IPL : पृथ्वी शको अर्धशतक, दिल्लीद्वारा चेन्नाईलाई १७६ रनको लक्ष्य



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत सातौँ खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाउदै चेन्नाईलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि ओपनर पृथ्वी शले लिगमा पाँचौ अर्धशतक बनाउने क्रममा सर्वाधिक ६४ रन बनाए। ४३ बलमा दायाँ हाते ब्याट्सम्यानले ९ चौका र १ छक्का प्रहार गरे। यस्तै रिशभ पन्तले अविजित २५ बलमा ३७ ( ६ चौका )  शिखर धवनले २७ बलमा ३५ ( ३ चौका र १ छक्का ) , श्रेयस ऐयरले २२ बलमा २६ ( १ चौका ) तथा मार्कस स्टोनिसले अविजित ५ रन बनाए।

पृथ्वी शले सर्वाधिक ६४ रन बनाए।

राम्रो सुरुवात गरेको दिल्लीको लागि ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटको लागि ९४ रनको साझेदारी गरे। ११ र १३ औं ओभरमा धवन र पृथ्वीलाई लेग स्पिनर पियुष चावलाले पेभेलियन फर्काए। धवन एलबिडब्लु तथा पृथ्वी स्टम्प आउट भए। त्यसपछि तेश्रो नम्बरमा आएका रिशभ पन्त र कप्तान श्रेयस ऐयरले तेश्रो विकेटको लागि ५८ रनको साझेदारी गरे। १९ औं ओभरमा ऐयरलाई स्याम करनले धोनीबाट क्याच आउट गराए। त्यसपछि रिशभ पन्त र स्टोइनिस अन्तिमसम्म क्रिजमा रहे।

चेन्नाईको बलिंगमा लेग स्पिनर पियुष चावलाले सर्वाधिक २ विकेट ( ४-०-३३-२ ) तथा स्याम करनले १ विकेट ( ४-०-२७-१ ) लिए। जोश हेजलवुड ( ४-०-२८-० ) , दिपक चाहर ( ४-०-३८-० ) र रभीन्द्र जडेजा ( ४-०-४४-० ) विकेटविहिन रहे।

पियुष चावलाले २ विकेट लिए

सन्दिपले पाएनन् मौका : पहिलो खेलमा पन्जाब बिरुद्ध मौका नपाएका सन्दिपले दोश्रो खेलमा रभीचन्द्रन आश्विन घाइते हुँदा मौका पाउने आशा नेपाली फ्यानहरुले गरेका थिए। आश्विनको पहिको खेलमा पन्जाब बिरुद्ध घाइते भएका थिए। तर भारतीय स्पिनरको सट्टा टिमले भेट्रान लेग स्पिनर अमित मिश्रालाई मौका दिएको छ। कप्तान ऐयरले आश्विन २-३ खेल अझै खेल्न मुस्किल हुने बताएका छन्।  टिमले ४ जना विदेशी खेलाडीको रुपमा शिमरन हेटमायर, मार्कस स्टोइनिस, कागीसो रबाडा र एनरिक नोर्कियालाईनै निरन्तरता दिएको छ। मोहित शर्माको स्थानमा आभेस खानलाई खेलाइएको छ। चेन्नाईले जोश हेजलवुडलाई टिममा मौका दिएको छ भने लुंगी एनगीडीलाई बाहिर राखेको छ।

लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गर्दा दोश्रो खेलमा राजस्थानसंग १६ रनले पराजित भएको थियो। दिल्लीले पहिलो खेलमा किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। लिग इतिहासमा दुई टिमले एकअर्कासंग हालसम्म २१ खेल खेलेका छन् जसमध्ये चेन्नाई १५ तथा दिल्ली ६ पटक विजयी भएको छ। अन्तिम पटक २०१९ मा चेन्नाईले दिल्लीलाई दोश्रो क्वालीफायरमा ६ विकेटले पराजित गरेको थियो।

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

बिराट र अनुष्काबारे कमेन्ट गर्दा गावस्कर विवादमा

आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने

ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]