युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार २१ औं खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।
अबुधाबी स्थित शेख जायद स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाउदै चेन्नाईलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कोलकाताको ब्याटिंगमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए जुन क्रममा ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। लिगमा ३६ औं खेल खेलीरहेका उनको यो पाँचौ अर्धशतक हो। त्रिपाठी बाहेक अन्य ब्याट्सम्यानहरुले भने उल्लेख्य योगदान दिन सकेनन्।

त्रिपाठीले सुरुवात देखि एक किनार सम्लाहेर ब्याटिंग गरेता पनि अर्को किनारमा भने निरन्तर विकेट गुमाएको थियो। ३७ रनको ओपनिंग साझेदारी गरेपछि शुबमन गिल ११ रन बनाएर पाँचौ ओभरमा शार्दुल ठाकुरबाट क्याच आउट भए। त्यसपछि नवौं ओभरमा ९ रन बनाएका नितिश राना कर्ण शर्माबाट क्याच आउट भए।
११ औं ओभरमा सुनिल नारायण ( १७ ) लाई कर्णले दोश्रो शिकार बनाए। १४ औं ओभरमा ओएन मोर्गन ( ७ ) को रुपमा स्याम करनले महत्वपूर्ण विकेट दिलाए जो विकेटकिपर धोनीबाट समातिन पुगे। ७०/१ को अवस्थाबाट कोलकाता मोर्गनको विकेट जादा ११४/४ को अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने शिलशिला रोकिएन।
शार्दुल ठाकुरले १६ औं ओभरमा आन्द्रे रसेल ( २ ) को विकेट लिए। त्यसपछि १७ औं ओभरमा त्रिपाठीलाई ड्वेन ब्राभोले वाटसनबाट क्याच आउट गराए। त्यसपछि १९ औं ओभरमा कप्तान दिनेश कार्तिक १२ रन बनाएर आउट भए। प्याट कमिन्सले अविजित १७ रन बनाए जुन क्रममा ९ बलमा १ चौका र १ छक्का प्रहार गरे।

चेन्नाईको बलिंगमा ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३७ रन खर्चिए। तेश्रो विकेट लिएसंगै ब्राभो आईपीएलमा १५० विकेट पुरा गर्ने पाँचौ बलर बनेका छन्। यस अघि लासिथ मालिंगा ( १७० ) , अमित मिश्रा ( १६० ) , पियुष चावला ( १५६ ) र हरभजन सिंह ( १५० ) ले मात्रै १५० विकेट पुरा गर्न सकेका थिए। १३७ औं खेल खेल्ने क्रममा ब्राभोले कोसेढुङ्गा पार गरेका हुन्।
पियुष चावलाको स्थानमा यो सिजन पहिलो पटक मौका पाएका लेग स्पिनर कर्ण शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। शार्दुल ठाकुर ( ४-०-२८-२ ) , स्याम करन ( ४-०-२६-२ ) ले समान २ विकेट लिए। दिपक चाहर ( ४-०-४७-० ) विकेटविहिन रहे। देब्रे हाते स्पिनर रभिन्द्र जडेजाले बलिंग गरेनन्।
५ खेलमा ३ जित र २ हार बेहोरेको चेन्नाई अकंतालिकाको पाचौं स्थानमा छ भने कोलकाता ४ खेलमा समान २ जित र २ हारपछि अंकतालिकाको चौथौं स्थानमा छ।
IPL : अन्तिम-११ मा मौका कुरीरहेका ६ ठूला खेलाडीहरु
‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट
सहज थिएन स्टोक्सको युएई यात्रा
कोहली र ऐयर पछि स्मिथलाई पनि लगाइयो जरिवाना
IPL : पर्पल क्याप रेसमा रबाडालाई बुम्राहको प्रतिस्पर्धा, यस्तो छ अंकतालिकाको अवस्था