रास्ट्रिय टिम बन्दसत्रबाट दिलिप नाथले नाम फिर्ता लिए

Dilip Nath


  • विकेटनेपाल, १८ भदौ

विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले रास्ट्रीय क्रिकेट टिमको बन्दसत्रबाट आफ्नो नाम फिर्ता लिएका छन् l

अक्टोबर १३ र १५ मा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको हंगकंगसंगको खेलको लागि पहिलो चरणमा २५ सदस्यीय खेलाडी छनौट गरेर बन्दसत्रमा राखिएको छ l

ढाडको समस्याले सताएको कारण बन्दसत्र छोड्नुपरेको दिलिपले विकेटनेपाललाई जानकारी गराएका छन् l तल्लो ढाड दुख्ने समस्या भएपछि दिलिपले फिजियोको सल्लाह अनुसार २ महिना आराम गर्ने निर्णय लिएका हुन् l

“ढाडको समस्याले बन्द सत्र छोड्नु पर्यो l फिजियोले २ महिना आराम र ढाडको एक्सरसाइज गरेपछी निको हुन्छ भन्नुभएको छ” दिलिपले बताए l

दिलिप गत मार्च महिनामा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स एसिया कपमा पहिलो पटक नेपाली रास्ट्रिय टिमको लागि खेलेका थिए l घाइते भइ टिमबाट बाहिरिनु पर्दा नराम्रो लागेको बायाँ हाते ब्याट्सम्यानले बताए l

बंगलादेशमा सम्पन्न प्रतियोगितामा दिलिपले बंगलादेशसंगको आफ्नो डेब्यु खेलमा ४१ रनको इनिंग खेल्दै प्रभावित बनाएका थिए l सो क्रममा उनले चौथो विकेटको लागि दिपेन्द्र ऐरीसंग ९८ रनको साझेदारी गरेका थिए l बंगलादेशमा उनले विकेटकिपरको भूमिका समेत निभाएका थिए l

दिलिपले बंगलादेशसंगको खेलमा ४१ रनको इनिंग खेल्दै प्रभावित बनाएका थिए l

दिलिपले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब तथा धनगढी प्रिमियर लिगमा उनले सीवाईसी अत्तरियाको प्रतिनिधित्व गरिसकेका छन् l

उमेर समुह रास्ट्रिय क्रिकेट टिममा नपरिकन रास्ट्रिय टिममा स्थान बनाएका दिलिपले यो पटक बन्दसत्रबाट बाहिरिनु परे पनि अर्को पटक कमब्याक गर्ने आत्मविश्वास ब्यक्त गरेका छन् l

“अहिले धेरै गम्भीर समस्या त हैन तर अभ्यास जारी गरेको खण्डमा गम्भीर समस्या हुन सक्ने डक्टरले पनि सल्लाह दिनु भयो”

“नराम्रो लागेको छ तर केहि छैन टिममा बलियो कमब्याक गर्नुपर्छ” उनले बताए l

यस अघि बन्दसत्र बाट पायल्सको समस्याको कारण शक्ति गौचनले पनि आफ्नो नाम फिर्ता लिएका थिए l शक्तिको सट्टा शाहब आलमलाई अन्तिम २५ मा मौका दिईएको थियो l

रास्ट्रिय क्रिकेट टिम यतिबेला नियमित अभ्यास गरिरहेको छ l यसै साता हंगकंगसंग खेलको लागि अन्तिम १८ जना खेलाडीको नाम घोषणा हुने जसपछि टिम अभ्यासको लागि भारत जाने जानकारी विकेटनेपाललाई विशेष श्रोतबाट प्राप्त भएकोछ l





थप समाचार

T20WC : ‘गर या मर’ को खेलमा बंगलादेशद्वारा ओमान पराजित

सुपर-१२ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगलादेश […]

‘गर या मर’को स्थितिमा रहेको बंगलादेशद्वारा ओमानलाई १५४ रनको लक्ष्य

युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेश र आयोजक ओमान प्रतिस्पर्धा […]

T20WC : बेरिंगटन र डेभि चम्किंदा स्कटल्याण्डले लगातार दोश्रो जित

युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको समुह ‘बि’ अन्तर्गतको खेलमा स्कटल्याण्डले दोश्रो जित […]

टि-२० विश्वकप : कोहलीले बताए आफ्नो ब्याटिंग क्रम

युएई र ओमानमा जारी सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा भारतीय कप्तान बिराट कोहलीले आफ्नो ब्याटिंग क्रम घोषणा गरेका छन्। भारतले विश्वकपको सुपर-१२ […]

प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियाद्वारा न्युजिल्यान्ड ३ विकेटले पराजित

युएई र ओमानमा संयुक्त रुपमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत गय राति सम्पन्न वार्म-अप खेलमा अस्ट्रेलियाले रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई ३ विकेटले […]

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

सप्तरी- राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा […]