राष्ट्रिय क्रिकेट टिमले लगायो कोरोना बिरुद्धको खोप ( फोटो फिचर सहित )



यही अप्रिल १७ देखि २४ तारिखसम्म ( बैशाख ४ देखि बैशाख ११ गते सम्म ) नेपालमा आयोजना हुने नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले बुधबार कोभिड-१९ बिरुद्धको खोप लगाएका छन्।

सिरिजको लागि बन्द प्रशिक्षकमा रहेका २० जना खेलाडी र फिजिलो सहित कुल २१ जनाले चावहिलस्थित ऊं हस्पिटल एण्ड रिसर्च सेन्टरमा खोप लगाएका हुन्।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित पारस खड्का, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, आरिफ शेख, करण केसी, सुशन भारि, ललित राजबंशी,, अविनाश बोहरा, कमल सिंह ऐरी, कुशल मल्ल, लोकेश बम, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, सन्दिप जोरा, शाहब आलम, आसिफ शेख, पवन सर्राफ र टिमका फिजियो विक्रम न्यौपानेले खोप लगाए।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरले भने गत साता प्रदेश भ्रमणमा जानु अघि खोप लगाइसकेका हुनाले खेलाडीहरुसंग उपस्थित रहेका थिएनन्।

 

नेपाली टोलि हाल त्रिकोणात्मक सिरिजको लागि मुलपानी क्रिकेट मैदानमा अभ्यासरत रहेको छ। टियु मैदान किर्तिपुरमा ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप प्रतियोगिता जारि रहेकोले राष्ट्रिय टिम अभ्यासको लागि मुलपानी पुगेको हो।

नेपाल भ्रमणको लागि नेदरल्याण्डर मलेसियाले १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ। दुवै टिम सिरिज हुनु भन्दा ३-४ दिन अघि नेपाल पुग्ने बताईएको छ। हालसम्म सिरिजको खेलतालिका सार्वजनिक गरिएको छैन।

नेदरल्याण्ड टिम : पिटर सिलर ( कप्तान ) टोबीएस भिसे, बेन कुपर, म्याक्स ओ’ डोड, बास डी लिडे, बिक्रमजित सिंह, स्कट एडवार्ड्स, आर्यन दत्त, फिलिपे बोसेभेन, पल भान मिकीरन, भिभिएन किंग्मा, टोनी स्टाल, सेबास्टिएन ब्राट, जुलिएन डे मे

मलेसिया टिम : एहमद फैज बिन मोहम्मद नुर ( कप्तान ) , भिरनदिप सिंह ( उपकप्तान ) , सयद अजिज बिन सयद मुबारक, शर्भिन मुनिएन्डी, मोहम्मद अनवर बिन अरुदीन, मोहम्मद शफिक बिन मोहम्मद शरिफ, ऐनुल हफिज बिन मोहम्मद यतीम, अमिनुदीन रामली, मुहम्मद अनवर बिन ए रहमान, सयजरुल एजात बिन इदृस, मुहम्मद वफिक इरफान बिन जर्बानी, पभनदिप सिंह, मुहम्मद फित्री बिन मोहम्मद शाम, खिजार हायत दुरानी, धीभेन्द्रन मोगन

नेपालले अन्तिम पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट गत वर्ष फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेलेको थियो। त्यसपछि सोहि वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगितामा नेपाली टिम सहभागी भएको थियो। त्यसपछि घरेलु क्रिकेट प्रतियोगिताहरु सुरु भैसकेको भएता पनि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट भने पहिलो पटक खेल्न लागेको हो।

अर्कोतर्फ नेदरल्याण्ड क्रिकेट टिमले २०१९ नोभेम्बर पछि बल्ल अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। मलेसियाले अन्तिम पटक नेपालसंगै थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगितामा सहभागिता जनाएको थियो।

धेरैले पढेको 

नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा

यो सिजन आईपीएल गुमाउने ४ स्टार खेलाडी

सन्दिपले इंग्ल्यान्डको भाईटालिटि ब्लास्ट टि-२० खेल्ने





थप समाचार

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]