दिल्ली कप्तान ऐयरले बताए पन्जाबसंग हारको कारण



शिखर धवनको उत्कृस्ट शतकको बाबजुद पन्जाबसंग ५ विकेटको हार बेहोरेपछि दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले टिमको पराजयको कारण बताएका हुन्।

कप्तान ऐयरले टिमले धवनको उत्कृस्ट ब्याटिंगका बाबजुद योगफल १० रन कम बनाएको बताए  – “हामीले १० रन कम बनायौं। शिखरले उत्कृस्ट ब्याटिंग गरे त्यो सकरात्मक पक्ष हो। तुषारले धेरै रन खर्च गरे। तर म पक्का छ उनले पुनरागमन गर्नेछन्। हामीले फिल्डिंगमा पनि राम्रो गर्न सकेनौं।” ऐयरले खेल पछि कुराकानीको क्रममा बताए।

सुरुवातमा ठूलो योगफलतर्फ गैरहेको देखिएता पनि मोहम्मद शामीले उत्कृस्ट बलिंग गर्दा दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन मात्र बनाउन सकेको थियो। शामीले १८ औं र २० औं ओभरमा बलिंग गर्दै क्रमशः ६ र ७ रन मात्र खर्चेका थिए।

ऐयरले खेलको पाँचौ ओभरमा पन्जाबले लय पाएको नत्र त्यसबाहेक आफ्नो टिमले पुनरागमन गरेर १९ औं ओभरसम्म खेल पुर्याउन सकेको बताए –

“म कसैलाई दोष दिन चाहन्न तर तपाईले पावरप्लेको पाँचौ ओभर हेर्नु भयो भने त्यो ओभरले पन्जाबले लय पायो। त्यसपछि हामीले राम्रो पुनरागमन गरेर खेल अन्तिमसम्म लग्यौं। त्यो बाहेक हामीले केहि क्याच र रन आउट पनि छोड्यौ।” पाँचौ ओभरमा दिल्ली पेसर तुषार देशपाण्डेलाई क्रिस गेलले ३ चौका र २ छक्का हिर्काउदै ओभरमा २६ रन बटुलेका थिए। उक्त ओभरपछि पन्जाबको आवस्यक रन गति ह्वात्तै घटेको थियो।

“राम्रो कुरा यो हो कि केटाहरु अर्को खेलको लागि उर्जावान रहेका छन्। हामीले उत्कृस्ट खेल्न सकेनौं तर म निश्चित छु कि अर्को खेलमा गर्नेछौँ।” ऐयरले बताए।

लगातार २ शतक बनाउदै नयाँ कीर्तिमान बनाएका शिखर धवनको इनिंगबारे बोल्दै ऐयरले धवनले विकेट बुझेर ब्याटिंग गरेको बताए – “शिखरले विकेट राम्रोसंग बुझेर ब्याटिंग गरे। उनले पहिलो बल देखि कडा हिर्काए र युवा ब्याट्सम्यानहरुलाई विकेट सुस्त रहेको सन्देश दिए। अरुले भन्दा उनले परिस्थिति छिट्टै बुझे र जुन परिपक्वताले इनिंगलाई बढाउदै लगे त्यो हेर्नलायक थियो।”

जितपछि पन्जाब कप्तान केएल राहुलले १९ औं ओभरमा खेल सकिएकोमा खुसि व्यक्त गरे तर क्रिजमा जमेका ब्याट्सम्यानहरुले खेल अन्तिमसम्म लग्न नसक्नु कमजोर भएको औल्याए -“यो राम्रो कुरा हो कि हामीले खेल १९ औं ओभरमा सक्यौं। विकेटमा जमेको ब्याट्सम्यानले खेल समाप्त गर्नुपर्छ। शिर्ष-४ मध्येका एक ब्याट्सम्यानले त्यो काम गर्नुपर्थ्यो। यो कुरामा हामीले सुधार गर्नुपर्छ।” अर्धशतक बनाएपछि निकोलस पुरन तथा त्यसपछि ग्लेन म्याक्सवेल ३२ रन बनाएर खेल समाप्त नगरी आउट भएका थिए।  यस्तै कारणले पन्जाबको यस अघि दिल्लीसंगको लिगको पहिलो खेल तथा अघिल्लो खेलमा मुम्बईसंगको खेल सुपर ओभरमा पुगेको थियो।

राहुलले डेथ ओभरमा शामी र अर्शदिपको बलिंगको तारिफ गरे “उनीहरुले राम्रो बलिंग गर्दै आइरहेका छन्। शामीले गत खेलबाट धेरै आत्मविश्वास पाएका छन्। अर्शदिप पनि २ ओभर पावरप्ले र डेथमा १ ओभर बलिंग गरे जसमा उनले ६ वटै योर्कर फाले।” दिल्लीको इनिंगको अन्तिम ३ ओभरमा पन्जाबले मात्र २५ रन खर्चेको थियो।

ऐयरले मुम्बई बिरुद्ध २ वटा सुपर ओभरमा जितेको खेलपछि आफू निदाउन नसकेको बताए – “अन्तिम २ खेलमा हामीले टेबलको उत्कृस्ट टिमलाई कसरी हराउने बहस गरेका थियौं। म अन्तिम खेलपछि निदाउन सकेको थिईन। हामीले त्यो खेल सुपर ओभरमा जानु अघि सकाउनु पर्थ्यो।”

“अब हामीले एक पटकमा एउटा खेललाई लिनुपर्छ र यही लयलाई कायम राख्नुपर्छ।”

खेलको प्लेयर अफ द म्याच चुनिएका शिखर धवनले हारले टिमको मनोबल कमजोर नभएको प्रतिक्रिया दिए – “यो हारले हाम्रो मनोबल कमजोर भएको छैन। हामि अझ बलियो पुनरागमन गर्ने प्रयास गर्नेछौं। हामीले छलफल गर्नेछौँ कि के कुरा सुधार गर्न सकिन्छ। हामि नियमित रुपमा राम्रो खेलीरहेका छौँ।” धवन लिग इतिहासमै लगातार २ शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

प्लेयर अफ द म्याच घोषित भएपछि कुराकानी गर्ने क्रममा धवनले आफूलाई उक्त रेकर्ड बारे थाहा नभएको बताए – “मलाई थाहा छैन ( रेकर्ड बारे सोध्दा धवनले बताए )। मलाई याद छ मैले टेस्ट डेब्यु गर्दा म यस्तै लयमा रन बनाइरहेको थिए। खेल अघि मैले राम्रोसंग आराम गरे र खेलको लागि ताजा थिए।”

पन्जाबको जितमा आक्रामक अर्धशतक बनाउदै अहम योगदान दिएका निकोलस पुरनले अन्तिमसम्म ब्याटिंग गर्न नपाएकोमा निराशा व्यक्त गरे –

“गजबको खेल। धन्न हामीले खेललाई फेरी अन्तिम ओभरसम्म लिएर गएनौं। मैले सुरुवात राम्रो गरेता पनि खेललाई अन्त्य गर्न सकिन जसकारण म निराश छु। म प्राकृतिक रुपमा आक्रामक खेलाडी हुँ , मसंग आत्मविश्वास छ र बल राम्रोसंग हिर्काइरहेको छु। हामीले खेल जित्ने पर्छ र ‘टिक’ लगाउदै जानु पर्छ।” पुरनले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका थिए।

जितपछि १० खेलमा ४ जित र ६ हार बेहोर्दै ८ अंक बटुल्दै पन्जाब पाँचौ स्थानमा प्रवेश गरेको छ। समान जित र हार बेहोरेको राजस्थान नेट रन रेटमा पछि पर्दै छैठौं स्थानमा झरेको छ। समान ६ अंक रहेको हैदरावाद, र चेन्नाई क्रमश सातौँ र आठौँ स्थानमा रहेका छन्। हारपछि पनि दिल्ली अंकतालिकाको शिर्षस्थानमा रहेको छ। १० खेलमा दिल्लीको ७ जित र ३ हार पछि १४ अंक रहेको छ। मुम्बई र राजस्थान १२ अंक बटुल्दै दोश्रो र तेश्रो स्थानमा छ। कोलकाता १० अंक सहित चौथो स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा दिल्लीले पनि सोहि दिन कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ।

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

हारका बाबजुद कीर्तिमानी ब्याट्सम्यान धवन बने ‘प्लेयर अफ द म्याच’

पुरनले आक्रामक अर्धशतक बनाउदा दिल्लीलाई पराजित गर्दै पन्जाब पाँचौ स्थानमा उक्लियो

युवा खेलाडीबारे धोनीको प्रतिक्रिया पछि चर्को आलोचना 

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा