“निराशाजनक ! , हामीले सहजै ४ मध्ये ३ खेल जित्न सक्थ्यौ” – के एल राहुल



सुपर ओभरमा दिल्लीसंगको हार पछि पन्जाबले बैंगलोरलाई ९७ रनको विशाल अन्तरको जित दर्ता गर्यो। तेश्रो खेलमा जित नजिक पुगेता पनि राहुल तेवतियाको चमत्कारिक इनिंगले पन्जाब दोश्रो जितबाट थोरैले चुक्यो। चौथो खेलमा मुम्बईसंगको ४८ रनको हार पछि पन्जाब कप्तान केएल राहुलले आफ्नो टिम अघिल्लो २ खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु पर्दा निराश बनाएको बताए।

“निराशाजनक, फेर्कर हेर्दा हामिले ४ मध्ये ३ खेल सहजै जित्न सक्ने थियौं।” ४ मध्ये ३ खेलमा हार पछि राहुलले बताए। “यो खेलमा हामीले केहि गल्ति गर्यौं। अब हामिले बलियो बनेर पुनरागमन गर्नुपर्नेछ।”

राहुलले सुरुवातमा विकेट राम्रो भए पनि पछि सुस्त भएको बताए – “नयाँ बलमा विकेट राम्रो देखिएको थियो तर पछि थाहा छैन किन सुस्त हुँदै गयो।”

मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले १४३ रन मात्र बनाउन सकेको थियो। निकोलस पुरनले ४४, मायाँक अग्रवालले २५ तथा कप्तान राहुलले १७ रन बनाउन सके। राहुल र अग्रवालले ३८ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ ओभरमा अग्रवाललाई बुम्राहले बोल्ड गरेपछि टिमले नियमित अन्तरलमा विकेट गुमाएको थियो। राहुलले टिममा एक जना अतिरिक्त बलर या अलराउण्डरको कमि महसुस गरे –

“एउटा बलर थप्नु राम्रो बिकल्प हुनसक्छ। अथवा एउटा अलराउण्डर जसले ब्याटिंग र बलिंग दुवै गर्न सक्छ। कोचसंग बसेर एउटा अतिरिक्त बलर खेलाउनेमा छलफल गर्नेछौँ।”

सुरुवात राम्रो गरेता पनि डेथ ओभरमा पन्जाबलाई बलरको कमि स्पस्ट देखिएको थियो। १५ ओभरमा १०२/३ को अवस्थाबाट मुम्बईले अन्तिम ५ ओभरमा मात्र १ विकेट गुमाएर ८९ रन बनाएको थियो। त्यसक्रममा अन्तिम ओभरमा स्पिनर कृष्णप्पा गोथमलाई दिनु परेको थियो जसले उक्त ओभरमा २५ रन खर्चिए। १३ ओभर समाप्तिमा शेल्डन कटरेलको ओभर समाप्त भैसकेको थियो। त्यसपछि डेथ ओभरमा जेम्स निशम र मोहम्मद शामी पनि महँगो साबित भए।

पन्जाबले आगामी खेल आइतबार दुबई अन्तर्राष्ट्रिय मैदानमा चेन्नाई सुपर किंग्स बिरुद्ध खेल्नेछ।

पोलार्ड र पान्ड्याले मात्र २३ बलमा ६७ रनको साझेदारी गरेका थिए

जित पछि मुम्बई कप्तान रोहित शर्माले ब्याटिंगमा राम्रो सुरुवात नगरेको तर पन्जाबको बलिंग आक्रमण हेर्दा पछि रन बनाउन सक्ने आंकलन गरेको बताए –

“गजबको जित थियो। हामीले राम्रो सुरुवात गरेनौं तर हामीलाई विश्वास थियो कि पन्जाबको बलिंग आक्रमण बिरुद्ध हामीले अन्त्यमा राम्रो गर्न सक्छौं। २ जना ( पोलार्ड र हार्दिक ) लयमा हुनु राम्रो कुरा हो।”

“पन्जाबको ब्याटिंग लाइन अपको अगाडी बलिंग गर्नु मुस्किल थियो। तर हामीले योजना बनाए अनुसार सुरुवाती विकेट लिन सक्यौं। बलरहरुलाई श्रेय जान्छ।”

रोहितले डेथ ओभर बलिंग सुधार गर्न टिमले छलफल गरेको बताए – “गत खेलमा हामीले डेथ ओभरमा राम्रो गर्न सकेका थियौं। त्यसैले हामीले यसलाई सुधार गर्न छलफल गरेका थियौं। बोल्ट र प्याटीन्सनसंग मैले धेरै खेलेको छैन त्यसैले उनीहरुसंग अलि मुस्किल भयो। उनीहरुलाई थाहा छैन कि म उनीहरुबाट के चाहन्छु र मैले पनि उनीहरुलाई अझ राम्रोसंग चिन्नुपर्नेछ।”

खेलमा रोहितले ४५ बलमा ७० रन बनाएका थिए। “रन बनाउदा खुसि लागेको छ त्यो भन्दा बढी २ अंक पाउनु ठुलो कुरा हो।”

खेलको प्लेयर अफ द म्याच चुनिएका काइरन पोलार्डले अन्तिम ४ ओभरमा जति सक्दो रन बनाउने सोचेको बताए –

“हामीलाई थाहा थियो अन्तिम ४ ओभरमा जति सक्दो धेरै रन बनाउनु पर्छ। बलर हेरेर कति रन बनाउन सकिन्छ निर्णय गरेको हो, १५ रन प्रतिओभर बनाउने सोचपछि आक्रमण सुरु गरे। हार्दिकले पनि गजबको ब्याटिंग गरे र बल देखाए।” पोलार्डले २० बलमा ४ छक्का र ३ चौका मद्दतले ४७ तथा हार्दिकले ११ बलमा ३ चौका र २ छक्का मद्दतले ३० रन बनाएका थिए।

जितपछि अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको मुम्बईले आगामी खेल आइतबार सनराइजर्स हैदरावाद बिरुद्ध खेल्नेछ।

चलेन पन्जाबको ब्याटिंग, सहज जितपछि मुम्बई अंकतालिकाको शिर्षमा

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान

IPL : गत सिजनको तुलनामा बढ्यो आईपीएलको दर्शक