प्रशिक्षक पोन्टिङले बताए दिल्लीको पहिलो हारको कारण



आईपीएल २०२० अन्तर्गत दिल्ली क्यापिटल्सले हैदरावादसंग १५ रनको हार बेहोर्यो। १६४ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १४७/७ मात्र बनाउन सक्यो। महत्वपूर्ण समयमा नियमित अन्तरलमा विकेट गुमाएपछि दिल्लीले सिजनको पहिलो हार बेहोर्न पुग्यो।

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले हैदरावादले दिल्लीलाई पूर्णत पाखा लगाएको स्वीकार गरे। उनले खेलमा हैदरावादले आफ्नो योजनाहरु आफ्नो टिमले भन्दा राम्रोसंग लागु गरेको बताए –

“मलाई लाग्दैन परिस्थिति दुइ टिमको लागि फरक थियो। मैदानको चौडाईतर्फ बाउन्ड्री ठूलो थियो। तर दिनको अन्तिममा हामीलाई हैदरावादले पूर्णत पाखा लगायो। हामीले हाम्रो उत्कृष्ट भन्दा थोरै कम प्रदर्शन गर्यौं।”

“हैदरावादको माथिल्लो क्रममा राम्रो साझेदारी गर्यो र स्ट्राइक राम्रो परिवर्तन गर्यो जसमध्ये केहिले ठूलो स्कोर पनि बनाए। खेलमा त्यही फरक थियो।” पोन्टिङले खेल पछि अनलाइन पत्रकार सम्मेलनमा बताए।

दिल्लीका ब्याट्सम्यानहरुले ठूलो स्कोर बनाउन सकेनन्

दिल्लीको माथिल्लो क्रमका ब्याट्सम्यानहरुको प्रदर्शनको बारेमा पोन्टिङले बताए- “हाम्रो एक जना मात्र ब्याट्सम्यानले ६०-७० रन बनाएको भए हामीले सम्भवत जित्ने थियौं।” दिल्लीको लागि शिखर धवनले सर्वाधिक ३४ , रिशभ पन्तले २८, शिमरन हेटमायरले २१ रन बनाए। कुनै पनि ब्याट्सम्यानले राम्रो सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन्।

दिल्लीले टस जितेर लक्ष्य पछ्याउने निर्णय गरेको थियो तर ऐयरले खेल पछि दोश्रो इनिंगमा विकेटले दोहोरो व्यवहार गरेको बताए। पोन्टिङले भने दिल्लीले ब्याटिंग गर्दै परिस्थिति अझ राम्रो भएको विश्वास गरे –

“विकेट राम्रो देखिएको थियो। नयाँ बल हामीले देख्यौं कि धेरै बाउन्स थिएन। वार्नर र बेयरस्टोले उक्त परिस्थितिमा सुरुवातमा राम्रो ब्याटिंग गरे। उनीहरुले चाहिएको बेला बाउन्ड्री हिर्काए। १ रन २ रन निकै राम्रोसंग लिए।”

“विकेट थोरै दोश्रो इनिंगमा राम्रो भएको जस्तो लाग्छ, टस जितेर लक्ष्य पछ्याउने निर्णय गरेर पनि त्यो हाम्रो लागि दुर्भाग्य रह्यो। मैदानमा सित हुने अनुमान गरेका थियौं र खेल पछि हिड्दा पनि सित थियो, त्यसैले हामीले बहाना बनाउने कुनै कुरा छैन। हामी पराजित भयौं।”

पोन्टिङले आफ्नो पेसर कागीसो रबाडाको तारिफ गरे जसले फर्म निरन्तर राख्ने क्रममा २ विकेट लिए।

“उनि उत्कृस्ट ब्याट्सम्यानहरुलाई बलिंग गर्न मन पराउने गर्छन। आज उनले उत्कृस्ट प्रदर्शन गरे।”

प्रशिक्षक पोन्टिङले हैदरावादका स्पिनर अभिषेक शर्मालाई आक्रमण गर्ने योजना बनाए पनि त्यो असफल भएको बताए –

“हामि अभिषेक शर्मालाई टार्गेट गर्ने योजनामा थियौं जो बच्न सफल भए। राशिदले श्रेयस ऐयरलाई आउट गरे जसले गर्दा अभिषेकले नयाँ ब्याट्सम्यानलाई बलिंग गर्न पाए। उनको तेश्रो र चौथो ओभर हामीले टार्गेट गर्यौं तर हामीले चाहे जस्ती रन बनाउन सकेनौ। खेल त्यसपछि हाम्रो हातबाट निस्कन थाल्यो।” पोन्टिङले बताए।

“उनीहरुले हामीले भन्दा राम्रो योर्कर पनि फाले”

हार पछि दिल्ली ३ खेलमा २ जित र १ हार पछि अंकतालिकामा दोश्रो स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि राजस्थान नेट रन रेटमा १ मात्र अपराजित टिमको रुपमा शिर्ष स्थानमा रहेको छ। बैंगलोर ४ अंक सहित तेश्रो स्थानमा छ।

लिग अन्तर्गत दिल्लीले आगामी खेल कोलकाता नाइट राइडरस बिरुद्ध अक्टोबर ३ ( शनिवार ) खेल्नेछ।

स्वर्गीय आमालाई राशिदले सम्झिए – “जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड 

राशिद चम्किदा हैदरावादको पहिलो जित, दिल्लीको पहिलो हार

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

“मात्र ६ बलको कुरा थियो, उनि ( इशान किशन ) ब्याटिंग गर्न जानुपर्थ्यो” – गावस्कर