IPL : मुम्बई बिरुद्ध जितपछि धोनीले बनाए ठूलो कीर्तिमान



इन्डीएन प्रिमियर लिग ( आईपीएल ) टि-२० को पहिलो खेलमा चेन्नाई सुपर किंग्सले डिफेन्डिङ च्यापियन मुम्बई इन्डीएन्सलाई ५ विकेटले पराजित गर्यो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले ५ विकेट गुमाएर १९.२ ओभरमा पुरा गरेको हो। जितमा अम्बाती रायडुले ७१, फाफ डु प्लेसिसले अविजित ५८ रन बनाए भने बलिंगमा लुंगी एनगीडीले ३ तथा दिपक चाहर र रभिन्द्र जडेजालले समान २/२ विकेट लिए।

धोनीको ठूलो कीर्तिमान

जित सहित चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले लिगमा ठूलो कीर्तिमान आफ्नो नाम गरेका छन्। मुम्बई बिरुद्धको जित धोनीको आईपीएलमा चेन्नाई सुपर किंग्सको कप्तानी गर्ने क्रममा १०० औं जित हो। आईपीएलमा कुनै पनि कप्तानले एउटै टिमको लागि १०० खेल जिताएको यो पहिलो पटक हो।

पहिलो सिजन २००८ देखि कप्तानी गरेका धोनीले चेन्नाईको लागि १६१ औं खेलमा कप्तानी गर्ने क्रममा १०० जित र ६० हार बेहोरेका छन् भने १ खेल नतिजा विहिन रहेको थियो। आईपीएलमा भने धोनीले कुल १७५ खेलमा कप्तानी गर्दा १०५ जित दिलाएका छन्। १०० जित दर्ता गर्ने पनि उनि पहिलो कप्तान हुन्। चेन्नाईलाई २ वर्षको प्रतिबन्ध हुँदा धोनीले पुने सुपर जायन्टको कप्तानी गरेका थिए जुन क्रममा ५ खेल जितेका थिए।

धोनीपछि दोश्रो धेरै आईपीएलमा जित दिलाउने कप्तान गौतम गम्भीर हुन् जसले १२९ खेलमा ७१ जित दिलाएका थिए। बिराट कोहलीको कप्तानीमा बैंगलोरले ११० खेलमा ४९ जित र ५५ हार बेहोरेको छ। यस्तै रोहित शर्माले १०५ खेलमा मुम्बईलाई ६० खेल जिताउदा ४३ हार बेहोरेका छन्। धोनी, गम्भीर, कोहली र रोहित बाहेक अन्य कप्तानले आईपीएलमा १०० खेल कप्तानी गरेका छैनन्।

धोनीले लिगमा कुल १९२ खेल खेल्ने क्रममा ४,४३२ रन बनाएका छन् जुन लिगमै सातौँ सर्वाधिक रन हो। यस क्रममा उनले २३ अर्धशतक बनाउन सकेका छन् र ४२.२० को औशतमा रन बनाएका छन्। यस्तै धोनी लिग इतिहासको तेश्रो सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन्। धोनीले कुल २०९ छक्का हिर्काएका छन् जो अघि क्रिस गेल ( ३२६ ) र ए बि डी भिल्लीयर्स ( २१२ ) रहेका छन्।

यो पनि पढ्नुस :-

IPL : रायडु र डु प्लेसिस चम्किदा चेन्नाईको पहिलो जित

IPL : टसको क्रममा धोनीको मजाक, सोधे – ‘स्लिप राख्न पाइन्छ?’

चर्चित प्रस्तोता मयान्ति यो सिजन आईपीएलको हिस्सा नहुने, कारण यस्तो

३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा





थप समाचार

पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा […]

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]

प्रम कप : सुरजको कप्तानीमा प्रदेश-२ को टिम घोषणा

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश-२ ले टिम सार्वजनिक गरेको छ। सुरज प्रसाद कुर्मीले कप्तानी गर्ने टिममा […]

बिग ब्यास मेलबर्न डर्वी : रेनिगेड्सलाई सहजै हराउँदै स्टार्स अंकतालिकाको तेस्रो स्थानमा

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ४२ औं खेलमा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले एरोन […]

प्रम कप : आर्मीको दोश्रो जित

कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ। […]