युएईमा जारि आईपीएल २०२० अन्तर्गत १७ औं खेलल मुम्बई इन्डीएन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्यो। २०९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।
५ खेल खेल्दा तेश्रो हार पछि हैदरावाद कप्तान डेभिड वार्नरले दोश्रो इनिंगमा विकेट सुस्त भएको बताए- “दुइ अनुभवी बलरले बीचको ओभरमा राम्रो बलिंग गरे। दोश्रो इनिंगमा विकेट सुस्त भयो। २०९ रन बोर्डमा भएपछि हामीले १० रन प्रतिओभर बनाउने प्रयास गरेका थियौं। तर साझेदारी नबन्दा त्यसलाई कायम राख्न सकेनौ।”
वार्नरले ६० रन बनाएता पनि अन्य ब्याट्सम्यानहरुले ठूलो योगफल तथा साझेदारी बनाउन सकेका थिएनन्। उनले बलरहरुले सहि लेन्थमा बलिंग गर्न नसकेको बताए – “भुवनेश्वर नहुँदा २ नयाँ खेलाडीले मौका पाए। अन्तिममा ७-८ वटा फुल टस बल मैले गन्न भ्याए।” भुवनेश्वर पछिल्लो खेलमा चेन्नाई बिरुद्ध घाइते भएका थिए।
अन्तिम ओभर बलिंग गरेका सिद्धार्थ कुलले २१ रन दिने क्रममा ओभरमा ३ वटा फुल टस बल गरेका थिए जसको क्रुनाल पान्ड्याले फाइदा उठाउदै मात्र ४ बलमा २० रन बनाएका थिए। टि नटराजन र सन्दिप शर्माले पनि त्यस अघि फुल टस बल गरेका थिए जसमा ब्याट्सम्यानले ठूलो सट खेलेका थिए।

जितपछि मुम्बई कप्तान रोहित शर्माले पनि विकेट सुस्त भएको स्वीकार गरे- “विकेट राम्रो देखिएको थियो तर थोरै सुस्त थियो जसमा २०० रन बनाउनु उत्कृस्ट काम थियो। हामीले यतिनै योगफल बनाउने भनेर सोचेका थिएनौ।”
रोहितले टिमका आक्रामक ब्याट्सम्यानहरुको तारिफ गरे – “हामिसंग ३ वटा पावर हिटर हुनु गजबको कुरा हो। आज क्रुनालले पनि आफ्नो महत्व देखाए।”
मुम्बईको ब्याटिंगमा क्विन्टन डीककले सर्वाधिक ३९ बलमा ६७ बनाएका थिए। अन्तिममा हार्दिक पान्ड्याले १९ बलमा २८, काइरन पोलार्डले १३ बलमा २५ तथा क्रुनाल पान्ड्याले ४ बलमा २० रन बनाउदै टिमको योगफल २ सय पार गराएका थिए।
२८ रन खर्चेर २ विकेट लिंदै खेलको प्लेयर अफ द म्याच चुनिएका फास्ट बलर ट्रेन्ट बोल्टले केन विलियमसनको विकेट दुर्लभ भएको बताए। न्युजिल्यान्डका आफ्ना कप्तान विलियमसनलाई उनले गति परिवर्तन गरेर विकेटकिपरबाट क्याच आउट गराएका थिए –
“म स्विंगको लागि जनिने गर्छु नयाँ बलमा स्लो बलको लागि जनिने गर्दिन। मैले नेटमा बलिंग गर्दा केनको विकेट धेरै लिएको छैन। उनको विकेट लिंदा मजा लग्यो। मैले विविधता र एंगलको प्रयोग गरे।”
८ विकेट लिंदै बोल्ट लिगको सर्वाधिक विकेटकर्ताको संख्यामा संयुक्त रुपमा युजभेन्द्र चहल, मोहम्मद शामी, कागीसो रबाडासंगै रहेका छन्। उत्कृस्ट एभरेज भएका कारण पर्पल क्याप भने बैंगलोर लेग स्पिनर चहलको नाममा रहेको छ।
५ खेलमा ३ जित र २ हार पछि ६ अंक बटुल्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा दिल्ली र बैंगलोर दोश्रो र तेश्रो स्थानमा रहेको छ। हारपछि हैदरावाद ५ खेलमा २ जित र ३ हार पछि ४ अंक सहित छैठौं स्थानमा रहेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान चौथो र पाँचौ स्थानमा रहेको छ।
मुम्बईले आगामी खेल मंगलबार राजस्थानसंग खेल्नेछ। हैदरावादले बिहिबार पन्जाब बिरुद्ध खेल्नेछ।
हैदरावादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्षमा
कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो
‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत
आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क
दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष