इंग्ल्याण्डलाई विश्वकप जिताएका कप्तान ओएन मोर्गनले दिनेश कार्तिकलाई प्रतिस्थापन गर्दै आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी गर्ने भएका छन्। शुक्रबार कोलकाताले आधिकारिक रुपमा यसको घोषणा गरेको हो। ३५ वर्षीय कार्तिक आफैले टिमको कप्तानी छोड्ने निर्णय गरेको कोलकाताले बताएको छ। अनपेक्षित रुपमा कोलकाताले मुम्बईसंग आज खेल खेल्नु अघि यस्तो निर्णय आएको हो।
📰 “DK and Eoin have worked brilliantly together during this tournament and although Eoin takes over as captain, this is effectively a role swap,” says CEO and MD @VenkyMysore #IPL2020 #KKR https://t.co/6dwX45FNg5
— KolkataKnightRiders (@KKRiders) October 16, 2020
“दिनेश कार्तिकले कोलकाता टिम व्यवस्थापनलाई कप्तानी ओएन मोर्गनलाई हस्तान्तरण गर्दै आफ्नो ब्याटिंगमा ध्यान केन्द्रित गर्ने जानकारी गराएका छन्।” कोलकाता नाइट राइडर्सले जारि गरेको बिज्ञप्तिमा बताईएको छ।
कार्तिकलाई २०१८ मा टिमको कप्तानी सुम्पिएको थियो जसले लामो समय देखिका कप्तान गौतम गम्भीरलाई प्रतिस्थापन गरेका थिए। गम्भीरलाई कोलकाताले रिटेन नगरेपछि कार्तिक दिल्ली क्यापिटल्स ( त्यो बेला डेयर डेभिल्स ) मा गएका थिए।
कार्तिकको कप्तानीमा कोलकाताले २ सिजन लिग खेल्ने क्रममा २०१८ मा प्लेअफ पुगेको थियो भने २०१९ मा पाँचौ स्थानमा रहेको थियो। २०१८ मा कार्तिकले ब्याटिंगबाट ४९.८ को औशत र १४७.७७ को स्ट्राइक रेटमा ४९८ रन बनाएका थिए यो सिजन कोलकाता ७ खेलमा ४ जित पछि ८ अंक हाँसिल गर्दै अंकतालिकामा चौथो स्थानमा रहेको छ।
मोर्गनले शुक्रबार मुम्बई बिरुद्ध अबुधाबीमा पहिलो पटक टिमको कप्तानी गर्नेछन्। २०११ मा इंग्ल्यान्ड वानडे टिमको कप्तानी सुरु गरेका मोर्गनले टिमलाई १२६ वानडे खेल्दा ७७ जित तथा ५२ टि-२० मा ३० खेलमा जित दिलाएका छन्।
मोर्गनलाई कोलकाताले २०१९ अक्सनमा ५.२९ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो। मोर्गनले यस अघि २०११ देखि २०१३ सम्म कोलकाताको लागि खेलेका थिए।

कोलकाताका सीईओ भेन्की माइसोरले कार्तिकले टिमलाई दिएको योगदानलाई धन्यवाद दिंदै उनले गरेको निर्णयमा टिम व्यवस्थापन आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन्। टिमले कार्तिकको निर्णयलाई सम्मान गर्ने बताएको छ –
“दिनेश कार्तिक जस्तो नेतृत्व पाउनुमा हामिले भाग्यमानी महसुस गरेका छौँ। उनले सधै टिमलाई पहिलो स्थानमा राखेका छन्। यस्तो निर्णय लिनको लागि ठूलो हिम्मत चाहिन्छ। हामि त्यसको सम्मान गर्छौ।” माइसोरले बताए।
“हामिले २०१९ विश्वकप विजेता टिमका कप्तान तथा यस अघि उपकप्तान रहेका ओएन मोर्गनले टिमको नेतृत्व गर्दा भाग्यशालि महसुस गरेका छौँ। दिनेश र ओएनले प्रतियोगितामा एक अर्कासंग राम्रो साझेदारी गर्दै काम गरेका छन्। हाम्मी आशा गर्छौं जिम्मेवारी परिवर्तन भएता पनि यो साझेदारी निरन्तर होस् भन्ने चाहन्छौ।”
यस कारण छोडे कप्तानी
कार्तिकले यो सिजन ब्याटिंगमा खास योगदान दिन सकेका छैनन्। ७ खेलमा उनले १ अर्धशतक प्रहार गर्दै १५.४२ को कमजोर औशतमा १०८ रन मात्र बनाउन सकेका छन्। कप्तानी छोड्नुको कारण उनले आफ्नो ब्याटिंग प्रदर्शनमा केन्द्रित गर्नको लागि भएको बताएका छन्। कप्तानीको बोझ नहुँदा उनले ब्याटिंगमा सुधार हुने अपेक्षा गरेका छन्।
लिगको दौरान दिनेश कार्तिकले गरेको निर्णयहरुको आलोचना भएको थियो र मोर्गनलाई कप्तानी दिनुपर्ने माग उठेको थियो। खेलको क्रममा मोर्गनले मैदानमा कप्तानले गर्नुपर्ने कामहरु गरेको पनि देखिएको थियो। ओएन मोर्गनलाई आफु भन्दा तल ब्याटिंगमा पठाउने निर्णय, ब्याटिंग लाइन अप निरन्तर नहुनु, स्पस्ट निर्णय शक्तिको अभाव, बलिंग परिवर्तन राम्रो गर्न नसक्नु जस्ता कुराहरुले कार्तिक आलोचित भएका थिए। त्यो संगै प्रदर्शन पनि कमजोर हुँदा यो निर्णय गर्न बाध्य भएको हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ।
‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत
IPL : डी भिल्लीयर्सलाई नम्बर ६ मा किन पठाइयो ? कोहलीले के भने
इमरान ताहिरको सबैको मन जित्ने ट्वीट