सनराइजर्स हैदरावादसंग ८८ रनको विशाल हारसंगै दिल्लीले लगातार तेश्रो खेलमा हार बेहोरेको छ। प्लेअफ पुग्ने १ मात्र जित आवस्यक रहेको बेला दिल्लीको पर्खाइ लम्बिएको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको हैदरावादले २१९ रनको विशाल योगफल तयार गरेपछि प्रतिउत्तरमा दिल्लीले १३१ रन मात्र बनाउन सक्यो। हारपछि दिल्ली अंकतालिकामा तेश्रो स्थानमा झरेको छ भने हैदरावाद छैठौं स्थानमा उक्लदै प्लेअफ सम्भावना कायमै राखेको छ।
हार पछि दिल्ली कप्तान श्रेयस ऐयरले सुरुवाती ६ ओभरमा ७० रन दिंदानै खेलमा टिम पछि परेको बताए –
“हामीले पावरप्लेमै खेल गुमाइसकेका थियौं। जसरि उनीहरुले हाम्रो बलरहरुलाई आक्रमण गरे र पहिलो ६ ओभरमा ७० रन बन्यो त्यो तारिफयोग्य थियो। उनीहरुको सुरुवातले खेलको लय उनीहरुतर्फ गयो जसपछि २१९ रन बनाउनु निकै तारिफयोग्य थियो।”
टस हारेर ब्याटिंग गर्ने क्रममा हैदरावाद ओपनर डेभिड वार्नर र रिद्दीमान शाहले पहिलो विकेटको लागि १०७ रन जोडेका थिए। यस क्रममा पहिलो ६ ओभरमा हैदरावादले ७७ रन बनाएको थियो जुन यो सिजनकै पहिलो ६ ओभरमा बनेको सर्वाधिक रन हो।
“यो अवस्य पनि ठुलो हार हो जसपछि त्यसैले अब हामीलाई बाँकी २ खेल अत्यन्त महत्वपूर्ण रहेको छ। लगातार हारले हामीलाई दबाबमा ल्याएको छ। हार पछि पनि खेलाडीहरु बिचलित छैनन् र यो हारले हामीलाई प्रोत्साहन दिनेछ। एउटा टिमको रुपमा हामीले राम्रो गर्दै आएका छौँ त्यसैले पहिल्लो हारहरुलाई टाउकोमा चढाउनु हुँदैन।”

ऐयरले पिचले गरेको व्यवहारलाई पनि दोष दिएका छन् – “विकेट लगातार परिवर्तन भैरहेको छ त्यसैले अनुमान गर्न कठिन भइरहेको छ। त्यसैले टस हार्नु बरु राम्रो कुरा हो। म पहिले ब्याटिंग र बलिंग रोज्नेमा दोधारमा थिए, दुर्भाग्यवस मैले टस जिते ( हाँसो सहित )।”
“हामीलाई लागेको थियो शितले खेलमा ठुलो भूमिका खेल्नेछ तर बल रोकिएर आइरहेको थियो। त्यसैले राम्रो सुरुवात गर्न निकै कठिन थियो।”
“हामीले बिपक्षी ब्याट्सम्यानहरु बारे धेरै छलफल गरेर योजना बनाएका थियौं तर मैदान भित्र हामीले राम्रो गर्न सकेनौ।”
“लिगमा कुनै पनि टिमले कुनै पनि टिमलाई आश्चर्य दिन सक्छ, सबै टिमहरु बराबरीका छन् त्यसैले कसैलाई पनि कम आँक्न हुँदैन। हामि सकारात्मक र मानसिक रुपमा बलियो हुनुपर्छ।”
दिल्लीले मुम्बई बिरुद्ध शनिवार तथा बैंगलोर बिरुद्ध सोमबार आगामी खेल खेल्ने तालिका रहेको छ। ऐयरले दुवै टिम राम्रो भएको बताउदै आगामी खेलमा जित्ने आत्मविश्वास व्यक्त गरे –
“अगाडी मुम्बई र बैंगलोर राम्रो टिमहरु छन्। बैंगलोरलाई १ पटक हामीले पराजित गरेका छौँ र मुम्बई बिरुद्ध जित्न बाँकी रहेको छ। दुवै टिम बिरुद्ध राम्रो प्रतिस्पर्धा हुनेछ जसमा हामि उत्कृस्ट जित दर्ता गर्ने छौँ।”
जितपछि ११ खेमा ५ जित र ७ हार पछि १० अंक बटुल्दै हैदरावाद छैठौं स्थानमा उक्लेको छ। राजस्थान समान अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै सातौँ स्थानमा झरेको छ। हैदरावादले प्ले-अफ सम्भावना कायमै राखेको छ। अब बाँकी दुवै खेल जितेको खण्डमा हैदरावादको सम्भावना रहन्छ तर त्यसको लागि अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ।
हारपछि दिल्ली ११ खेलमा ७ जित र ५ हार पछि तेश्रो स्थानमा पुगेको छ। समान १४ अंक रहेको मुम्बई र बैंगलोर नेट रन रेटमा अघि रहँदै पहिलो र दोश्रो स्थानमा रहेका छन्। बाँकी २ खेलमा दिल्लीले १ जित हात पारे पनि प्लेअफ पक्का गर्नेछ। दुवै खेल हारेको खण्डमा पनि अन्य टिमको नतिजाको आधारमा दिल्लीको भाग्य निर्धारण हुनेछ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल दिल्ली बिरुद्ध शनिवार तथा सोहि दिन हैदरावादले बैंगलोरसंग प्रतिस्पर्धा गर्नेछ।
राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित
IPL : पन्जाब प्ले-अफको कति नजिक ? कुन टिमको प्ले-अफ समीकरण के छ
चेन्नाई सीईओको ठूलो घोषणा : धोनीलेनै आईपीएल २०२१ मा चेन्नाईको नेतृत्व गर्ने
“कोहि पनि हार्न चाहदैन तर सबै विजेता हुँदैनन्” चेन्नाईलाई समर्पित गर्दै धोनी पत्नी साक्षीको कविता