प्रम कप बागमती प्रदेश छनोट : चितवनद्वारा ललितपुर १ विकेटले पराजित



प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिता अन्तर्गत दोश्रो दिन दुईवटा खेलहरु सम्पन्न भएका छन् जसमा चितवन र मकवानपुरले जित दर्ता गरेका छन्। चितवनले ललितपुरलाई तथा मकवानपुरले नुवाकोटलाई पराजित गर्यो।

चितवनको १ विकेटको जित

त्रिभुवन युनिभर्सिटी  ( टियु ) क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले ललितपुरलाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो।

ललितपुरले दिएको १९७ रनको लक्ष्य चितवनले ३७.४ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो।

१०९ रनको योगफलमा ८ विकेट गुमाएको चितवनलाई जितको लागि अझै ८८ रन आवस्यक रहेको थियो। सो अवस्थामा छैठौ नम्बरमा ब्याटिंग गरेका प्रतिक श्रेष्ठले दशौँ नम्बरमा ब्याटिंग गरेका गौतम केसीसंग नवौं विकेटको लागि ७६ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याएका थिए। जित्न १२ रन आवस्यक रहंदा गौतम आउट भएपछि प्रतिकले दानिश इकबालसंग टिमलाई जितसम्म पुर्याए।

प्रतिकले अविजित ५७ रन बनाउने क्रममा ८५ बलमा २ चौका र २ छक्का प्रहार गरे। गौतम केसीले २६ बलमा ३ चौका र ६ छक्का मद्दतले ५५ रन बनाए। यस्तै चितवनका ओपनर आकाश थापाले ४० रन बनाए। पहिलो विकेटको लागि आकाशले सुजन चापागाईसंग ३८ रनको साझेदारी गरेका थिए।

ललितपुरको बलिंगमा सुमित झा र बिपिन आचार्यले समान ३ विकेट तथा नन्दन यादब र तिलक राज भण्डारीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुरले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो। ललितपुरओ लागि बिबेक राना मगरले सर्वाधिक ४५, बिपिन आचार्यले ३५ रन, दुर्गेश थापाले २२ तथा अघिल्लो खेलमा दोहोरो शतक बनाएका आदील खानले २१ रन बनाएका थिए। चितवनले ४९ रन अतिरिक्त रनको रुपमा दिएको थियो जसमा ४० रन वाइडमार्फत आएको थियो।

चितवनको बलिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिए। गौतम केसी, दनिश इकबाल र प्रतिक श्रेष्ठले समान १ विकेट लिए।

मकवानपुरद्वारा नुवाकोट पराजित, रामनरेश गिरिको अलराउण्ड प्रदर्शन 

राष्ट्रिय क्रिकेटर रामनरेश गिरिले उत्कृस्ट अलराउण्ड प्रदर्शन गर्दा मकवानपुरले नुवाकोटलाई २१३ रनको विशाल अन्तरले पराजित गर्यो।

मकवानपुरले पहिले ब्याटिंग गर्दै दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा नुवाकोटले ५५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। रामनरेश गिरिले ब्याटिंगमा ४४ रन बनाउनुको साथै बलिंगमा पनि २ विकेट लिए। मकवानपुरको ब्याटिंगमा गौरब खड्काले ६०, बिशाल फुयालले ५४ रन बनाएका थिए भने बलिंगमा सुवर्ण भट्ट र पियुष शर्माले समान ३ विकेट लिए भने रिजन ढकाल र रामनरेश गिरिले समान २ विकेट लिए।

नुवाकोटको बलिंगमा अभिराज यादव, साकार रावत र अनुप श्रेष्ठले समान २ विकेट लिए भने ब्याटिंगमा राजेश रिमालले १५ र प्रमोद रेग्मीले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा चितवन र टियु तथा मकवानपुर र भक्तपुरले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]