“केन हाम्रो ब्यांकर हुन्” वार्नर



आईपीएल २०२० अन्तर्गत इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेपछि सनराइजर्स हैदरावादका कप्तानले खुसि व्यक्त गर्दै जितमा महत्वपूर्ण योगदान दिएका ब्याट्सम्यान केन विलियमसनको तारिफ गरेका छन्।

विलियमसनले शान्त रहँदै जिम्मेवार ब्याटिंग गर्ने क्रममा ४४ बलमा ५० रन बनाएर हैदरावादलाई बैंगलोरले दिएको १३२ रनको लक्ष्यसम्म सुरक्षित रुपमा पुर्याएका थिए। अन्तिम ओभरसम्म पुगेको खेल २ बल बाँकी रहँदै हैदरावादले जितेपछि बैंगलोर प्रतियोगिता बाहिरियो।

“केन हाम्रो ब्यांकर हुन्। उनि उच्चस्तरीय खेलाडी हुन् जसले गहिराइमा पुगेर पनि बाटो पत्ता लगाउने गर्छन्। जब पनि हामि मुस्किलमा हुन्छौ उनि जम्ने गर्छन् र दबाबमा ब्याटिंग गर्ने गर्छन्। उनि धेरै वर्ष देखि न्युजिल्यान्डको लागि यस्तो गर्दै आएका छन्।” वार्नरले खेल पछि प्रतिक्रिया दिने क्रममा बताए।

लक्ष्य पछ्याउने क्रममा एक समय ६७/४ को अवस्थामा बैंगलोर खेलमा हावी भएको थियो। सो अवस्थाबाट विलियमसनले धैर्यतापूर्वक ब्याटिंग गदै जेसन होल्डरसंग ६५ रनको साझेदारी गरेका थिए। विलियमसनले खेल पछि प्रतिक्रिया दिने क्रममा लक्ष्य पछ्याउन सहज नरहेको बताए –

“हेर्नुस, यो मुस्किल खेल थियो। मलाई कहिल्यै लागेको थिएन कि बैंगलोर जस्तो बलियो टिमसंग सहज हुनेछ। पिच पनि लक्ष्य पछ्याउने क्रममा अफ्टेरो खालको थियो।”

विलियमसनले बैंगलोर टिममा दबाब फर्काउनको लागि बाउन्ड्री नआएता पनि स्पिनरहरुलाई १-२ रनको लागि खेल्दै आवस्यक रन गति बढ्न दिएका थिएनन्। उनले ब्याटिंग गर्ने क्रममा युजभेन्द्र चहल र एडम जाम्पालाई विकेट नदिएर ब्याटिंग गरेको बताए –

“उनीहरुलाई त्यो योगफलमा रोक्नु आफैमा चुनौतीपूर्ण काम थियो। त्यसपछि दुईजना विश्वस्तरीय लेग स्पिनर बैंगलोरसंग हुँदा सहज थिएन। क्रिजमा आउदा उनीहरुले स्पेल सुरुवात गर्दै थिए त्यसैले थाहा थियो यो समय काट्नु थियो र उनीहरुले पनि कुनै कसर बाँकी राखेनन्।”

“उनीहरुले निक्रै राम्रो बलिंग गरे र यो राम्रो पक्ष हो कि हामीले उनीहरुको स्पेलको दौरान धेरै विकेट गुमाएनौ। तपाईले आफ्नो जिम्मेवारी पुरा गर्ने कुरा हो। आफ्नो टिमको लागि मैदानको बीचमा समय बिताएर योगदान दिन पाउनु खुसिको कुरा हो।” विलियमसनले बताए।

उनले साथी ब्याट्सम्यान जेसन होल्डरको समेत तारिफ गरे। होल्डरले अन्तिम ओभरमा ९ रन आवस्यक हुँदा होल्डरले तेश्रो र चौथो बलमा नभदिप सैनीलाई लगातार चौका हिर्काउदै खेल जिताएका थिए।

“हामीले राम्रो साझेदारी गर्यौं र अन्तिममा जेसनले केहि सट खेल्दै टिमको विजयी रेखा पार गराउदा गजबको महसुस भएको थियो।”

“होल्डर म भन्दा पनि आरामले ब्याटिंग गरिरहेका थिए, उनि बल र ब्याटबाट राम्रो गरिरहेका छन्। एउटा अल राउण्डरको टिममा जिम्मेवारी त्यही हो जसलाई उनि राम्रोसंग निभाइरहेका छन्।” होल्डरले बलिंगतर्फ ३ विकेट तथा ब्याटिंगमा अविजित २४ रन बनाए।

“हाम्रो लागि पछिल्लो २ हफ्ता रोचक भएको छ, खेलाडीहरुले कठिन मेहनत गरिरहेका छन्।” विलियमसनले बताए।

हैदरावादले अब आगामी खेल दोश्रो क्वालीफायरमा आइतबार दिल्ली क्यापिटल्ससंग फाइनल प्रवेशको लागि खेल्नेछ। दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरिसकेको छ।

वार्नरलाई आउट दिएको निर्णयको कमेन्टेटरले गरे बिरोध ‘यो गलत भयो’

आईपीएल २०२० बाट बाहिरीएपछि कोहलीले के भने

विलियमसन र होल्डर चम्किदा हैदरावादको रोमान्चक जित, बाहिरियो बैंगलोर





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]