Kathmandu Cricket Training Center vs ABC Sports Club
Live Score +
Home - यु-१९ रास्ट्रिय क्रिकेट टिम - दिपेन्द्रको उत्कृस्ट ब्याटिंगमा श्रीलंकासंग नेपालको गर्विलो प्रदर्शन

यु-१९ रास्ट्रिय क्रिकेट टिम

दिपेन्द्रको उत्कृस्ट ब्याटिंगमा श्रीलंकासंग नेपालको गर्विलो प्रदर्शन

Wicket Nepal
Administrator
dipendra airee

यु-१९ युथ एसिया कपको पहिलो खेलमा टेस्ट रास्ट्र तथा आयोजक श्रीलंकासंग नेपालले मात्र १ रनको हार बेहोरेको छ l

स्कोरकार्ड हेर्नुस 

श्रीलंकाले पहिले ब्याटिंग गर्दै दिएको २२८ रनको लक्ष पछ्याउने क्रममा नेपाललाई जितको लागि अन्तिम ओभरमा मात्र ८ रन आवस्यक थियो र बाँकी थियो मात्र १ विकेट l अन्तिम ओभरको दोश्रो बलमा दिपेन्द्र ऐरीले छक्का प्रहार गरेपछि अब नेपाललाई बाँकि ४ बलमा मात्र २ रन आवश्यक थियो l

जित निकै नजिक रहेको अवस्थामा नेपाली फ्यानहरुको उत्साह त्यतिबेला समाप्त भयो जतिबेला अन्तिम ओभर बलिंग गरिरहेका जयबिक्रमाको बल दिपेन्द्र ऐरीको प्याडमा लाग्यो l ३२ रनमा ३ विकेट गुमाईसकेको अवस्थाबाट नेपाललाई जितभन्दा मात्र २ रन टाढा पुर्याउने दिपेन्द्र ‘एलबिडब्लु’ धरापमा पर्नु नेपालको लागि दुर्भाग्यपूर्ण थियो l

ऐरीले ९० रनको इनिंग खेल्ने क्रममा ९९ बल सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे l

श्रीलंकाले दिएको २२६ रन लक्ष पछ्याउने क्रममा नेपालले लगातार सुरुवाती विकेट गुमाउन पुग्यो l ५ विकेट गुम्दा नेपालको स्कोर २८ औ ओभरमा ११२ मात्रै थियो l तर त्यसपछि पाचौ नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र र सातौ नम्बरमा ब्याटिंग गरेका अविनाश कर्णले छैठौ विकेटको लागि ८४ रनको साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए l15541622_1310103859050745_1288233197409937190_n

अविनाश ४५ औ ओभरमा मेन्डिसको बलमा ४० रन बनाई पेभेलियन फर्किनु अघि ६४ बलमा ३ चौका र १ छक्का प्रहार गरे l

छैठौ विकेट गुमाएपछि नेपालको स्कोर १९६/६ थियो र जितको लागि आवस्यक थियो मात्र ३२ रन l तर ब्याट्सम्यानहरुले त्यसपछि परिपक्वता देखाउन नसक्दा नेपालले थोरै अन्तरमा ३ वटा विकेट गुमायो l कप्तान सन्दिप लामिछाने नवौ विकेटको रुपमा रन आउट हुँदा नेपालको स्कोर ४८.५ ओभरमा २२०/९ थियो l

नेपालको लागि ओपनर सन्दिप सुनार ( २ ) र आसिफ शेख ( १ ) ले राम्रो सुरुवात दिन सकेनन् l तेश्रो नम्बरमा ब्याटिंग गरेका आदील खानले ३९ रनको पारि खेल्दै आशा देखाए पनि धेरै बेर क्रिजमा जम्न सकेनन् l चौथो नम्बरमा भिम शार्कीले ८ रन मात्रै बनाउन सके l छैठौ नम्बरका प्रकाश केसी १४ रनमा आउट भए l

यस अघि टस जितेर फिल्डिंग रोजेको नेपालले श्रीलंकालाई खुलेर खेल्न दिएन l खेलको पहिलो बलमै ओपनर चथुरंगा खाता नखोली कमल ऐरीको बलमा आउट भए l तेश्रो नम्बरमा ब्याटिंग गरेका हसिथा बोयोगोडाले ८३ रनको इनिंग खेल्दै श्रीलंकन पारि उकासेका थिए l यस्तै अशेन बन्डाराले अविजित ४८ रनको योगदान दिए l

नेपालका सुरुवाती बलर कमल ऐरीले ३ विकेट आफ्नो पक्षमा पारे जसले ८ ओभरमा ४३ रन खर्चे l यस्तै अफ स्पिनर पवन शर्राफले २ विकेट र दिपेन्द्र ऐरीले १ विकेट हात पारे l

९० रन र १ विकेट बनाउदै उत्कृस्ट प्रदर्शन गरेका दिपेन्द्र ऐरीनै खेलको म्यान अफ द म्याच घोषित भए जसले २५० अमेरिकी डलर पाए l

नेपालले समुह ‘ए’ अन्तर्गत आफ्नो दोश्रो खेल भोलि भारत संग नेपाली समय १० बजे खेल्नेछ l

आज सम्पन्न अन्य खेलहरुमा बंगलादेश, भारत र पाकिस्तानले जित हात पारे l बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले, भारतले मलेसियालाई २३५ रनले तथा पाकिस्तानले सिंगापुरलाई ९ विकेटले पराजित गर्यो l

 

यो पनि पढ्नुस :-