टस हारेर दिल्लीले ब्याटिंग गर्ने, यस्तो छ दुवै टिमको अन्तिम-११



युएईमा जारी १३ औं आईपिएल अन्तर्गत सोमबार १९ औं खेलमा श्रेयस ऐयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्सले बिराट कोहलीको कप्तानिमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। समान ४ खेल खेलेको दुबै टोलि ३ जित र १ हारपछि नेट रन रेटको आधारमा दिल्ली दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। दुबै टोलि आजको खेलमा जित हात पार्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छन्।

टस जितेर बैंगलोरले बलिंग रोज्यो 

खेलमा टस जितेर बैंगलोर कप्तान बिराट कोहलीले फिल्डिंग गर्ने निर्णय लिंदै दिल्लीलाई ब्याटिंग गर्ने निम्तो दिएका छन्।

बैंगलोरले अन्तिम ११मा २ वटा परिवर्तन गर्ने क्रममा एडम जम्पालाई बाहिर राखेर इंग्ल्यान्ड अलराउण्डर मोइन अलिलाई मौका दिएको छ। यस्तै गुरकिरत सिंहको स्थानमा मोहम्मद सिराजलाई खेलाएको छ।

बैंगलोरको अन्तिम ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, मोहम्मद सिराज , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, मोइन अलि , युझभेन्द्र चहल, नभदिप सैनी

अमित मिश्राको स्थानमा अक्षर पटेल खेल्ने

दिल्लीले घाइते भएपछि प्रतियोगिताबाट बाहिरिएका लेग स्पिनर अमित मिश्राको स्थानमा देब्रे हाते स्पिनर अक्षर पटेललाई मौका दिएको छ। नेपाली स्पिनर सन्दिप लामिछानेले मौका पाउन अझै कुर्नु पर्ने भएको छ।

दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमाएर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल

घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो

दिल्ली पेसर नोर्कियाको विश्वास – “बैंगलोरलाई परास्त गर्नेछौँ”

IPL : ताजा अंकतालिका , पर्पल र अरेन्ज क्यापमा रोचक प्रतिस्पर्धा

“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर

पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]