरुद्धको खेलमा ‘ब्ल्याक लाइभ म्याटर’ अभियान अन्तर्गत घुंडा टेक्न अस्विकार गर्दै वेस्टइन्डिज बिरुद्धको खेल नखेलेका दक्षिण […]

पाकिस्तानसंग मिल्नेलाई खेलाउन नदिएपछि आईसीसी प्रति न्युजिल्यान्ड प्रशिक्षकको आक्रोश

“निराश” अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले घाइते खेलाडी लकी फर्गुसनको स्थानमा एडम मिल्नेलाई मान्यता नदिएपछि न्युजिल्यान्डका मुख्य प्रशिक्षक […]

T20WC : अस्ट्रेलिया बिरुद्ध कायम रहला श्रीलंकाको जित यात्रा, दुवै टिमको सम्भावित-११

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय […]

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]