रोमान्चक खेलमा हैदरावाद ७ रनले विजयी, चेन्नाईको लगातार तेश्रो हार



१३ औ आईपीएल अन्तर्गत १४ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

चेन्नाईको लागि रभीन्द्र जडेजाले सर्वाधिक ५० रन तथा कप्तान धोनीले अविजित ४७ रन बनाए पनि जितको लागि पर्याप्त भएन।

जडेजाले लिग करियरकै पहिलो अर्धशतक बनाए

लक्ष्य पछ्याउने क्रममा चेन्नाईको सुरुवात नाजुक रह्यो। शेन वाटसन ( १ ) लाई तेश्रो ओभरमा भुवनेश्वर कुमारले बोल्ड गरे। त्यसपछि छैठौं ओभरमा अम्बाति रायडु  ( ८ ) लाई टि नटराजनले बोल्ड गरे। छैठौं ओभरमा फाफ डु प्लेसी रन आउट हुन पुगे जसले १९ बलमा ४ चौका मद्दतले २२ रन बनाएका थिए। त्यसपछि नवौं ओभरमा केदार जाधबलाई ( ३ )  अब्दुल सामदले क्याच आउट गराए।

चेन्नाई ४२/४ को अवस्थामा पुग्यो जसपछि कप्तान महेन्द्र सिंह धोनी र रभीन्द्र जडेजाले विकेट जोगाएर ब्याटिंग गरे। ७२ रनको साझेदारी गरेपछि जडेजालाई टि नटराजनले १८ औं ओभरमा क्याच आउट गराए। यस क्रममा जडेजाले १७४ औं आईपीएल खेल खेल्दा पहिलो अर्धशतक बनाए। उनले ३५ बलमा ५ चौका र २ छक्का मद्दतले ५० रन बनाए। यस अघि उनको सर्वाधिक योगफल ४८ थियो जुन उनले २०१२ मा डेक्कन चार्जर्स बिरुद्ध बनाएका थिए।

जडेजाको विकेट पछि पनि धोनीले खेल जिताउने प्रयास गरे। १९ औं ओभरमा खलिल एहमदको ओभरमा धोनीले १ छक्का र १ चौका प्रहार गरे जुन ओभरमा १६ रन आयो। त्यसपछि अन्तिम ओभरमा २८ रन आवस्यक रह्यो।

धोनीले अविजित ४७ रन बनाए

अन्तिम ओभरको पहिलो बलमा अब्दुल सामदले पहिलो बलमा वाइड दिए जसमा चौका पनि आउदा ५ रन बन्यो। त्यस पछिको बलमा धोनीले २ रन लिए भने लगत्तै बलमा चौका हिर्काए। त्यसपछि को बलमा धोनीले १ रन मात्र लिन सके। त्यसपछिको २ बलमा स्याम करन र धोनीले १/१ रन लिए। अन्तिम बलमा स्याम करनले छक्का प्रहार गरेर हारको अन्तर मात्र कम गरे।

धोनीले ३६ बलमा अविजित ४७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का हिर्काए। करनले ५ बलमा २ छक्का मद्दतले १५ रन बनाए।

हैदरावादको बलिंगमा टि नटराजन ( ४-०-४३-२ ) ले सर्वाधिक २ विकेट लिए। भुवनेश्वर कुमार ( ३.१-०-२०-१ ) र अब्दुल सामद ( ४-०-४१-१ ) ले १/१ विकेट लिए। राशिद खानले विकेट नलिए पनि ४ ओभरमा मात्र १२ रन खर्चिए। भुवनेश्वर कुमार चौथो ओभर गर्ने क्रममा घाइते भए पछि मैदान बाहिरिएका थिए।

नटराजनले २ विकेट लिए

हैदरावादको ब्याटिंग , गर्गको पहिलो अर्धशतक 

यस अघि टस जितेर ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।

हैदरावादको लागि युवा ब्याट्सम्यान प्रियम गर्गले करियरको पहिलो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५१ रन बनाए जुन क्रममा मात्र २६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। अभिषेक शर्माले २४ बलमा ३४ रन ( ४ चौका र १ छक्का ) , मनिष पाण्डेले २१ बलमा २९ रन ( ५ चौका ) तथा कप्तान डेभिड वार्नरले २९ बलमा २८ रन ( ३ चौका ) बनाए।

हैदरावादको सुरुवात राम्रो हुन सकेन। पहिलो ओभरमै राम्रो स्विंग प्राप्त गरेका दिपक चाहरले पछिल्लो खेलमा ५३ रनको बनाएका जोनी बेयरस्टोलाई खाता नखोल्दै बोल्ड गरे। ३ नम्बरमा ब्याटिंग गर्न आएका मनिष पाण्डेले २१ बलमा ५ चौकाको मद्दतमा २९ रन बनाए जुनक्रममा कप्तान वार्नरसँग दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे। पाण्डेलाई जारी सिजन पहिलो खेलमा मौका पाएका शार्दुल ठाकुरले स्याम करनको हातबाट आउट गराए।

प्रियम गर्गले करियरकै पहिलो अर्धशतक बनाए

वार्नरले तेस्रो विकेटका लागि ४ नम्बरमा ब्याटिंग गर्न आएका केन विलियमसनसँग २२ रनको साझेदारी गर्दा हैदराबाद सम्हालिएको थियो। वार्नर २९ बलमा २८ रनको सुस्त पारी खेल्दै ११ औं ओभरमा पियुष चावलाको बलिंगमा फाफ डुप्लेसिसको हातबाट समातिए। लगत्तै सोही ओभरमा प्रियम गर्ग र विलियमसनबिच तालमेल नमिल्दा विलियमसन १३ बलमा ९ रन बनाएर रन आउट भए जसपछि हैदराबाद दबाबमा आएको थियो।

पाचौं विकेटका लागि दुई युवा खेलाडि अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको साझेदारी गर्दै हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। शर्मा २४ बलमा ३१ रन (४ चौका र १ छक्का) बनाएर १८ औं ओभरमा दिपक चहारको शिकार बने। सोहि ओभर लगातार २ बलमा रविन्द्र जडेजा र शार्दुल ठाकुरले सहज क्याच छाडेका थिए।

अन्तिममा प्रियम गर्गले ५१ रनको विस्फोटक अविजित पारी खेल्दै हैदराबादको स्कोर अघि बढाए। उनले ६ चौका र १ छक्का प्रहार गरे।

चेन्नाईको बलिंगमा दिपक चाहरले सर्वाधिक २ विकेट ( ४-०-३१-२ ) लिए।  पियुष चावला ( ३-०-२०-१ )  र शार्दुल ठाकुरले ( ४-०-३२-१ )  समान १ विकेट लिए। ड्वे ब्राभो ( ४-०-२८-० )  , रभीन्द्र जडेजा ( २-०-१६-० ) र स्याम करन ( ३-०-३७-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि हैदरावादमा ४ खेलमा २ जित र २ हार सहित ४ अंक बटुल्दै अंकतालिकामा चौथो स्थानमा पुगेको छ। समान अंक रहेता पनि मुम्बई, दिल्ली, कोलकाता नेट रन रेटको आधारमा क्रमशः पहिलो देखि तेश्रो स्थानमा रहेको छ। राजस्थान र बैंगलोरको पनि समान ४ अंक रहेको छ। हार पछि चेन्नाई भने ४ खेलमा मात्र १ जितको साथ २ अंक सहित पुछारमा रहेको छ। पन्जाबको पनि समान जित र हार पछि २ अंकनै रहेको छ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल आइतबार मुम्बई इन्डीएन्स बिरुद्ध खेल्नेछ। चेन्नाईले पनि आइतबार किंग्स ११ पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ।

भोलि शनिबार २ वटा खेल खेलिनेछन्। पहिलो खेलमा बैंगलोर र राजस्थान ३:४५ बजे बेलुकातथा दोश्रो खेलमा दिल्ली र कोलकाता ७:४५ बजे राति खेलिनेछ।

आफ्नो रेकर्ड टुटेपछि रैनाले दिए धोनीलाई बधाई

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]