IPL Match2 : स्टोइनिसको विस्फोटक अर्धशतक, दिल्लीले बनायो १५७



१३ औं आईपीएल टि-२० दोश्रो दिन लिगको दोश्रो खेलमा श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। खेलमा टस जितेर पन्जाबले दिल्लीलाई पहिले ब्याटिंगको निम्तो दिएको छ।

दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाउदै पन्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाए जुन क्रममा मात्र २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। उनले मात्र २० बलमा अर्धशतक पुरा गरेका थिए। कप्तान श्रेयस ऐयरले ३९ ( ३२ बलमा ३ छक्का ) तथा रिशभ पन्तले ३१ ( २९ बलमा ४ चौका ) प्रहार गरे। ३ जना ब्याट्सम्यानले बाहेक दिल्लीका अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१७ ओभरमा १००/६ को अवस्थाबाट स्टोइनिसले आक्रामक ब्याटिंग गर्दा टिमले अन्तिम ३ ओभरमा ५७ रन बनाएको हो। स्टोइनिसले १९ औं ओभरमा शेल्डन कटरेलको ओभरमा ३ चौका प्रहार गर्दै १४ रन तथा अन्तिम ओभरमा क्रिस जोर्डनको ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै कुल २५ रन बनाए।

कमजोर सुरुवात गरेको दिल्लीले पहिलो ३ विकेट १३ रनको योगफलमै गुमाएको थियो। दोश्रो ओभरमा शिखर धवन खाता नखोली रन आउट भए। त्यसपछि तेश्रो ओभरमा मोहम्मद शामीले पृथ्वी शा ( ५ ) र शिमरन हेटमायर ( ७ ) लाई क्याच आउट गराए। पावरप्लेमा दिल्लीले ३ विकेट गुमाएर २३ रन मात्र बनाउन सकेको थियो।

मोहम्मद शामीले मात्र १५ रन खर्चेर ३ विकेट लिए

चौथो विकेटको लागि कप्तान श्रेयस ऐयर र रिशभ पन्तले ७३ रनको साझेदारी गरे। १४ औं ओभरमा पन्त ( ३१ ) लाई डेब्यु गरिरहेका लेग स्पिनर रभी बिस्नोइले क्याच आउट गरे भने लगत्तै ओभरमा शामीले ऐयर ( ३९ ) लाई क्याच आउट गराए। अक्षर पटेल ( ६ रन )  लाई कटरेलले क्याच आउट गराए। दिल्ली १६.१ ओभरमा ९६/६ को अवस्थामा पुग्यो।

त्यसपछि छैठौं नम्बरमा आएका मार्कस स्टोइनिसले आक्रामक ब्याटिंग गर्दै टिमलाई प्रतिस्पर्धात्मक योगफल तिर डोर्याए।

पन्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए। शेल्डन कटरेलले २ विकेट ( ४-०-२४-२ ) , डेब्यु गरिरहेका लेग स्पिनर रभी बिस्नोइले १ विकेट ( ४-०-२२-१ )

लिगको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। पन्जाब भने लिग चरणमा छैठौं स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रहेको थियो। गत सिजन दिल्लीले पन्जाबलाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा पराजित भएको थियो।

यो पनि पढ्नुस :-

IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण

अधिकांश ठूला भारतीय मिडियाको सम्भावित-११ मा सन्दिप, मिश्रा बाहिर

IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष

IPL : १०० औं जितपछि धोनीले भने – ‘अनुभव काम आयो’