कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”



राजस्थान बिरुद्ध शनिवार ७ विकेटको जित दिलाउने क्रममा ए बि डी भिल्लीयर्सले मुस्किल अवस्थामा मात्र २२ बलमा ५५ रन बनाए। १ चौका र ६ छक्का हिर्काएका डी भिल्लीयर्सले अन्तिम २ ओभरमा ३५ रन आवस्यक हुँदा जयदेव उनदकतले गरेको १९ औं ओभरमा ३ छक्का र १ चौका प्रहार गरे भने अन्तिम ओभरमा ३ बलमा ५ रन आवस्यक हुँदा छक्का हिर्काउदै टिमलाई मुस्किल अवस्थाबाट शानदार जित दिलाए। फलस्वरुप राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले २ बल बाँकी छदै पुरा गर्यो।

खेलपछि बैंगलोर कप्तान बिराट कोहलीले डी भिल्लीयर्सको निकै तारिफ गरे- “लक्ष्य पछ्याउदा सधै तनाव हुने गर्छ, तपाईलाई थाहा हुँदैन एबिले कति बल खेल्न पाउछन्। कुन बलर हो उनले मतलब गर्दैन, उनले जे काम गर्नुपर्ने हो गरेर देखाए। एबिले छिट्टै खेलको परिस्थिलाई बुझेर त्यसमा ढलीहाले। गुरकिरतले उनलाई राम्रो साथ दिए र विकेटमा जमीरहे।”

कोहलीले डी भिल्लीयर्स आईपीएलकै सबैभन्दा प्रभावकारी खेलाडी भएको बताए – “मेरो आँखामा डी भिल्लीयर्स आईपीएलकै सबैभन्दा प्रभावकारी खेलाडी हुन्। यदी उनि चले भने बिपक्षी टिमको निकै कम सम्भावना हुनेगर्छ। डी भिल्लीयर्सको उपस्थितिले टिमले जित्ने सम्भावना रहीरहन्छ।”

खेलको प्लेयर अफ द म्याच चुनिएका डी भिल्लीयर्सले खेल जिताउन पाउदा निकै खुसि लागेको र ब्याटिंग गर्ने क्रममा नर्भस भएको प्रतिक्रिया दिए –

“म निकै खुसि छु। हामीले बलिंगमा १५-२० रन बढी दियौं। चहलले बिरलै गर्ने नो बल गरे जसले गर्दा रन बढी बन्यो। तर बिराट र मैले कुरा गरेका थियौं कि साझेदारी बनाउदै अघि बढ्नुपर्छ।”

“म धेरै नर्भस थिए चेज गर्दा , म पनि अरु खेलाडी जस्तै तनावमा हुन्छु । म टिमको लागि प्रदर्शन गर्न चाहन्छु र मालिकलाई देखाउन चाहन्छु कि म यहाँ राम्रो कारणले छु। मेरो परिवार, फ्यान र आफ्नै लागि। अघिल्लो खेलमा मैले जिम्मेवारी पुरा गर्न सकेको थिईन। तर, आज मैले गरे। यो मुसा बिरालोको खेल जस्तै हो।”

डी भिल्लीयर्सले उनदकतको महँगो ओभरबारे बताए – “म बलरलाई सम्मान गर्नेगर्छु। यदी उनीहरुले मलाई राम्रो बल गर्छन् भने उनीहरुको हात माथि हुन्छ। उनदकतले बलिंग गर्दै गर्दा म लेग साइडमा हान्न खोजिरहेको थिए। तर इमान्दार भएर भन्छु कि म नर्भस थिए किनकि मैले कडा प्रहार गर्नुपर्थ्यो। भाग्यवश मैले केहि बल हान्न सके।”

कप्तान कोहलीले टिमका अन्य खेलाडीहरुको पनि तारिफ गरे – “युवा देभदत्तले राम्रो ब्याटिंग गरिरहेका छन् र फिन्चले पनि प्रभावकारी इनिंग खेलीरहेका छन्। मोरिस उत्कृस्ट खेलीरहेका छन्। सैनी वासिंगटन र इसुरुले पनि बलिंगमा एकजुट भएर प्रदर्शन गरिरहेका छन्।”

छैठौं हारपछि अंकतालिकामा सातौँ स्थानमा रहेको राजस्थानका कप्तान स्टिभ स्मिथले डी भिल्लीयर्सको तारिफ गरे – “जब एबि त्यहाँ हुन्छन् औषधिको चक्की निल्न मुस्किल हुन्छ।”

“निराशाजनक ! , लगातार २ खेल हामिले जित्न सक्ने भएर पनि हार्न पुग्यौं।। मलाई लाग्छ यो सुस्त विकेटमा यो राम्रो योगफल थियो। हामीले राम्रो दबाब बनाएका थियौं तर विशेष इनिंगले ( डी भिल्लीयर्सको ) मात्र बैंगलोरलाई जितायो।”

“हामीले जयदेवलाई ठूलो बाउन्ड्री भए पट्टि प्रयोग गर्न चाहन्थ्यौ ,  उनले  विकेटमा धेरै सुस्त बल फालेका थिए। तर एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन।”

“विकेटमा केहि समय बिताउदा मलाई खुसि लागेको छ जसले मलाई लय दिएको छ।” खेलमा ५७ रन बनाएका स्मिथले बताए।

बैंगलोरले मुम्बई र दिल्लीसंग अंक बराबरी गरेको छ। तिन वटै टिमको समान १२ अंक रहेको छ तर नेट रन रेटमा अघि रहँदै मुम्बई पहिलो, दिल्लो दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। बैंगलोरले ९ खेलमा ६ जित र ३ हार बेहोरेको छ भने दिल्ली र मुम्बईले ८ खेलमा ६ जित र २ हार बेहोरेको छ।

हारपछि राजस्थान सातौँ स्थानमा यथावत रहेको छ। ९ खेलमा ३ जित र ६ हार पछि राजस्थानको ६ अंक रहेको छ। समान ६ अंक रहेता पनि हैदरावाद र चेन्नाई नेट रन रेटमा अघि रहेका छन्।

डी भिल्लीयर्सको विस्फोटक अर्धशतक, बैंगलोरद्वारा राजस्थान पराजित

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी

इमरान ताहिरको सबैको मन जित्ने ट्वीट