अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीको सन्यास घोषणा



भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेका छन्।

२०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध सेमीफाइनल खेलमा अन्तिम पटक भारतको जर्सीमा देखिएका धोनी अब भारतीय जर्सीमा नदेखिने भएका छन्। अन्तिम खेलमा धोनीले ७२ बलमा ५० रन बनाएका थिए।

भारतलाई सन् २००७ को टि-२० विश्वकप तथा २०११ मा एकदिवसीय विश्वकप जिताएका धोनी भारतको सबैभन्दा सफल कप्तान हुन्। उनले भारतलाई टेस्ट वरियतामा नम्बर १ स्थानमा तथा २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफीको समेत उपाधि दिलाएका थिए। यस्तै उनले २०१० र २०१६ मा एसिया कप पनि जिताएका थिए। धोनी आईसीसीको सबै ट्रफी जित्ने विश्वकै एक मात्र कप्तान हुन्।

युएईमा सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएलमा चेन्नाईको लागि खेल्ने तयारी गरिरहेका धोनीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन्। यस अघि उनले टेस्ट क्रिकेटबाट पनि सन् २०१४ मा अप्रत्यासित रुपमा सन्यास घोषणा गरेका थिए। टेस्ट पछि धोनीले २०१७ मा एकदिवसीय क्रिकेट टिमको कप्तानीको जिम्मेवारी पनि बिराट कोहलीलाई सुम्पेका थिए।

धोनीले अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध खेलेका थिए

३९ वर्ष ३९ दिन उमेरका धोनीले भारतको लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। यस क्रममा उनले टेस्टमा ६ शतक र ३३ अर्धशतक मद्दतले ४,८७६ रन , एकदिवसीयमा १० शतक र ७३ अर्धशतक मद्दतले १०,७७३ रन तथा टि-२० मा २ अर्धशतक मद्दतले १६१७ रन बनाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६८ खेलमा धोनीले अविजित रहँदै खेल जिताएका थिए जुन विश्वरेकर्ड हो।

आफ्नो करियरमा म्याच फिनिसर तथा उत्कृस्ट विकेटकिपरको रुपमा चर्चित धोनीले सन् २००४ मा बंगलादेश बिरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।

धोनीले सन् २००८ र २००९ मा आईसीसी वर्ष उत्कृस्ट खेलाडी घोषित भएका थिए। लगातार २ वर्ष यो अवार्ड जित्ने उनि पहिलो क्रिकेटर हुन्।

यो पनि पढ्नुस :-

चेन्नाईका ब्याटिंग कोच हसीले बताए, आईपीएलमा धोनीको ब्याटिंग नम्बर कुन हुनसक्नेछ

‘जबसम्म टिमको छिटो दगुर्ने खेलाडीलाई हराउछु तबसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा योग्य मान्छु’- धोनी  

सिपिएल टि-२० : कस्तो छ सन्दिपको टिम जमैका





थप समाचार

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]