“सहज त्यति सहज छैन जस्तो सुनिन्छ” धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो



शिखर धवनको आईपीएल २०२० मा सुरुवात सुस्त रह्यो जसले सुरुवाती खेलहरुमा २०-३० रनको योगफललाई ठुलो योगफलमा परिणत गर्न सकेका थिएनन्। यस्तै उनको स्ट्राइक रेट समेत सुरुवाती खेलहरुमा कम रहेको थियो। त्यसपछि धवनलाई अजिंके रहानेले प्रतिस्थापन गर्नुपर्छ भन्ने सुझावहरु समेत आउन थालेको थियो। तर सबै आंकलनलाई गलत सावित गर्दै धवनले युएईमा शानदार प्रदर्शन गरेका छन्।

पछिल्लो ४ खेलमा धवनले २ वटा शतक र २ वटा अर्धशतक बनाएका छन्। उनि आईपीएल इतिहासमै लगातार २ शतक बनाउने पहिलो खेलाडी समेत बन्ने क्रममा पन्जाब बिरुद्ध खेलमा १०६ रन बनाएका थिए।

भर्खरै समाचार संस्था एएनआईसंग कुराकानीको क्रममा धवनले कसरि मुख्य प्रशिक्षक रिकी पोन्टिङसंगको कुराकानीले आफुमा आत्मविश्वास फर्केको खुलासा गरेका छन् –

“रिकी भाईले मलाई बताउनु भएको थियो कि म राम्रो ब्याटिंग गरिरहेको छु र मलाई थाहा पनि छ मैले अझ तेज गतिमा खेल्नु पर्छ। मैले त्यो बारे वहाँसंग कुराकानी गरे। म २०-३० रनमा पनि खुसि थिए किनकि त्यसले टिममा महत्व राखेको थियो।”

“टि-२० क्रिकेटमा तपाईले बनाउनु भएको ३० रनले खेलमा कति महत्व राख्छ महत्वपूर्ण भन्ने कुरा महत्वपूर्ण कुरा हो। म सोचीरहेको थिए म ओपनरको रुपमा भूमिका निभाइरहेको थिए। जब मैले ५० रन बनाए तब ममा आत्मविश्वास पलायो र भगवानको कृपाले मैले शतक प्रहार गर्न सके।” ३४ वर्षीय बायाँ हाते ब्याट्सम्यान धवनले बताए।

धवन लिग इतिहासमै लगातार २ खेलमा शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्

“मैले शतकको बारेमा धेरै सोचे भने ममा अतिरिक्त भार थपिन्छ। मेरो सोच यही हो कि जाने र आफ्नो उत्कृस्ट दिने। मैले मेरो उत्कृस्ट खेले भने नतिजाले मलाई पछ्याउने हो। त्यो कुराले मलाई मानसिक रुपमा हल्का बनाउछ। मैले मेरो अपेक्षालाई किन थोपर्ने ?” धवनले थपे।

“सिजनको पहिलो केहि खेलहरु हेर्दा मसंग अर्धशतक थिएन भने ५०० रन त परको कुरा थियो। म पछिल्लो केहि सिजनमा ५ सय बढी रन बनाइरहेको थिए त्यसैले परिस्थितिलाई दबाबको रुपमा लिनु भन्दा यसलाई सकरात्मक रुपमा हेरे र सोचे त्यो पुरा भयो भने ठिकै छ नत्र म टिमको लागि उत्कृस्ट दिने प्रयास गर्छु।”

“कुराहरुलाई सामान्य रुपमा लिएर अनुशाशित हुनु मेरो सोच हो। सहज त्यति सहज छैन जस्तो सुनिन्छ, तर तपाई मानसिक रुपमा बलियो हुनुपर्छ।” धवनले सकाए।

जारि सिजन धवनले १० खेलमा ४६५ रन बनाएका छन् जुन क्रममा ६६.४२ को औशत र १४९.०३ को स्ट्राइक रेट रहेको छ। उनि अरेन्ज क्याप दौडमा केएल राहुल ( ५४० रन ) पछि दोश्रो स्थानमा रहेका छन्। लिग इतिहासमा धवनले १६९ खेल खेल्ने क्रममा ५,०४४ रन बनाएका छन् जो बिराट कोहली ( ५,७७७ ) , सुरेश रैना ( ५३६८ ) र रोहित शर्मा ( ५१५८ ) पछि तेश्रो सर्वाधिक रनकर्ता हुन्।

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

“पक्कै पिंडा हुन्छ” धोनीले बताए लिगमा खराब प्रदर्शनको कारण

इतिहासमै पहिलो पटक चेन्नाई १० विकेटले पराजित, मुम्बई पुनः शिर्षमा