चर्चित कमेन्टेटर तथा पूर्व क्रिकेटर डीन जोन्सको निधन, क्रिकेट जगतनै शोकमा



आईपीएल टि-२० मा कमेन्टेटरको भूमिका निभाइरहेका पूर्व अस्ट्रेलियन क्रिकेटर डीन जोन्सको निधन भएको छ। एकदिवसीय क्रिकेटका क्रान्तिकारी ब्याट्सम्यान मानिने जोन्सको ५९ वर्षको उमेरमा मुम्बईमा हृदयघातका कारण निधन भएको हो। उनि मुम्बईको स्टुडियो मार्फत आईपीएलको लागि काम गरिरहेका थिए।


जोन्सले एकदिवसीय क्रिकेटमा खुट्टाको प्रयोग गर्दै आक्रामक ब्याटिंग गर्ने गर्थे भने विकेटको बीचमा निकै छिटो दौडने गर्थे। उनलाई एलेन बोर्डर पछि अस्ट्रेलियाको क्रिकेटमा क्रान्तिकारी ब्याट्सम्यान मानिन्थ्यो। ८० र ९० को दशकको सुरुवातमा उनलाई विश्वकै उत्कृस्ट ब्याट्सम्यानहरुको सूचीमा राखिन्थ्यो। उनि स्पिन र पेस बलिंग दुवैबिरुद्ध उत्कृस्ट ब्याटिंग गर्न सक्थे। यस्तै उनको फिल्डिंग पनि उत्कृस्ट रहेको थियो।

१९८७ को विश्वकपमा अस्ट्रेलिया विजयी हुँदा उनि टिमको सदस्य रहेका थिए जुन प्रतियोगितामा आठौँ सर्वाधिक रन बनाउने क्रममा ८ खेलमा ४४.८५ को औशत र ७७.७२ को स्ट्राइक रेटले ३१४ रन बनाएका थिए।

एकदिवसीय क्रिकेटमा उनले ४४.६१ को उत्कृस्ट औशतमा उनले १६४ खेलमा ६,०६८ रन बनाएका थिए। त्यस क्रममा उनले ७ शतक र ४६ अर्धशतक प्रहार गरेका थिए। वानडेमा मात्रै हैन जोन्सले टेस्ट क्रिकेटमा पनि ५२ टेस्टमा ४६.५५ को औशतले ३,६३१ रन बनाएका थिए जसमा ११ शतक सामेल छ।

उनले अस्ट्रेलियाको लागि १९८४ मा टेस्ट डेब्यु गरेका थिए भने १९९४ मा अन्तिम खेल खेलेका थिए। त्यसपछि उनले प्रशिक्षक र कमेन्टेटरको रुपमा लामो समय काम गरे। पाकिस्तान सुपर लिगको उपाधि २०१६ मा इश्लामवाद युनाइटेडले जित्दा उनि टिमको प्रशिक्षक रहेका थिए। ३ सिजनमा प्रशिक्षक रहंदा उनले टिमलाई २ वटा उपाधि जिताए।

कमेन्टेटको रुपमा उनि चर्चित रहे जसको उत्कृस्ट विश्लेषण क्षमताको कारण उनलाई ‘द प्रोफेसर’ को नामले चिनिने गरिन्थ्यो। तर उनि विवाद मुक्त भने रहन सकेनन्। २००६ मा उनले दक्षिण अफ्रिकी क्रिकेटर हासिम अमलालाई आतंकवादी भनेपछि उनलाई कमेन्टेटरबाट हटाइएको थियो।

उनको निधन पछि क्रिकेट जगत शोकमा रहेको छ 

 

‘रोहित आईपीएलको दोश्रो उत्कृस्ट कप्तान’ – सेहवाग

IPL : चलेन कोलकाताको ब्याटिंग, मुम्बई अंकतालिकाको शिर्षमा

IPL 2020 : राजस्थान रोयल्सलाई राहतको खबर

IPL कुन सिजन कुन टिमले जितेको थियो

IPL : हैदरावादलाई झट्का ! लिगबाट बाहिरिए मार्श, प्रतिस्थापनमा खेलाडी घोषणा





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]