दिपेन्द्र ऐरीले खेलमा फर्काए नेपाललाई

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा मलेसियासंग प्रतिस्पर्धा गरिरहेको नेपालले मलेसियालाई दबाबमा राखेको छ l

टस जितेर फिल्डिंग रोजेको मलेसियाले ३३ औ ओभरमा १०५ रन बनाउदा ६ विकेट गुमाईसकेको छ l

नेपालको लागि कप्तान दिपेन्द्र ऐरीले सर्बाधिक ४ विकेट हात पारेका छन् l

मलेसिया कुनै बेला ६४-१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए l त्यसपछि मलेसियाले निरन्तर विकेट गुमाईरहेको छ l

मलेसियाको लागि नलिन डी सिल्भाले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान भिरनदिप सिंहले २५ रन योगदान दिए l

खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला 

अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस ) 

यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाल सेमीफाइनल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो  ।

समुह चरणको पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले , दोश्रो खेलमा भुटानलाई ९ विकेटले तथा तेश्रो खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो l